काठमाडौं- सानिमा बैंकले केन्द्रीय कार्यालयबाट डिजिटल काउन्टरको सुरुवात गरेको छ। बैंकले साउन १३ गतेदेखि चेक विना नै भुक्तानी गर्न मिल्ने गरी डिजिटल काउन्टरको सुरुवात गरेको हो।
सानिमा बैंकका ग्राहकहरुले चेक साट्न जाँदा कागजको चेक नलिइकन मोबाइल एपमार्फत् पैसा झिक्न सक्छन्। यसका लागि ग्राहकले 'सानिमा सजिलो इ बैंकिङ' मोबाइल एप्लिकेसन प्रयोग गर्नुपर्ने हुन्छ। यस एपमार्फत् बैंकको डिजिटल काउन्टरमा गएर क्युआर कोड स्क्यान गरेर भुक्तानी पाउने छन्।
हाललाई केन्द्रीय कार्यालय नक्सालबाट मात्रै यो सुविधा प्राप्त हुनेछ। आगामी दिनमा विस्तारै अन्य शाखाहरूमा पनि यस्तो सुविधा बढाउँदै लगिने बैंकले जनाएको छ। ग्राहकले चेक बुक विना नै सहज सरल छिटो छरितोसँग नगद भुक्तानी पाउने बैंकले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।