• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

सदाका लागि ग्राउन्डेड भए ६ चिनियाँ जहाज

64x64
उत्तम काप्री शुक्रबार, साउन १६, २०७७  ०९:००
1140x725

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानमा प्रयोग गर्दै आएका ६ वटै चिनियाँ जहाज साउन १६ अर्थात् आजबाट सदाका लागि ग्राउन्डेड भएका छन्। असार १६ गते बसको निगम सञ्चालक बोर्डले साउन १५ गतेपछि चिनियाँ जहाजको सबै गतिविधि बन्द गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा आजदेखि ६ वटै चिनियाँ जहाजको उडान बन्द गरिएको निगम प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

नेपाल एयरलाइन्ससँग २ वटा एमए-६० र ४ वटा वाई-१२ चिनियाँ जहाज छन्। चिनियाँ जहाजका कारण निगमले वार्षिक आधा अर्बभन्दा नोक्सानी बेहोर्न परेको भन्दै  निगम सञ्चालक बोर्डबाटै चिनियाँ जहाजबाट भइरहेको आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको  थियो।

२०७१ बैशाखमा पहिलो पटक एउटा चिनियाँ एमए-६० जहाज नेपाल आएको थियो भने २०७४ फागुनमा चीनसँग भएको दुई पक्षीय सम्झौताअनुसारको बाँकी सबै जहाज आइपुगको थिए। निगमले २०७१ बैशाखमा पहिलो एमए ६० जहाज ल्याएको थियो भने सोही वर्षको कात्तिकमा वाई-१२ जहाज ल्याएको थियो। पहिलोपटक ल्याइएका दुवै जहाज अनुदानका थिए। २०७३ मा एमए-६० र वाई-१२ ल्याइएको थियो। यसैगरी निगमले २०७४ फागुनमा दुई सरकारबीचको सम्झौताअनुसार बाँकी रहेका दुईवटा वाई-१२ जहाज नेपाल ल्याएको थियो।

चिनियाँ जहाज अपरेशनमा आएदेखि अहिलेसम्म  नेपाल एयरलाइन्सलाई करिब २ अर्ब ३० करोड रुपैयाँभन्दा बढी नोक्सानी भएको विवरणसमेत निगमले निकालेको छ। चिनियाँ जहाजबाट आम्दानी हुनुको सट्टा निरन्तर रुपमा घाटा भएको भन्दै निगम सञ्चालन बोर्डकाे निर्णयसँगै व्यवस्थापनले अन्ततः जहाज नै उडान नगर्ने उद्घोष गरेका हो। निगमले चिनियाँ जहाज अपरेशनमा रहेका करारका कर्मचारीको करार सम्झौता पनि आजबाट नै भंग गर्ने निर्णय गरेको छ। तर, स्थायी कर्मचारीको हकमा भने आवश्यकताअनुसार अन्य ठाउँमा व्यवस्थापन गर्ने निर्णय निगमले गरेको छ।

२०७१ देखि अहिलेसम्म ६ वटा चिनियाँ जहाज खरिददेखि अपरेशनसमेत गरी निगमले झन्डै ९ अर्ब रुपैयाँको आर्थिक भार बेहोर्नु परेको छ। ६ वटा चिनियाँ जहाजमध्ये २ वटाभन्दा बढी जहाज एकैपटकमा सञ्चालनमा आउने सकेका थिएनन्। निगमसँग अहिले एउटा एमए-६० र एउटा वाई-१२ जहाजमात्रै उडान योग्य छन्। एउटा एमए-६० र २ वटा वाई-१२ जहाज भने लामो समयदेखि ग्राउन्डेड भएर बसेका छन्। एउटा जहाज दुर्घटना परेपछि उडान गर्न नमिल्ने गरी थन्किएको छ।

निगमले चिनियाँ जहाजको उडान बन्द गरेपनि जहाज भने उडान योग्य नै बनाएर राख्ने  निर्णयसमेत गरेको छ। चालु आर्थिक वर्ष २०७६/७७ मा मात्रै निगमलाई ६ चिनियाँ जहाज सञ्चालनबाट अनुमानित ४३ करोड घाटा हुने अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०७५/७६ मा निमगले यी जहाजबाट ५२ करोडभन्दा बढी  खुद घाटा व्यहोरेको थियो।

