काठमाडौं- सिद्धार्थ बैंकले ९.५५ प्रतिशतमै साना तथा मझौला 'एसएमई' कर्जा दिने स्किम ल्याएको छ। यस स्किमबाट साना तथा मझौला व्यवसायी तथा उद्यमी बढी लाभांवित हुने बैंकले जनाएको छ।
बैंकले ठूलो कर्जाका साथै माइक्रोफाइनान्सले प्रदान गर्ने खालका कर्जालाई पनि जोड दिँदै आएको छ। कोभिड–१९ महामारीले व्यवसायमा परिरहेको असरका बावजुद पनि कर्जा सुविधालाई सहजीकरण गर्ने उद्देश्यले 'जस्तो सुकै परिस्थिति होस्, नरोकियोस् केहि गर्ने जोस्' नारासहित यो योजना ल्याएको हो।
सीमित अवधिको लागि ल्याइएको याे योजनाबाट सम्बन्धित सबै पक्षले लाभ लिन सक्ने बैंकले जनाएको छ। योजनाले देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका साना तथा मझौला व्यवसायहरुलाई टेवा पुर्याउने बैंकले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।