काठमाडौं– स्पेनिस क्लब भ्यालेन्सियाका विंगर फेरन टोरेस इंग्लिस क्लब म्यान्चेस्टर सिटीमा अनुबन्धित भएका छन्। सिटीले भ्यालेन्सियाका विंगर टोरेसलाई २३ मिलियन युरोमा आफ्नो क्लबमा अनुबन्धित गरेको हो।
२० वर्षीय टोरेस समर ट्रान्सफरमा सिटीमा अनुबन्धित हुने पहिलो खेलाडी हुन्। ३ जुलाईमा र्जमन खेलाडी लिरो सानेले सिटी छोडेर बायर्न म्युनिख गएका थिए। सानेकै स्थानमा उनलाई सिटीले अनुबन्धित गरेको हो।
टोरेस ५ वर्षका लागि सिटीमा अनुबन्धित भएका हुन्। आफू सिटीमा आउन पाउँदा खुशी रहेको प्रक्रिया टोरेसले दिएका छन्। उनले भनेका छन्, ‘हरेक खेलाडी आक्रमक खेल्ने टिममा हुन चाहन्छ। म्यान्चेस्टर सिटी विश्वकै आक्रमक खेल खेल्ने टिम हो।’
त्यस्तै, सिटीका निर्देशक बेगिरिस्टेनले आफूहरुले टोरेसको खेल नजिकबाट नियालेको र उनको प्रदर्शनबाट प्रभावित भएर नै टिममा अनुबन्धित गरेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।