काठमाडौं- सरकारी कर्मचारीको कोरोना बिमा सुरु गर्न बिमा समितिले निर्देशन दिएको छ। चालु आर्थिक वर्षको बजेट वक्तव्यअनुसार समितिले सम्पूर्ण सरकारी कर्मचारीको कोरोना बिमा गर्नका लागि बिमा कम्पनीलाई निर्देशन दिएको हो।
सरकारले प्रत्येक सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँ बराबरको कोरोना बिमा गरिदिने भएको हो। सरकारकी कर्मचारीको बिमा गर्दा सम्बन्धित सरकारी कार्यालयले बिमा कम्पनीलाई सम्पर्क गरेर बिमा गराउनु पर्नेछ।
कोरोना बिमा बिमा पुलमार्फत हुने व्यवस्था छ। यसको आम्दानी तथा दायित्व कम्पनीको स्ट्रेन्थका आधारमा दामासायी रुपमा भाग लगाइन्छ। कर्मचारीको परिवारको बिमा गर्नु परेमा भने सम्बन्धित कर्मचारीले स्थानीय निकायबाट सिफारिस ल्याउनुपर्ने हुन्छ। परिवारको हकमा सामूहिक बिमा अन्तर्गत प्रतिव्यक्ति ५० हजार रुपैयाँको बिमा हुन्छ।
यदि बिमितलाई कोरोना संक्रमण भएको पुष्टी भएमा बिमाङ्क रकम बराबर पैसा पाउँछन्। यसका लागि बिमितको आरडिटी पोजेटिभ आएको रिपोर्ट भए पुग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।