• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बिक्नै छाडे पुस्तक!

64x64
प्रजु पन्त शनिबार, साउन १७, २०७७  १८:३८
1140x725

'पुस्तक हेरौं, पुस्तक हेरौं।’
‘पुस्तक लैजानुस्‚ ज्ञान बढाउनुस्।’

न्युरोडस्थित भूगोल पार्कको पछाडि फुटपाथमा केही थान अंग्रेजी र नेपाली पुस्तकका नाम भनेर ग्राहक तान्ने प्रयासमा थिए, पुस्तक बिक्रेता राजेश गजुरेल। दिउँसो १२ बजेदेखि नै ग्राहक पर्खेर बसेका उनी साँझ ५ बजेसम्म ९/१० जना मात्रै आएकोमा खिन्न देखिन्थेँ। उनले अंग्रेजी र नेपाली ‘बेस्ट सेलर’ पुस्तक राखेका छन्।

‘लकडाउन अघिसम्म यहाँ राखेभन्दा तेब्बर बढी पुस्तक राख्थेँ,’ गजुरेलले भने, ‘लकडाउनपछि थोरै राख्दा पनि बिक्री हुन्न।’ उनीमात्रै होइन, अर्का बिक्रेता रोशन पोखरेल पनि निराश देखिन्थे। 

बिहानदेखि साँझ ५ बजेसम्म जम्मा ११ वटा पुस्तक बेचेको बताउने उनले पुस्तक बिक्री नभएर समस्यामा परेको बताए। ‘लकडाउनले हाम्रो त गरिखाने कामै लुट्यो,’ पोखरेलले भने, ‘कोरोनाको डरले हो कि के हो पाठकहरुले किताबमा खासै ध्यान दिँदैनन्।’

लकडाउन अघिसम्म न्युरोड, प्रदर्शनीमार्ग, रत्नपार्क तथा जमलका फुटपाथमा थुप्रै पुस्तक पसल देखिन्थे। तर आजकाल न्युरोडबाहेक अन्यत्र फुटपाथ पुस्तक व्यापारी देखिँदैनन्। 

लकडाउन खुलेलगत्तै न्युरोड गेटको आडैमा पुस्तक बिक्रीमा राखेकी अर्की व्यापारी सविता खड्काले पुस्तक व्यापार निराशाजनक रहेको बताइन्। ‘लकडाउन अघिसम्म त राम्रै पुस्तक बिक्री हुन्थ्यो,’  खड्काले भनिन्, ‘लकडाउनपछि त उभिएरसमेत हेर्दैनन्।’

राजेश गजुरेलको परिवारले न्युरोड धर्मपथमै बसेर पुस्तक बेच्न थालेको ३० वर्ष भइसक्यो। जतिसुकै अप्ठ्यारोमा अवस्थामा पनि पुस्तक बेचेर गुजारा चलाइरहेका उनले करिक चार महिनाको लकडाउनले भने गुजारा टार्न धौ–धौ भएको बताए।

‘असार १ गतेदेखि केही थान पुस्तक राखेर बिक्रीमा राखेँ,’ गजुरेलले भने, ‘लकडाउन अघिसम्म दिनकै १५ सय जति कमाउथें, अहिले त ५ सय पनि हुन्न। यतिले के खान पुग्नु र?’ 

Ncell 2
Ncell 2

उनी मात्रै होइन, सविता खड्काले पनि दिनहुँ हजार जति कमाउँथिन्। लकडाउन भएपछि ४ महिनायता उनको आम्दानी ठप्प भएको छ। ‘ज्यामी काम केही पाउन थालेर श्रीमान् त्यता जानुहुन्छ,’ उनले भनिन्, ‘पुस्तकको खासै बिक्री हुन्न।’ 

