काठमाडौं- नेपाल राष्ट्र बैंकको समन्वयपछि सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलको जागिर जोगिएको छ। बैंकका सञ्चालकहरु बीच विवाद भएपछि पौडेले राजीनामा दिएको विषय बाहिर आएको थियो।
बैंकमा विवाद देखिएपछि नेपाल राष्ट्र बैंकले बोलाएर छलफल गरेकाे नेपाल राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए। उनले भने ‘सुरुमा हामीले बोलाएर छलफल गरेका थियौं। त्यसपछि उहाँहरु आफैले के निर्णय गर्नु भयो थाहा भएन।’ वर्षेनी प्रमुख कार्यकारी अधिकृतको विवाद देखिएपछि राष्ट्र बैंकले बोलाएर सञ्चालकहरुलाई स्पष्टिकरण सोधेको थियो।
बिहीबार बसेको सञ्चालक समिति बैंठकले पौडेललाई निरन्तरता दिने निर्णय गरेको हो। सञ्चलक समितिले पौडेलसँग ६ बुदे स्पष्टिकरण सोधेको थियो। पौडेलको स्पष्टिकरण तथा राष्ट्र बैंकको समन्वयपछि सञ्चालक समितिले उनलाई निरन्तरता दिने निर्णय गरेको हो।
यसै अवधिमा पौडेलले निरन्तरता पाउने भएपछि बैंकका सञ्चालक ओम कृष्ण जोशीले राजीनामा दिने चेतावनी दिएका थिए। सञ्चालकहरुकै विवादका बीच पौडेललाई निरन्तरता दिने निर्णय भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।