यसैगरी चिनियाँ जहाज अपरेशनबाट आर्थिक वर्ष २०७४/७५ निगमले दुई एमए-६० जहाज उडानबाट ३१ करोड ६४ लाख रुपैयाँ खुद घाटा खाएको थियो। सोही वर्ष नै निगमले ४ वटा चिनियाँ वाई-१२ जहाज उडानबाट २८ करोड घाटा खाएकाे छ। २०७३/७४ मा चिनियाँ एमए-६० जहाज उडानबाट ६ करोड ६७ लाख रुपैयाँ र वाई-१२ जहाजबाट ३ करोड ९४ लाख घाटा भएको थियो।

आर्थिक वर्ष २०७१/०७२ मा भने झन्डै ९ करोड  र आर्थिक वर्ष २०७२/७३ मा भने झन्डै १० करोड घाटा खाएको थियो। आर्थिक वर्ष २०७३/७४ बाट पनि घाटा रकम ह्वातै बढ्न थालेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

२०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको मन्त्रीपरिषद्ले आन्तरिक उडानका लगि ६ वटा चिनियाँ जहाज खरिद गर्ने निर्णय गरेको थियो। जहाज खरिद गर्ने निर्णय पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नभई अर्थ मन्त्रालयबाट प्रस्ताव गएको थियो। उक्त प्रस्तावको आधारमा आर्थिक पाटो अर्थ मन्त्रालयले हेर्ने र जहाजको प्राविधिक पाटो नागरिक उड्डयन मन्त्रालयको सहयोगमा नेपाल वायुसेवा निगमले अध्ययन गर्ने निर्णय भएको थियो। सोही आधारमा २०७० मंसिरमा खिलराज रेग्मी नेतृत्वकाे मन्त्रीपरिषदबाट ६ वटा चिनियाँ जहाज खरिद गर्ने निर्णय गर्दै चीनसँग सम्झौता गरिएको थियो।

सम्झौतामा एक एमए-६० र एक वाई-१२ जहाज अनुदानमा र ४ वटा जहाज सफ्ट लोनमा खरिद गर्ने गरी दुईपक्षीय सम्झौता भएको थियो। सम्झौताअनुसार चिनियाँ जहाज खरिदमा निगमले ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियत ऋणको लगानीमा चीनसँग जहाज खरिद गरेको थियो। कूल रकममध्ये दुई अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग थियो भने तीन अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत दरको ऋण थियो।

उडान बन्द गर्नुका १९ कारण
वाई-१२

१. प्रशिक्षक पाइलट उपलब्ध नहुनु।
२. प्रशिक्षण खर्च ट्विनअटरको तुलनामा ४ गुणाभन्दा बढी हुनुका साथै ए-३२० को भन्दा पनि बढी हुनु।
३.  ट्रेनिङ स्लट र क्रूको अभाव हुँदा सधैँ विमान ग्राउन्डेड हुने अवस्था रहनु।
४.  विमानको पेलोड पर्फमेन्स एकदमै सीमित हुनु। झन्डै सबैजस्तो सेक्टरहरूमा २५ देखि ६० प्रतिशत पेलोड पर्फमेन्स कम हुनु।
५. प्रतिसिट प्रतिघण्टा ३३ देखि ६७ प्रतिशत बढी इन्धन खपत हुनु।

