काठमाडौं- प्रभु बैंकले साेमबार (आज)देखि दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ। प्रति इकाइ एक हजार रुपैयाँको दरमा बैंकले सर्वसाधारणको लागि ७६ करोड रुपैयाँको ऋण पुँजी निष्काशन गरेको हो।
२० लाख कित्तामध्ये १२ लाख कित्ता बैंक आफैले बिक्री गर्ने छ। सर्वसाधारणतर्फको ८ लाख कित्तामध्ये ४० लाख कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँड गरिएको बैंकले जनाएको छ। सर्वसाधारणले न्यूनतम २० कित्तादेखि अधिकतम तीन लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्।
बैंकले छिटोमा साउन २३ गतेसम्म र ढिलोमा भदौ एक गतेसम्म बिक्री खुला गर्नेछ। यदि पहिलो चरणमा बिक्री नभए ढिलोको अवधिसम्म कुर्नुपर्ने हुन्छ। यो ऋणपत्रको अवधि २०८४ सम्म कायम रहनेछ। यस अवधिमा लगानीकर्ताले १० प्रतिशत व्याज पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।