फुटपाथ व्यापारीले केही पुस्तक प्रकाशन गृहबाट र केही न्युरोडको झोँछेबाट ल्याँउछन्। एकैचोटी धेरै पुस्तक ल्याउँदा होलसेल पसलमा एक लाखभन्दा धेरै ऋण लागेको पुस्तक व्यापारी गजुरेलले बताए। ‘भन्न त ऋण लागोस् दिन नलागोस् भन्छन्,’ उनले भने, ‘कोरोनाले ऋण लागे पनि दिन नलागोस्, होलसेल पसलमा लाख रुपैँया ऋण कटिसक्यो।’ 

फुटपाथ व्यापारीले होलसेलबाट ३० प्रतिशतदेखि ३५ प्रतिशतसम्म छुटका पुस्तक ल्याउँछन्। उक्त पुस्तक उनीहरुले पाठकलाई २५ प्रतिशत छुटमा बेचेर बचेको ५ प्रतिशत नाफा राखेर जीविका चलाउँछन्।

‘आफूलाई ५ प्रतिशत राखेर पुस्तक बिक्री गर्छौं,’ सविता खड्काले भनिन्, ‘धेरै पुस्तक बिक्री भए पो! आम्दानी पनि धेरै हुन्थ्यो अहिले त २/३ सय पनि हुन्न। किनिसकेको पुस्तक नबेची पनि भएन।’

किताब व्यापार २५ प्रतिशतमात्रै छ 
न्युरोडका होलसेल व्यापारी बालकृष्ण प्याकुरेलले १५ वर्ष भइसक्यो पुस्तकको होलसेल व्यापार गर्न थालेको। आख्यान तथा गैरआख्यान पुस्तक बिक्री गर्ने गरेका उनी लकडाउन खुलेपछि २५ प्रतिशतमात्रै पुस्तक बिक्री भएको बताउँछन्। ‘असार १ गतेदेखि नै पसल खालेको हो,’ प्याकुरेल भन्छन्, ‘लकडाउन खुलेपछि मुस्किलले २५ प्रतिशत व्यापार भएको छ।’ 

नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघका अध्यक्ष लिखत पाण्डेले गत वर्षको तुलनामा ५५ प्रतिशत पुस्तक व्यवसायमा गिरावट आएको बताए। ‘मेरो आफ्नो व्यापारमा पोहोरको तुलनामा ५५ प्रतिशत कमी आएको छ,’ पाण्डेले भने, ‘मेरो अनुमानमा समग्र पुस्तक व्यवसायमा ६० प्रतिशतले गिरावट आएको छ होला।’ 

बैसाख महिनामा शैक्षिक सत्र सुरु हुन्थ्यो, लोकसेवा आयोग, बैंकहरुको तयारीका लागि पनि पुस्तक बिक्री उस्तै हुन्थ्यो। लकडाउनले परीक्षाहरु स्थगित हुने, कक्षा सञ्चालन नहुने भएपछि लोकसेवा तथा बैंकको मात्रै पुस्तक विक्री गर्ने पुस्तक व्यवसायी तथा बेस्ट सेलिङ पुस्तक व्यवसायीको अवस्था दयनीय भएको पाण्डेको भनाइ छ। 

याे पनि
कोरोनाले बदल्दै पुस्तक व्यवसाय, छाप्न छाडेर इ-बुकतिर नजर

प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
साफ यु-१९ महिला च्याम्पियनसिप : उद्धाटन खेलमा आज नेपाल र भारत भिड्दै शनिबार, माघ १७, २०८२
सिन्दूर, टुथपेस्ट र गाजलमा लिडको अधिक मात्रा भेटियो, जनस्वास्थ्यमा गम्भीर असर शनिबार, माघ १७, २०८२
यस्तो छ आजका लागि फलफूल र तरकारीको थोक मूल्य शनिबार, माघ १७, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर शनिबार, माघ १७, २०८२
आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाले दियो जवाफ शुक्रबार, माघ १६, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा शुक्रबार, माघ १६, २०८२
बालेनको प्रचारमा गएका पत्रकार सिटौला अचानक ढलेपछि सेनाको जहाजमा काठमाडौं ल्याइँदै शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्