काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर मारियानोलाई कोरोना संक्रमण देखिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमा नै आइसोलेसनमा बसिरहेको क्लबले जनाएको छ।
उनी रियल मड्रिडको अन्तिम खेलमा ला लिगा अन्तर्गत लेगानेसविरुद्ध बेन्चमा थिए। अब अगस्ट ७ मा रियल मड्रिडले च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा लेगानेसविरुद्ध खेल्दैछ।
युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले मड्रिडको अवस्था विचार गरिरहेको र स्पेनिस अधिकारीहरुको निर्णय पर्खिरहेको जनाएको छ। अहिले मारियानोबाहेकका खेलाडी भने अभ्यासमा नै छन्।
स्पेनिस सञ्चार माध्यमले मारियानोमा देखिएको संक्रमणले रियल मड्रिडको च्याम्पियन्स लिग खेललाई असर नगर्ने उल्लेख गरिरहेका छन्।
म्यानचेस्टर सिटीले अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडलाई २–१ ले हराएको थियो। अहिले सिटीमा हुनुपर्ने खेलका लागि पनि बेलायतमा लागु भएको नयाँ नियमले समस्या हुनसक्ने बताइएको छ। बाहिरबाट आउनेका लागि बेलायतमा १४ दिनको क्वारेन्टाइन अनिवार्य गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।