• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

नेपाल एयरलाइन्सले भन्यो- साउन १५ गतेबाट ६ वटै चिनियाँ जहाज उड्दैनन्

64x64
उत्तम काप्री सोमबार, असार २९, २०७७  १६:१८
1140x725

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानमा प्रयोग गर्दै आएको ६ वटै चिनियाँ जहाज उडान नगर्ने उद्घोष गरेको छ।

एयरलाइन्सले साउन १५ गतेबाट ४ वटा वाई–१२ र २ वटा एमए-६० जहाज उडान नगर्ने निर्णय गरेको हो।

केही दिनअघि बसेको निगम सञ्चालक बोर्डको बैठकले साउन १५ गतेबाट ६ वटै चिनियाँ जहाज उडान नगर्ने निर्णय गरेका हो।
‘नेपाल एयरलाइन्सले साउन १५ गतेबाट चिनियाँ जहाज अपरेशन पूर्ण रुपमा बन्द गर्नेछ,’ एक बोर्ड सदस्यले भने, ‘जहाज उडान नगर्ने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जानकारी भएको छ।’

चिनियाँ जहाजका कारण निगमले वार्षिक आधा अर्बभन्दा नोक्सानी बेहोर्न परेको भन्दै सञ्चालन गर्ने निर्णय गरेको ती बोर्ड सदस्यले नेपाल लाइभसँग बताए।

२०७१ वैशाखमा पहिलो पटक एउटा  चिनियाँ एमए–६० जहाज नेपाल आएको थियो भने  २०७४ फागुनमा चीनसँगभएको दुई पक्षीय सम्झौताअनुसारको बाँकी सबै जहाज आइपुगको थिए।

निगमले २०७१ वैशाखमा पहिलो एमए ६० जहाज ल्याएको थियो भने सोही वर्षको कात्तिकमा वाई–१२ जहाज ल्याएको थियो।पहिलोपटक ल्याइएका दुवै जहाज अनुदानका थिए। २०७३ मा एमए ६० र वाई–१२ ल्याइएको थियो। यसैगरी निगमले २०७४ फागुनमा दुई सरकारबीचको सम्झौताअनुसार बाँकी रहेका दुईवटा वाई–१२ जहाज नेपाल ल्याएको थियो।

चिनियाँ जहाज अपरेशनमा आएदेखि अहिलेसम्म  नेपाल एयरलाइन्सलाई करिब २ अर्ब नोक्सानी भएको विवरण समेत निगमले निकालेको छ। चिनियाँ जहाजबाट आम्दानी हुनुको सट्टा निरन्तर रुपमा घाटा भएको भन्दै निगम सञ्चालन बोर्डले अन्ततः जहाज नै उडान नगर्ने उद्घोष गरेको छ।

जहाज उडान नगर्ने उद्घोष गरेको निगमले व्यवस्थापनको विषयमा भने केही पनि निर्णय नगर्दै मन्त्रालयमा पत्र पठाएको मन्त्रालयका एक सह–सचिवले जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

साथै निगम सञ्चालक बोर्डले चिनियाँ जहाज अपरेशनमा रहेको करारका कर्मचारीको करार सम्झौता पनि साउन १५ गतेबाट नै भंग गर्ने निर्णय गरेको छ। तर, स्थायी कर्मचारीको हकमा भने आवश्यकताअनुसार अन्य ठाउँमा व्यवस्थापन गर्ने निर्णय भएको एक बोर्ड सदस्यले जानकारी दिए।

२०७१ देखि अहिलेसम्म ६ वटा चिनियाँ जहाज खरिददेखि अपरेशनसमेत गरी निगमले ८ अर्ब ५७ करोड रुपैयाँको आर्थिक भार बेहोर्न परेको समेत सञ्चालक बोर्डको निष्कर्ष छ।

६ वटा चिनियाँ जहाजमध्ये २ वटाभन्दा बढी जहाज एकैपटकमा सञ्चालनमा समेत आउने सकेको थिएन। निगमसँग अहिले एउटा एमए–६० र एउटा वाई–१२ जहाजमात्रै उडानयोग्य छन्। एउटा एमए–६० र २ वटा वाई–१२ जहाज भने लामो समयदेखि ग्राउन्डेड भएर बसेका छन्। एउटा जहाज दुर्घटना परेपछि उडान गर्न नमिल्ने गरी थन्किएको छ।