एमए-६०
६. बारम्बार गरिरहने सिमुलेटर ट्रेनिङ खर्च अन्य विमानका तुलनामा ७८ प्रतिशत बढी हुनु।
७. टाइप रेटिङ प्रशिक्षण अन्य विमानका तुलनामा ५० प्रतिशत बढी हुनु।
८. एमए-६० मा लेभल-सी सिमुलेटर ट्रेनिङ मात्रै उपलब्ध हुनु।
९. काठमाडौंबाहेकका अपरेटिङ सेक्टरमा करिब ३० प्रतिशतसम्मको पेलोड प्रतिबन्ध हुनु।
१०. अन्य विमानका तुलनामा इन्धन खपत प्रतिसिट प्रतिघण्टा सतप्रतिशत नै बढी हुनु।
११. प्रत्येक घण्टा एमए-६० आफैंले तोकेको भन्दा ४० प्रतिशत ज्यादा इन्धन खपत हुनु। जसका कारण विमानलाई व्यापारिक रूपले सञ्चालन गर्न असम्भव जस्तै भएको।

Xtrem

Xtrem

इन्जिनियरिङतर्फ
१२. मेन्टेनेन्समा ओइएमको सपोर्टका लागि निगमले आफ्नो क्षमतामा वृद्धि गरेपनि अझै केही विशेष कामका लागि निर्माणकर्ताको आवश्यकता भएको तर जहाज कम्पनीबाट सहयोग हुन नसकेको
१३.सहमतिअनुसार निगमले स्पेयर पार्ट्स प्राप्त गरेता पनि तीमध्ये धेरै स्पेयर पार्ट्स चीनमा बनेकाले अन्तर्राष्ट्रिय बजारमा उपलब्ध नहुनु।
१४. सबै रिपेयर स्टेसनमा नेपाल नागरिक उड्डयन प्राधिकरणले भ्यालिडेसन रिक्वारेर्मेन्ट राखेकाले निगमद्वारा चिनियाँ पार्ट्सलाई पूर्ण रूपमा मर्मत गर्नका लागि समस्या हुनु।
१५. संरचना मर्मतका लागि अन्य विमानका तुलनामा चिनियाँ विमानको इन्भेटरी रिक्वाइर्मेन्ट भिन्न भएकाले संरचनागत सामान‚ टूल्स‚ हार्डवेरलगायतको मर्मतका लागि अन्यको तुलनामा ज्यादा मूल्य पर्न जान्छ।
१६. नियमित मर्मत बाहेक पनि तत्काल आउने समस्यामा निर्माता कम्पनीले सहयोग नगर्दा समस्या समाधानमा कठिनाइ हुनु।
१७. भाषिक अवरोधका कारण निर्माता कम्पनीबाट ढिला जवाफ प्राप्त हुनु।
१८. विमान मेन्टेनेन्स म्यानुअल र मेन्टेनेन्स प्लानिङ डकुमेन्ट एकीकृत नहुँदा एयरवर्दिनेस व्यवस्थापनमा समस्या
१९. टेक्निकल म्यानुअल समयमै प्राप्त नहुनु, निर्माताबाट प्रत्यक्ष सञ्चार मार्फत टेक्निकल म्यानुअल प्राप्त गर्न समस्या हुनु।

जहाज खरिद गर्नुका कारण
वाई-१२ विमान
-नेपाल एयरलाइन्सले दुर्गम क्षेत्रमा उडानका लागि प्रयोग गरेको ट्विनअटर जहाजका तुलनामा वाई-१२ जहाजमा हट एन्ड हाइ पर्फमेन्स बढी हुने‚ सिलिङ बढी भएको र स्पिडसमेत बढी हुने र इन्धन खपत कम गर्ने विशेषता छ।
-निगमले ट्विनअटरद्वारा सञ्चालित सबै क्षेत्रमा वाई-१२ सञ्चालन गर्न सकिने।
- ४ वटा ब्लेडयुक्त पंखाले आवाज कम गर्ने‚ भाइब्रेट कम दिने‚ स्टोल एयरफिल्डमा ल्यान्डिङ रोलका लागि रिभर्स पावर राम्रो भएको।
- वाई-१२   को अधिकतम ल्यान्डिङ तौल ११ हजार ९ सय एलबिएस छ‚ जसका कारण केही क्षेत्रका लागि पेलोड प्रतिबन्ध हुने।
-एचएआइजीका अनुसार वाई-१२ को आयु २० वर्ष/३६००० एफएच ५४००० साइकल रहेको छ। यसको आयु अझै बढाउन पनि सकिने जानकारी प्राप्त भएका छन्। तर विमानको पर्फर्म प्रोग्रामको बारेमा निर्माणकर्ताबाट अहिलेसम्मको प्राप्त विवरण यही नै हो।
एमए-६०
- एम-६० जहाज ५६ सिट क्षमता हो। यसमा पिडब्लू-१२७ जे इन्जिन जडान गरिएकाले यो जहाज एटिआर-४२ र एटिआर-७२ मा जडान गरिएको इन्जिनभन्दा शक्तिशाली छ।

