काठमाडौं- सामाजिक सञ्जाल ह्याक गरेर तथा नक्कली अकाउन्ट खोलेर सहयोगको रुपमा पैसा माग्ने क्रियाकलाप बढ्न थालेको छ। सामाजिक सञ्जालको दुरुपयोग गरी पैसा माग्ने बढेपछि यसप्रति सचेत रहन बैंकर्स संघले सबैमा अनुरोध गरेको हाे।
पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक ट्विटरलगायतका अकाउन्ट ह्याक गरेर पैसा माग्ने क्रम बढेको छ। नजिकको आफन्त तथा साथीभाइले पैसा मागेको भन्दै ह्याकरको ईसारामा पैसा दिँदा फसेका धेरै केस आएपछि बैंकर्स संघले पैसाको लागि प्रस्ताव आएपछि प्रत्यक्ष सम्पर्क गरेर मात्रै प्रदान गर्न अनुरोध गरेको हाे।
पछिल्लो समय बैंकका उच्च अधिकारीहरुलाई नै यसरी अनुरोध आउने गरेको छ। विश्वास गरेर पैसा दिनेहरु फस्ने गरेका छन्। आर्थिक क्रियाकलाप गर्दा सचेत रहन संघले सम्पूर्ण निक्षेपकर्ताहरुलाई अनुरोध गरेको हो। साथै, आफ्नो खाता सम्बन्धी विवरण, पिन नम्बर, मोबाइल/इन्टरनेट बैंकिङ्ग सम्बन्धी विवरणहरु समेत कसैसँग सेयर नगर्न संघले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।