उडान बन्द गर्ने उद्घोष गरेको निगमले जहाज भने उडानयोग्य नै बनाएर राख्ने  निर्णय समेत गरेको छ।

Xtrem

Xtrem

चालू आर्थिक वर्ष २०७६/०७७ मा मात्रै निगमलाई ६ चिनियाँ जहाज सञ्चालनबाट ५० करोडदेखि ६० करोड घाटा हुने अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०७५/०७६ मा निमगले यी जहाजबाट ५२ करोडभन्दा बढी  खुद घाटा व्यहोरेको थियो। 

यसैगरी चिनियाँ जहाज अपरेशाबाट आर्थिक वर्ष २०७४/०७५ निगमले दुई एमए–६० जहाज उडानबाट ३१ करोड ६४ लाख रुपैयाँ खुद घाटा खाएको थियो। यसैगरी सोही वर्ष नै निगमले ४ वटा चिनियाँ वाई–१२ जहाज उडानबाट २८ करोड ९७ लाख खुद घाटा सहनुपरेको थियो। यसैगरी आर्थिक वर्ष २०७३/०७४ निगमलाई चिनियाँ एमए–६० जहाज उडानबाट ६ करोड ६७ लाख रुपैयाँ र वाई–१२ जहाजबाट ३ करोड ९४ लाख घाटा भएको थियो।

आर्थिक वर्ष २०७१/०७२ मा भने झन्डै ९ करोड  र आर्थिक वर्ष २०७२/७३ मा भने झन्डै १० करोड घाटा खाएको थियो। आर्थिक वर्ष २०७३/०७४ बाट पनि घाटा रकम ह्वातै बढ्न थालेको हो।

२०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको मन्त्रिपरिषद्ले आन्तरिक उडानका लगि ६ वटा चिनियाँ जहाज खरिद गर्ने निर्णय गरेको थियो। जहाज खरिद गर्ने निर्णय पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नभई अर्थ मन्त्रालयबाट प्रस्ताव गएको थियो।

उक्त प्रस्तावको आधारमा आर्थिक पाटो अर्थ मन्त्रालयले हेर्ने र जहाजको प्राविधिक पाटो नागरिक उड्डयन मन्त्रालयको सहयोगमा नेपाल वायुसेवा निमगले अध्ययन गर्ने निर्णय भएको थियो। सोही आधारमा २०७० मंसिरमा खिलराज रेग्मीको मन्त्रिपरिषदबाट ६ वटा चिनियाँ जहाज खरिद गर्ने निर्णय गर्दै चीनसँग सम्झौता गरिएको थियो।

सम्झौतामा एक एमए-६० र एक वाई-१२ जहाज अनुदानमा र ४ वटा जहाज सफ्ट लोनमा खरिद गर्ने गरी दुईपक्षीय सम्झौता भएको थियो।

सम्झौताअनुसार चिनियाँ जहाज खरिदमा निगमले ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियत ऋणको लगानीमा चीनसँग जहाज खरिद गरेको थियो। कूल रकममध्ये दुई अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने तीन अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत दरको ऋण थियो।

प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १६:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
हिमलुङ हिमपहिरोमा दुई शव भेटिए, एक दर्जन बढी अझै सम्पर्कविहीन हिमपहिरोपछि काठमाडौंबाट उद्धारका लागि पुगेको टोलीले दुई जनाको शव फेला पारेको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघ (एनए... आइतबार, असोज ११, २०८३
हिमलुङ हिमपहिरोमा सम्पर्कविहीन आरोहीको उद्धारका लागि हेलिकप्टर उड्यो नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार मिङ्मा गेल्जे शेर्पासहित चार जना गाइडलाई लिएर हेलिकोप्टर हिमलुङतर्फ उडेको ह... आइतबार, असोज ११, २०८३
हिमलुङमा १४ नेपाली सम्पर्कविहीन, उद्धारमा मौसम बाधक हिमालयन होलिडेजको टोलीका शेर्पा, गाइड तथा सहयोगी कर्मचारी सम्पर्कविहीन भएपछि उद्धारका लागि काठमाडौं र पोखरामा हेलिकोप्टर तयारी अवस्थ... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
आज विदेशी मुद्राको विनिमय दर कति ? सोमबार, असोज १२, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धार तीव्र बनाउन रास्वपाको सरकारलाई आग्रह आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्