-एमए-६० मा एपियू जडान गरिएकाले छुट्टै जिपियूको आवश्यकता पर्दैन।
-निर्माणकर्ताद्वारा प्राप्त जानकारीअनुसार एमए-६० को क्यास अपरेटिङ कस्ट १ हजार ७ सय ४५ अमेरिकी डलर रहेको छ भने एटिआर-४२ को अपरेटिङ कस्ट १ हजार ७ सय २ डलर पर्न जान्छ। यसको अर्थ एमए-६० को परसिट कस्ट ३१.६१ डलर पर्छ भने एटिआर-४२ को परसिट कस्ट ३५.३६ डलर पर्न जान्छ। एटिआर-४२ को सिट क्षमता ४८ रहेको छ। 
- अपरेसन‚ हालको बजार‚ अपरेटिङ कस्ट र प्यासेन्जर कम्फर्टलाई मध्यनजर गर्दा ५६ सिटको एमए-६० जहाज ट्रंक रूटमा सञ्चालन गर्न नेपाल एयरलाइन्सलाई सहज र फाइदाजनक हुनेछ।
-एमए-६० को एकोनोमिक सर्भिस लाइफ २५ क्यालेन्डर वर्ष/६०००० फ्लाइट आवर्स र ५० हजार फ्लाइट साइकल रहेको छ। हालसम्म यो प्रकृतिको जहाज कतिसम्म टिकाउ हुन्छ भन्ने खुलाइएको छैन।

अन्ततः नेपाल एयरलाइन्ससँग ट्रंक रूटमा तत्काल उडान गर्नका लागि अरू जहाज नभएको अवस्थामा यो जहाजले भद्रपुर‚ विराटनगर‚ जनकपुर‚ सिमरा‚ भरतपुर‚ पोखरा‚ भैरहवा‚ धनगढी‚ नेपालगञ्ज‚ सुर्खेत‚ माउन्टेन उडानलगायतका गन्तव्यमा उडान गर्न सक्ने निर्माता कम्पनी एक्सएसी र एभिकले जानकारी दिएको छ। यसबाहेक पनि यो जहाजबाट क्रस बोर्डर उडान गर्न सकिन्छ जसमा भारत‚ बंगलादेश‚ भुटान पर्दछन्।

सम्बन्धित समाचार:

नेपाल एयरलाइन्सले भन्यो- साउन १५ गतेबाट ६ वटै चिनियाँ जहाज उड्दैनन्

यी हुन् नेपाल एयरलाइन्सले चिनियाँ जहाजबाट उडान बन्द गर्नुका १९ कारण

६ चिनियाँ जहाज खरिद 'गडबडी'को यस्तो छ नालीबेली

नेपाल एयरलाइन्सले भन्यो- साउन १५ गतेबाट ६ वटै चिनियाँ जहाज उड्दैनन्

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा क्या... बिहीबार, असोज २२, २०८३
आन्तरिक वायुसेवाको दायित्व विधेयकमा १३ संशोधन समेटिए, भाडा नबढ्ने मन्त्रीको दाबी उनले विधेयकले हवाई भाडा वृद्धि नगर्ने र यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई प्राथमिकतामा राख्ने दाबी गरेका छन्। शुक्रबार, असोज १६, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीलाई अनुमति प्रदान गरिएको ह... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
जसपा नेपालका केन्द्रीय सदस्य यादवले दिए राजीनामा शुक्रबार, असोज २३, २०८३
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्