काठमाडौं-लकडाउन खुलेपछि म्युचुअल फण्डले ८ गुणाभन्दा धेरेले नाफा सुधार गरेका छन्। गत आर्थिक वर्षको अन्तिम महिनामै फण्डहरुले ८ गुणाले आफ्नो न्याभ रिपोर्ट सुधारेका हुन्।
लकडाउन खुलेपछि शेयर बजार लगातार सुधार भएको थियो। यसै अवधिमा फण्डहरुले आफूसँग भएको शेयर बिक्री गरेर नाफा बढाउनका साथै केही मात्रामा शेयर उठाएका छन्। सूचक सुधार हुँदा फण्डहरुले लगानी गरेका कम्पनीको भ्यालु स्वत: बढ्ने भएकाले नाफा बढेको हो।
कतिपय फण्डहरुले बोनस दिन पनि असार अन्तिममा शेयर बेचेर बैंक व्यालेन्स बढाएका छन्। चार वर्षदेखि शेयर बजार लगातार ओरालो झरिरहेको छ। शेयर बजार घट्दा अधिकांश फण्डले लाभांस वितरण गर्न सकिरहेका छैनन्। बजार नै घट्दा फण्डहरुले आफूसँग भएको शेयरको भ्यालु गुमाउछन्। जसले गर्दा न्याभ रिपोर्ट सधै ऋणात्मक देखिने गरेको छ।
बजार विस्तारै सुधार हुन थालेपछि फण्डहरुले वित्तीय विवरण सुधार गर्न थालेका हुन्। न्याभ आधारमूल्य भन्दा तल झर्दा दोस्रो बजारमा पनि फण्डहरुको मूल्यमा भारी गिरावट आएको थियो। असारमा राम्रो नाफा आर्जन गरेसँगै अधिकांश फण्डको दोस्रो बजारमा पनि मूल्य बढिरहेको छ।
म्युचुअल फण्डहरुले मुद्दती निक्षेमा थप लगानी बढाएका छन्। एक महिनाकै अवधिमा फण्डहरुले ९.५७ प्रतिशतले मुद्दती निक्षेपमा लगानी बढाएका हुन्।
फण्डहरुकाे लगानी
फण्डहरुले सार्वजनिक गरेको न्याभ रिपोर्टअनुसार उनीहरुले शेयरमा मात्रै १० अर्ब रुपैयाँ लगानी गरेका छन्। जेठ महिनामा शेयरमा ८ अर्ब ९६ करोड रुपैयाँ थियो। त्यस्तै ऋणपत्रमा १० करोड रुपैयाँ लगानी देखिन्छ।
हाल फण्डहरु सँग ५ अर्ब १८ करोड रुपैयाँ बैंक निक्षेप छ। यो तरल पैसा हो। चाहेको बखतमा उनीहरुले यसबाट शेयर खरिद गर्न सक्छन्।
जम्मा १७ वटा म्युचुअल फण्डमध्ये ग्लोबल सम्मुनत र लक्ष्मी इक्वीटी नोक्सानमा छन्। सबैभन्दा धेरै नोक्साना रहेका दुवै फण्डले असार महिनामा नोक्सान घटाएका छन्। बाँकी १५ वटा फण्डले नाफा सुधार गरेका छन्।
म्युचुअल फण्डको नाफा नोक्सान
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।