काठमाडौं- तीन महिना अगाडि ज्योति विकास बैंकबाट राजीनामा दिएर बाहिरिएका मनोज ज्ञवाली नविल बैंकमा अनुबन्धित भएका छन्। बैंकले ज्ञवालीलाई नायब महाप्रबन्धकमा भित्र्याएको हो।
चार्टर्ड एकाउन्टेन्ट ज्ञवालीले चिफ फाइनान्स अफिसरको रुपमा आफ्नो कार्यभार सम्हालेका छन्। ज्ञवाली नेपाल राष्ट्र बैंक हुँदै ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल तथा ज्योति विकास बैंकलगायतमा २० वर्षको कार्यानुभव बटुलिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।