• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २५, २०८३ Thu, Jul 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

खेलकुद परिषदको सदस्यमा मन्त्रीले पठाए ६ जना

64x64
नेपाल लाइभ बिहीबार, साउन १५, २०७७  १८:१२
1140x725

काठमाडौं- युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सञ्चालक परिषद सदस्यमा ६ जना मनोनयन गरेका छन्। जसमा रिम रानाभाट, इन्दिरा निरौला, अर्जुन केसी, सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ र गोविन्द प्रसाद भट्टराई छन्। 

‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७’ कार्यान्वयनमा आएसँगै नयाँ प्रक्रियाअनुसार नियुक्तिका कामहरु भइरहेका हुन्। राखेप उपाध्यक्षमा शिव कोइराला र नयाँ प्रक्रियाअनुसार सदस्यसचिवमा रमेशकुमार सिलवाल नियुक्त भइसकेका छन्। 

नयाँ ऐन अनुसार राखेपमा ३७ सदस्यीय सञ्चालक परिषद रहने छ। जसमा खेलकुद मन्त्रीले १२ जना सिधा नियुक्त गर्नेछन्। बाँकी नियुक्तिको काम प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ। 

अहिले सदस्य बनाएर पठाइएका रिम रानाभाट र इन्दिरा निरौला सदस्यसचिव छनोट गर्ने सिफारिस समितिमा पनि थिए। रिम यसअघि राखेपमा तालिम तथा प्रशिक्षण विभाग प्रमुख थिए। पूर्वभलिबल खेलाडी इन्दिरा यसअघि पनि राखेप बोर्ड सदस्य थिइन्। 

ऐनको दफा ३ उफदफा २ ‘ठ’ अनुसार खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टिडोपिङ विज्ञ मध्येबाट रिम रानाभाट र इन्दिरा निरौलालाई छानिएको हो। 

ऐनको दफा ३ उफदफा २ ‘ढ’ अनुसार सम्बन्धित राष्ट्रिय खेल संघको विधान बमोजिम निर्वाचित संघका पदाधिकारी वा सदस्यहरुमध्येबाट सम्बन्धित संघको सिफारिसमा चपलीका अर्जुन केसी, बाग्लुङ बिहुका सम्पन्न श्रेष्ठ, चितवन भरतपुरका सुवास श्रेष्ठ छानिएको जनाइएको छ। 

अर्जुन केसी पहिले पनि राखेप बोर्ड सदस्य थिए। उनी बक्सिङ संघका उपाध्यक्ष पनि हुन्। सम्पन्न श्रेष्ठ पश्चिमाञ्चल खेलकुद विकास समितिका उपाध्यक्ष थिए। पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल अमेरिका गएपछि उनी अध्यक्ष भएका थिए। यस्तै सुवास श्रेष्ठ ब्याडमिन्टन संघका उपाध्यक्ष हुन्। 

यस्तै ऐनको दफा ३ उफदफा २ ‘त’ मा उल्लेख भएअनुसार परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुने गरी नुवाकोट चारघरेका गोविन्दप्रसाद भट्टराईलाई पठाइएको मन्त्रालयले जनाएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

राखेपमा ३७ सदस्यीय सञ्चालक परिषदबाहेक पनि ७ जना रहने कार्यकारी समितिको पनि व्यवस्था छ। कार्यकारी समितिमा सदस्यसचिव संयोजक रहने छन्। अरु सदस्यहरुमा युवा तथा खेलकुद मन्त्रालयको खेलकुद महाशाखा प्रमुख, परिषदका सदस्यमध्येबाट अध्यक्षले मनोनित गरेको कम्तीमा एक महिलासहित दुईजना, परिषदको सदस्यमध्येबाट परिषदले नै मनोनित गरेको एकजना महिलासहित दुईजना र परिषदको प्रशासन महाशाखा प्रमुख रहने व्यवस्था छ। 

यो पनि पढ्नुहोस्

सदस्यसचिवको परीक्षा : बोल्छन् कि गर्छन् पनि?बिहीबार, साउन १५, २०७७

को को हुनेछन् सञ्चालक परिषदमा? कसरी हुनेछन् नियुक्त?

