भैरहवा– नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री बालकृष्ण खाँडले पार्टीलाई सही दिशामा अगाडि बढाउँदै ५ वर्षपछि नेतृत्वमा पुर्याउन तरुण दलको भूमिका महत्वपुर्ण रहने बताएका छन्।
नेपाल तरुण दल कांग्रेसको एउटा महत्वपुर्ण सगंठन भएको भन्दै उनले पार्टीलाई सही ढगंले अगाडि बढाउन पनि तरुण युवाहरु लाग्नुपर्ने धारणा राखे। नेपाल तरुण दलले आईतबारदेखि भैरहवामा सुरु गरेको ‘५ नम्बर प्रदेशस्तरीय अगुवा तरुण प्रशिक्षण’को उद्घाटन गर्दै नेता खाँडले पछिल्लो चुनावको परिणामबाट युवाहरु कत्ती पनि बिचलीत हुन नहुने तर्क गरे।
‘राजनीतीक इमानदारीतासहित संविधान जारी भएपछि हामीले निर्वाचन सम्पन्न गराउनमा सबै शक्ति केन्द्रीत गर्यौँ। फलस्वरुप ३ वटा निर्वाचन सफलतापूर्वक सम्पन्न भए।’, उनले भने, ‘तर हामीले अपेक्षित नतिजा नल्याए पनि लोकतन्त्रको जित भएको छ।’
कांग्रेस सत्तामा नभए पनि लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्ने जिम्मेवारी कांग्रेस र तरुण युवाको काधँमा आएको भन्दै उनले मुलुकमा राष्ट्रियता कमजोर हुँदै गइरहेका बेला तरुण युवाहरु जिम्मेवार ढगंले लाग्नु पर्नेमा जोड दिए।
कार्यक्रममा कांग्रेस नेता एवम् पूर्वमन्त्री दिपक गिरीले अब अरुको विश्वासमा नपरी कांग्रेस र कांग्रेसका युवाहरु गाउँ–गाउमा गएर प्रशिक्षण दिनुपर्ने बताए। उनले पार्टी भित्रको आन्तरीक बिबाद र गुठबन्दीबाट मुत्त हुँदै नेताको लागिभन्दा पनि तरुण युवाहरुले पार्टीको नितीनियम अनुसार काम गर्नुपर्ने सुझाव दिए।
स्थानीय तह तथा प्रतिनिधि सभा र प्रदेश सभामा लज्जास्पद हारपछि युवामा नैरास्यता पलाएको भन्दै नेपाल तरुण दलले अगुवा तरुण युवाहरुलाई प्रशिक्षण अभियान सुरु गरेको छ। तरुण दलको केन्द्रीय निर्णय अनुसार अगुवा प्रशिक्षण कार्यक्रम सात वटै प्रदेशमा सञ्चालन गरीने छ। सोहिअनुरुप पाँच नम्बर प्रदेशको प्रशिक्षण कार्यक्रम आइतबारदेखि भैरहवामा सुरु भएको हो। प्रशिक्षणमा प्रदेश ५ का १२ जिल्लाका १ सय ५० भन्दा बढी तरुण नेता तथा कार्यकर्ताहको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।