काठमाडौं-भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले एनिभर्सरी अफर लिएर आएको छ। यसअन्तर्गत ग्राहकले साउन १६ गते सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतितशत (अधिकतम १ हजार रूपैयाँ) क्यासब्याक पाउनेछन्।
यसका साथै सेलपेका ५ जना ग्राहकले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा १०० सेकेण्डभित्र १ रूपैयाँमा असीमित ग्रोसरी सामान किनमेल गर्न सक्ने कम्पनीले जनाएको छ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिन्छ। सेलपेबाट भुक्तानी गर्दा वास्तविक समयमा कारोबार हुने, बिना वालेट कारोबार गर्न सकिने, सरल र सुरक्षित हुने तथा लोयल्टी पोइन्ट्स पाइने कम्पनीले जनाएको छ।
सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेट महसुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, बिमा रकम भुक्तानी, इएमआई भुक्तानी, कोभिड-१९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबार, पिटुबी, पिटुपी, बिटुपी र बिटुबी आदि वास्तविक समयमा गर्न सकिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।