• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ८, २०८२ Mon, Nov 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

नेपाल एयरलाइन्सले भन्यो- साउन १५ गतेबाट ६ वटै चिनियाँ जहाज उड्दैनन्

64x64
उत्तम काप्री सोमबार, असार २९, २०७७  १६:१८
1140x725

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानमा प्रयोग गर्दै आएको ६ वटै चिनियाँ जहाज उडान नगर्ने उद्घोष गरेको छ।

एयरलाइन्सले साउन १५ गतेबाट ४ वटा वाई–१२ र २ वटा एमए-६० जहाज उडान नगर्ने निर्णय गरेको हो।

केही दिनअघि बसेको निगम सञ्चालक बोर्डको बैठकले साउन १५ गतेबाट ६ वटै चिनियाँ जहाज उडान नगर्ने निर्णय गरेका हो।
‘नेपाल एयरलाइन्सले साउन १५ गतेबाट चिनियाँ जहाज अपरेशन पूर्ण रुपमा बन्द गर्नेछ,’ एक बोर्ड सदस्यले भने, ‘जहाज उडान नगर्ने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जानकारी भएको छ।’

चिनियाँ जहाजका कारण निगमले वार्षिक आधा अर्बभन्दा नोक्सानी बेहोर्न परेको भन्दै सञ्चालन गर्ने निर्णय गरेको ती बोर्ड सदस्यले नेपाल लाइभसँग बताए।

२०७१ वैशाखमा पहिलो पटक एउटा  चिनियाँ एमए–६० जहाज नेपाल आएको थियो भने  २०७४ फागुनमा चीनसँगभएको दुई पक्षीय सम्झौताअनुसारको बाँकी सबै जहाज आइपुगको थिए।

निगमले २०७१ वैशाखमा पहिलो एमए ६० जहाज ल्याएको थियो भने सोही वर्षको कात्तिकमा वाई–१२ जहाज ल्याएको थियो।पहिलोपटक ल्याइएका दुवै जहाज अनुदानका थिए। २०७३ मा एमए ६० र वाई–१२ ल्याइएको थियो। यसैगरी निगमले २०७४ फागुनमा दुई सरकारबीचको सम्झौताअनुसार बाँकी रहेका दुईवटा वाई–१२ जहाज नेपाल ल्याएको थियो।

चिनियाँ जहाज अपरेशनमा आएदेखि अहिलेसम्म  नेपाल एयरलाइन्सलाई करिब २ अर्ब नोक्सानी भएको विवरण समेत निगमले निकालेको छ। चिनियाँ जहाजबाट आम्दानी हुनुको सट्टा निरन्तर रुपमा घाटा भएको भन्दै निगम सञ्चालन बोर्डले अन्ततः जहाज नै उडान नगर्ने उद्घोष गरेको छ।

जहाज उडान नगर्ने उद्घोष गरेको निगमले व्यवस्थापनको विषयमा भने केही पनि निर्णय नगर्दै मन्त्रालयमा पत्र पठाएको मन्त्रालयका एक सह–सचिवले जानकारी दिए।

Ncell 2
Ncell 2

साथै निगम सञ्चालक बोर्डले चिनियाँ जहाज अपरेशनमा रहेको करारका कर्मचारीको करार सम्झौता पनि साउन १५ गतेबाट नै भंग गर्ने निर्णय गरेको छ। तर, स्थायी कर्मचारीको हकमा भने आवश्यकताअनुसार अन्य ठाउँमा व्यवस्थापन गर्ने निर्णय भएको एक बोर्ड सदस्यले जानकारी दिए।

२०७१ देखि अहिलेसम्म ६ वटा चिनियाँ जहाज खरिददेखि अपरेशनसमेत गरी निगमले ८ अर्ब ५७ करोड रुपैयाँको आर्थिक भार बेहोर्न परेको समेत सञ्चालक बोर्डको निष्कर्ष छ।

६ वटा चिनियाँ जहाजमध्ये २ वटाभन्दा बढी जहाज एकैपटकमा सञ्चालनमा समेत आउने सकेको थिएन। निगमसँग अहिले एउटा एमए–६० र एउटा वाई–१२ जहाजमात्रै उडानयोग्य छन्। एउटा एमए–६० र २ वटा वाई–१२ जहाज भने लामो समयदेखि ग्राउन्डेड भएर बसेका छन्। एउटा जहाज दुर्घटना परेपछि उडान गर्न नमिल्ने गरी थन्किएको छ।

उडान बन्द गर्ने उद्घोष गरेको निगमले जहाज भने उडानयोग्य नै बनाएर राख्ने  निर्णय समेत गरेको छ।

