काठमाडौं- नयाँ मोटरसाइकलकाे ब्रान्ड नेपाल भित्रने भएको छ। यो ब्रान्डको मोटरसाइकल अग्नि ग्रुपले ल्याउने भएको हो। अग्नि ग्रुपले हाल नेपाली बजारमा महिन्द्रा ब्रान्डका दुईपांग्रे तथा चारपांग्रे सवारी बिक्री गर्दै आएको छ।
जावाका मोटरसाइकल अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइन्कमार्फत बिक्री हुनेछ। नयाँ ब्रान्डको मोटरसाइक जावाका लागि डिलरको माग गरिए पनि औपचारिक रुपमा भने आधिकारिक बिक्रेता खुलाइएको छैन।
युरोपेली मोटरसाइकल उत्पादक ब्रान्ड जावाको स्वामित्व केही वर्षअघि भारतीय सवारी उत्पादक महिन्द्रा एन्ड महिन्द्राले लिएको थियो। स्वामित्व लिएपछि २ वर्षअघि भारतमा जावा ब्रान्डका मोटसाइकल सार्वजनिक भएको थियो।
भारतीय सवारी उत्पादक महिन्द्रा एण्ड महिन्द्राले जावाको ब्रान्ड लिएपछि नेपालमा पनि महिन्द्राकै दुईपांग्रे तथा चारपांग्रे सवारी बिक्रेता अग्नि समूहले नै पाएको छ। अग्नि समूह अन्तर्गतको अग्नि मोटोइन्कले पहिलो चरणमा जावाका दुई मोडल सार्वजनिक गर्ने जनाएको छ। कम्पनीका अनुसार जावा ब्रान्ड दसैंअघि नै सार्वजनिक गर्ने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।