• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

ऋणीको विवरण संकलन गर्न छुट्टै कम्पनी खोल्ने प्रस्ताव

कर्जा सूचना ऐन २०७७ को विधेयक संसदमा
64x64
अरुण सापकोटा बिहीबार, साउन १५, २०७७  १८:२१
1140x725

काठमाडौं- बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गरेका ऋणीको विवरण राख्न छुट्टै कम्पनी स्थापना गर्न अर्थ मन्त्रालयले प्रस्ताव गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद् सचिवालयमा दर्ता गराएको कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ मा ऋणीको विवरण संकलन गर्न छुट्टै कम्पनी स्थापना गर्न प्रस्ताव गरिएको हो। विधेयकमा 'कर्जा सूचना केन्द्र' स्थापना गर्ने र सो कम्पनीले कर्जा लिनेहरूको विवरण राख्ने जिम्मेवारी दिने व्यवस्था प्रस्ताव गरिकको छ। 

प्रस्तावित विधेयकमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा उपलब्ध गराएका ऋणीको सूचनाको संकलन, अधिलेखन, संरक्षण गर्न तथा त्यस्तो सूचना प्रवाह गर्ने प्रयोजनको लागि कर्जा सूचना केन्द्र स्थापना हुने उल्लेख छ। कुनै व्यक्ति वा संस्थाद्वारा प्रचलित कानुन बमोजिम पब्लिक लिमिटेड कम्पनीको रुपमा कर्जा सूचना केन्द्र स्थापना गर्न सकिने प्रस्तावित विधेयकमा भनिएको छ। 

यस्तो कम्पनीको नियमन भने नेपाल राष्ट्र बैंकले गर्ने प्रस्ताव गरिएको छ। कम्पनी स्थापना गर्न चाहाने व्यक्ति वा संस्थाले नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिनुपर्ने हुन्छ। चुक्ता पुँजी नेपाल राष्ट्र बैंकले तोक्न सक्ने विधेयकमा उल्लेख छ। पूर्वस्वीकृति पाएपछि कम्पनी ऐनअनुसार दर्ता भएर बाँकी प्रक्रिया सुरु गर्न सकिनेछ। 

नेपाल राष्ट्र बैंकले अनुमति दिएको ६ महिनाभित्रमा कार्य प्रारम्भ गरिसक्नुपर्नेछ। यसरी स्थापना भएको कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ऋणीको सूचना संकलन गर्ने प्रशोधन अद्यावधिक र संरक्षण गर्नुपर्नेछ। सरोकारवालालाई केन्द्रले सूचना दिन सक्ने व्यवस्था गरिएको छ। कर्जादाताले दिएको सूचनाको आधारमा निर्धारित समयमा कर्जा नतिर्ने वा कर्जा दुरुपयोग गर्ने ऋणीको सूची तयार पारी प्रकाशन गर्नुपर्ने हुन्छ। 

राष्ट्र बैंकले सिफारिस गरेका स्वदेशी वा नेपाल सरकारको स्वीकृतिमा विदेशी संस्था वा निकायलाई कर्जा सूचना उपलब्ध गराउने र त्यस्ता संस्था वा निकायबाट आवश्यक सूचना प्राप्त गर्नुपर्ने हुन्छ। सोही ऐनको अधीनमा रही सरोकारवालाहरुलाई कर्जा सूचना वा सोसँग सम्बन्धित सेवा उपलब्ध गराउनुपर्ने हुन्छ। यसका लागि नेपाल राष्ट्र बैंकले दिएको ढाँचा तथा निर्देशनलाई पालना गर्नुपर्ने हुन्छ।  

Ncell 2
Ncell 2
nimb
nimb

कर्जा प्रदान गर्ने सबै बैंक तथा वित्तीय संस्था, सहकारी, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, योगदानमा आधारित सामाजिक सुरक्षा कोष, निवृत्त भरण कोष, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, वित्तीय पट्टासम्बन्धी सेवा प्रदान गर्ने कम्पनी, हायर पर्चेजसम्बन्धी सेवा प्रदान गर्ने कम्पनी तथा राष्ट्र बैंकले सार्वजनिक सेवा प्रदान गर्न तोकेका कम्पनीहरु यसका सदस्य बन्न सक्नेछन्। 

कर्जा सूचना केन्द्रलाई ऋणदाता संस्थाले ऋणीको नाम, थर, वतन, नागरिकता नम्बर वा राष्ट्रिय परिचयपत्र नम्बर, सम्पर्क नम्बर  इमेल ऋणीको पहिचान हुने अन्य विवरण दिनुपर्छ। त्यस्तै ऋणी संगठित संस्था भए त्यस्तो संस्थाको दर्ता नम्बर, नाम, ठेगाना, संस्थाको सञ्चालकको नाम, थर ठेगाना सम्पर्क नम्बर दिनुपर्ने हुन्छ। 

कर्जादाताले ऋणीलाई उपलब्ध गराएको कर्जा रकम र कर्जा चुक्ता गर्नुपर्ने किस्ताअनुसारको अवधि पनि केन्द्रमा उपलब्ध गराउनुपर्छ। कर्जा उपलब्ध गराउँदा कुनै सम्पत्ति धितो राखेको भए सोको विवरण मूल्य खुलाएर केन्द्रमा जानकारी दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। ऋणीले कर्जादातासँग गरेको सम्झौता बमोजिम कर्जा तिरेको विवरण, ऋणी संलग्न भएको कारोबारसम्बन्धी कुनै मुद्दामा अदालतबाट ऋणीको सम्बन्धमा कुनै निर्णय भएको भए सोको विषय पनि केन्द्रमा उपलब्ध गराउनुपर्ने हुन्छ। 

Xtrem
Xtrem

ऋणीले कुनै संस्था वा व्यक्तिसँग कुनै व्यावसायिक सम्बन्ध भए सो सम्बन्धमा कुनै सरकारी निकायमा भएको अभिलेखका साथै राष्ट्र बैंकले उपयुक्त ठानेको अन्य विवरण पनि पेश गर्नुपर्छ। यसका साथै केन्द्रले पनि विभिन्न निकायबाट ऋणीको सूचना संकलन गर्न सक्नेछ। केन्द्रले डाटा बैंकको स्थापना गरी त्यसको उचित सुरक्षा गर्नुपर्ने हुन्छ। नेपाल राष्ट्र बैंक केन्द्रको सञ्चालक हुन पाउने छैन। 

प्रस्तावित विधेयकमा मा केन्द्रको सञ्चालक समिति तथा कार्यकारी अधिकृतको व्यवस्था छ। साथै उनीहरुको नियुक्ति प्रक्रिया तथा योग्यता तोकेबमोजिम हुने उल्लेख छ। प्रस्तावित विधेयकमा कसुर गर्नेलाई न्यूनतम एक वर्षदेखि तीन वर्षसम्मको जेल सजाय हुन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। अधिकतम तीन लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था विधेयकमा छ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १८:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
काभ्रेमा पहिरो र चितवनमा सडक भासियो शुक्रबार, असोज ९, २०८३
कान्ति लोकपथ पनि अवरुद्ध शुक्रबार, असोज ९, २०८३
रसुवा बाढीमा हालसम्म १४ सय ५३ जनाको शव फेला, अझै ४७ सयभन्दा बढी बेपत्ता शुक्रबार, असोज ९, २०८३
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द शुक्रबार, असोज ९, २०८३
विपत्तिमा गरिब देशलाई ठूलो ऋण दिएर अन्तर्राष्ट्रिय समुदाय पन्छिन मिल्दैन : शाह शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्