चालू आर्थिक वर्ष २०७६/०७७ मा मात्रै निगमलाई ६ चिनियाँ जहाज सञ्चालनबाट ५० करोडदेखि ६० करोड घाटा हुने अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०७५/०७६ मा निमगले यी जहाजबाट ५२ करोडभन्दा बढी  खुद घाटा व्यहोरेको थियो। 

यसैगरी चिनियाँ जहाज अपरेशाबाट आर्थिक वर्ष २०७४/०७५ निगमले दुई एमए–६० जहाज उडानबाट ३१ करोड ६४ लाख रुपैयाँ खुद घाटा खाएको थियो। यसैगरी सोही वर्ष नै निगमले ४ वटा चिनियाँ वाई–१२ जहाज उडानबाट २८ करोड ९७ लाख खुद घाटा सहनुपरेको थियो। यसैगरी आर्थिक वर्ष २०७३/०७४ निगमलाई चिनियाँ एमए–६० जहाज उडानबाट ६ करोड ६७ लाख रुपैयाँ र वाई–१२ जहाजबाट ३ करोड ९४ लाख घाटा भएको थियो।

आर्थिक वर्ष २०७१/०७२ मा भने झन्डै ९ करोड  र आर्थिक वर्ष २०७२/७३ मा भने झन्डै १० करोड घाटा खाएको थियो। आर्थिक वर्ष २०७३/०७४ बाट पनि घाटा रकम ह्वातै बढ्न थालेको हो।

२०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको मन्त्रिपरिषद्ले आन्तरिक उडानका लगि ६ वटा चिनियाँ जहाज खरिद गर्ने निर्णय गरेको थियो। जहाज खरिद गर्ने निर्णय पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नभई अर्थ मन्त्रालयबाट प्रस्ताव गएको थियो।

उक्त प्रस्तावको आधारमा आर्थिक पाटो अर्थ मन्त्रालयले हेर्ने र जहाजको प्राविधिक पाटो नागरिक उड्डयन मन्त्रालयको सहयोगमा नेपाल वायुसेवा निमगले अध्ययन गर्ने निर्णय भएको थियो। सोही आधारमा २०७० मंसिरमा खिलराज रेग्मीको मन्त्रिपरिषदबाट ६ वटा चिनियाँ जहाज खरिद गर्ने निर्णय गर्दै चीनसँग सम्झौता गरिएको थियो।

सम्झौतामा एक एमए-६० र एक वाई-१२ जहाज अनुदानमा र ४ वटा जहाज सफ्ट लोनमा खरिद गर्ने गरी दुईपक्षीय सम्झौता भएको थियो।

सम्झौताअनुसार चिनियाँ जहाज खरिदमा निगमले ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियत ऋणको लगानीमा चीनसँग जहाज खरिद गरेको थियो। कूल रकममध्ये दुई अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने तीन अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत दरको ऋण थियो।

प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १६:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
अब हङकङ हुँदै यात्रा गर्दा नेपाली नागरिकले ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने नेपाली राहदानी बाहक यात्रुलाई सन् २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्दा ट्रान्जिट भिसा लिनु पर्... शुक्रबार, कात्तिक २८, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बिजुली सर्ट, उडान स्थगित इलेक्ट्रिकल विभागका कर्मचारीहरूले फल्ट पत्ता लगाउने प्रयास जारी राखेका छन् । प्रारम्भिक जानकारीअनुसार धावनमार्गको किनारामा रहेको ‘एज... शनिबार, कात्तिक २२, २०८२
पर्वतारोहणमा गएकामध्ये छुट्टाछुट्टै घटनामा ४ को मृत्यु, ५ बेपत्ता ५ पर्यटक वेपत्ता छन् । पर्यटन विभागका अनुसार गोरखा जिल्लामा अवस्थित पानवरी हिमाल (६८८७ मिटर) आरोहण गर्न अल्पाइन ट्रेकिङ सर्भिसमार्फत... मंगलबार, कात्तिक १८, २०८२
ताजा समाचारसबै
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
एनपीएल : कर्णाली याक्सले टस जितेर रोज्यो फिल्डिङ सोमबार, मंसिर ८, २०८२
विराटनगरको लगातार तेस्रो जित सोमबार, मंसिर ८, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र सोमबार, मंसिर ८, २०८२
२० मंसिरदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु हुने सोमबार, मंसिर ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
रास्वपा काठमाडौँका सभापति प्रदीप विष्टद्वारा पदबाट राजीनामा आइतबार, मंसिर ७, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र सोमबार, मंसिर ८, २०८२
दुर्गा प्रसाईंको अभियानले घोषणा गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्