युवा तथा खेलकुद मन्त्री वा राज्यमन्त्री - अध्यक्ष

खेलकुद क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरुमध्येबाट नेपाल सरकारले मनोनयन गरेको एकजना - उपाध्यक्ष

पदिषदको सदस्य सचिव

अन्य सदस्यहरुमा
- युवा तथा खेलकुद मन्त्रालयका सचिव

- नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव वा निजले तोकेको सोही मन्त्रालयको सहसचिव

- नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको खेलकुद क्षेत्र हेर्ने एक/एक जना गरी तीन जना

- विश्वविद्यालयहरुका खेलकुद विभाग प्रमुखमध्ये अध्यक्षले मनोनयन गरेको एकजना

- युवा तथा खेलकुद मन्त्रालयको खेलकुद महाशाखा प्रमुख

- प्रत्येक प्रदेशको खेलकुद विकाससँग सम्बन्धित प्रदेश स्तरका संस्थागत संरचनाका कार्यकारी प्रमुख

- खेलकुदको विकासमा महत्वपूर्ण योगदान गरेका प्रतिष्ठित व्यक्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वखेलाडीहरु मध्येबाट सबै प्रदेशबाट प्रतिनिधित्व हुने गरी कम्तिमा तीनजना महिलासहित नौ जना

- खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टिडोपिङ विज्ञ मध्येबाट अध्यक्षले मनोनयन गरेको कम्तीमा एकजना महिलासहित दुई जना

- नेपाल ओलम्पिक पारालम्पिक लगायतका अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यताप्राप्त ओलम्पिक कमिटीमध्येबाट प्रतिनिधित्व हुने गरी सम्बन्धित कमिटीको सिफारिसमा अध्यक्षले मनोनयन गरेको दुईजना

- सम्बन्धित राष्ट्रिय खेल संघको विधान बमोजिम निर्वाचित संघका पदाधिकारी वा सदस्यहरुमध्येबाट सम्बन्धित संघको सिफारिसमा अध्यक्षले मनोनयन गरेको कम्तीमा दुईजना महिलासहित पाँच जना

- उद्योग वाणिज्य महासंघको सिफारिसमा अध्यक्षले मनोनयन गरेको एकजना

- परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुने गरी अध्यक्षले मनोनयन गरेको एकजना।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास
जाँचबुझ समितिले गर्‍यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
सम्बन्धित सामग्री
३ वर्षभित्र ८ हजार दर्शक क्षमताका १० रंगशालालाई फ्लड लाइटसहित स्तरोन्नति गरिने आगामी ३ वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशालालाई फ्लड लाइटसहितको स्तरोन्नति गरिने अर्थमन्त्री स्वर्णिम वाग्ले... शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा अब उनले सेमिफाइनलमा न्युजिल्यान्डका खेलाडी कासिब मुर्डोकसँग प्रतिस्पर्धा गर्नेछन् । मुर्डोक जापानका योनुसुके मिनामीलाई हराउँदै सेमिफ... बिहीबार, जेठ १४, २०८३
काभा महिला भलिबल च्याम्पियनसिप :  नेपालले आज किर्गिस्तानसँग खेल्दै पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको नेपाल पहिलो जित हात पार्ने लक्ष्यमा छ ।से... शनिबार, जेठ ९, २०८३
ताजा समाचारसबै
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन बिहीबार, असार २५, २०८३
राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास बिहीबार, असार २५, २०८३
जाँचबुझ समितिले गर्‍यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर बिहीबार, असार २५, २०८३
कृषि मन्त्रालयकाे १०० दिन: यस्ताे छ प्रगति विवरण(पूर्णपाठ) बिहीबार, असार २५, २०८३
कांग्रेसले भन्याे– हामी सरकार ढाल्न नभइ संविधानको बाटोमा हिँडाउन खोजिरहेका छौँ बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
यूएईकाे शारजाहबाट कराँची जाँदै गरेको पाकिस्तानी कार्गो विमान बेपत्ता बुधबार, असार २४, २०८३
सम्पत्ति शुद्धिकरणको आरोपमा अर्जेन्टिना फुटबल संघमाथि एफबीआईको अनुसन्धान बुधबार, असार २४, २०८३
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बुधबार, असार २४, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने बुधबार, असार २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्