काठमाडौं- नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ९१ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले अघिल्लो वर्षको यहि अवधिको तुलनामा २.७८ प्रतिशतले नाफा सुधार गरेको हो।
कम्पनीले जीवन तथा निर्जीवन बिमा व्यवसायबाट ३९ प्रतिशतले प्रिमियम वृद्धि गरेको छ। नेपाल पुनर्बिमाले ९ महिनाको अवधिमा ४ अर्ब ९४ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको हो। अघिल्लो वर्षको यहि अवधिमा कम्पनीले तीन अर्ब ५४ करोड रुपैयाँ आर्जन गरेको हो। निर्जीवन बिमा कम्पनीको पुनर्बिमा गरेर ४ अर्ब ६२ करोड रुपैयाँ प्रिमियम आर्जन गरेको छ।
कम्पनीले कर्जा लगानी गरेर आर्जन हुने आम्दानी ५२ प्रतिशतले बढाएको छ। गत वर्षको तेस्रो त्रैमासिक अधविमा यस्तो आम्दानी २७ करोड ७ लाख रुपैयाँ छ। दाबी भुक्तानी भने झण्डै सतप्रतिशतले बढेको छ। ९ महिनाको अवधिमा एक अर्ब ८४ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।