काठमाडौँ– मुक्तिनाथ क्यापिटलका सेवाग्राहीले अब आइएमइ पेबाट शुल्क तिर्न सक्ने भएका छन्। मुक्तिनाथ क्यापिटलका सेवाग्राहीले डिम्याट र मेरो सेयर खाताको शुल्क आइएमई पेबाट गर्न सक्ने जानकारी आईएमई पेले जानकारी गराएका हो।
क्यापिटल र आइएमई पेबीच आइतबार सम्झौता भएसँगै सेवाग्राहीले यस्तो सुविधा पाउन थालेका हुन्। सो सम्बन्धी सम्झौता–पत्रमा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र जोशी र आइएमई पेका बजार व्यवस्थापन प्रमुख गुण श्रेष्ठले हस्ताक्षर गरेका छन्।
झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक कम्पनी हो।
आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।