काठमाडौं- फुटबल मैदानमा खेलाडीले अर्का खेलाडी या अफिसियलका अगाडि जानिजानी खाक्कखुक्क खोकेमा रातो कार्ड दिइन सक्ने फुटबल नियम बनाउने ‘इन्टरनेशन फुटबल एशोसियसन बोर्ड’का साथै फुटबल एशोसियसनले जनाएको छ।
नयाँ नियमलाई अपमान र गालिगलौजका शब्द बोलिने र संकेत देखाउने नियमअन्तर्गत नै राखिएको एशोसियसनले जनाएको छ। त्यसमा खेलाडीले देखाएको व्यवहार र खोकिको शैली हेरेर निर्णय गर्ने अधिकार भने रेफ्रिमा नै निहित छ।
विश्वभर फैलिएको कोरोना माहामारीका कारण नै यो नयाँ नियम ल्याइएको बताइएको छ।
‘जानीजानी नगरिएको र एक्कासी खोकी आएको अवस्थाको विचार पनि रेफ्रिले नै गर्नेछन्। खोक्दा अन्य व्यक्तिसँग दुरी बनाएर खोकिएको छ भने पनि त्यसलाई नियमविपरित मानिने छैन’ एशोसियसनले भनेको छ।
यसका साथै आउने सिजनमा पनि अहिले जस्तै एकै खेलमा पाँच जना खेलाडी परिवर्तन गर्न पाइने नियमलाई निरन्तरता दिइने पनि बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।