• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बिक्नै छाडे पुस्तक!

64x64
प्रजु पन्त शनिबार, साउन १७, २०७७  १८:३८
1140x725

'पुस्तक हेरौं, पुस्तक हेरौं।’
‘पुस्तक लैजानुस्‚ ज्ञान बढाउनुस्।’

न्युरोडस्थित भूगोल पार्कको पछाडि फुटपाथमा केही थान अंग्रेजी र नेपाली पुस्तकका नाम भनेर ग्राहक तान्ने प्रयासमा थिए, पुस्तक बिक्रेता राजेश गजुरेल। दिउँसो १२ बजेदेखि नै ग्राहक पर्खेर बसेका उनी साँझ ५ बजेसम्म ९/१० जना मात्रै आएकोमा खिन्न देखिन्थेँ। उनले अंग्रेजी र नेपाली ‘बेस्ट सेलर’ पुस्तक राखेका छन्।

‘लकडाउन अघिसम्म यहाँ राखेभन्दा तेब्बर बढी पुस्तक राख्थेँ,’ गजुरेलले भने, ‘लकडाउनपछि थोरै राख्दा पनि बिक्री हुन्न।’ उनीमात्रै होइन, अर्का बिक्रेता रोशन पोखरेल पनि निराश देखिन्थे। 

बिहानदेखि साँझ ५ बजेसम्म जम्मा ११ वटा पुस्तक बेचेको बताउने उनले पुस्तक बिक्री नभएर समस्यामा परेको बताए। ‘लकडाउनले हाम्रो त गरिखाने कामै लुट्यो,’ पोखरेलले भने, ‘कोरोनाको डरले हो कि के हो पाठकहरुले किताबमा खासै ध्यान दिँदैनन्।’

लकडाउन अघिसम्म न्युरोड, प्रदर्शनीमार्ग, रत्नपार्क तथा जमलका फुटपाथमा थुप्रै पुस्तक पसल देखिन्थे। तर आजकाल न्युरोडबाहेक अन्यत्र फुटपाथ पुस्तक व्यापारी देखिँदैनन्। 

लकडाउन खुलेलगत्तै न्युरोड गेटको आडैमा पुस्तक बिक्रीमा राखेकी अर्की व्यापारी सविता खड्काले पुस्तक व्यापार निराशाजनक रहेको बताइन्। ‘लकडाउन अघिसम्म त राम्रै पुस्तक बिक्री हुन्थ्यो,’  खड्काले भनिन्, ‘लकडाउनपछि त उभिएरसमेत हेर्दैनन्।’

राजेश गजुरेलको परिवारले न्युरोड धर्मपथमै बसेर पुस्तक बेच्न थालेको ३० वर्ष भइसक्यो। जतिसुकै अप्ठ्यारोमा अवस्थामा पनि पुस्तक बेचेर गुजारा चलाइरहेका उनले करिक चार महिनाको लकडाउनले भने गुजारा टार्न धौ–धौ भएको बताए।

‘असार १ गतेदेखि केही थान पुस्तक राखेर बिक्रीमा राखेँ,’ गजुरेलले भने, ‘लकडाउन अघिसम्म दिनकै १५ सय जति कमाउथें, अहिले त ५ सय पनि हुन्न। यतिले के खान पुग्नु र?’ 

Ncell 2
Ncell 2
nimb
nimb

उनी मात्रै होइन, सविता खड्काले पनि दिनहुँ हजार जति कमाउँथिन्। लकडाउन भएपछि ४ महिनायता उनको आम्दानी ठप्प भएको छ। ‘ज्यामी काम केही पाउन थालेर श्रीमान् त्यता जानुहुन्छ,’ उनले भनिन्, ‘पुस्तकको खासै बिक्री हुन्न।’ 

फुटपाथ व्यापारीले केही पुस्तक प्रकाशन गृहबाट र केही न्युरोडको झोँछेबाट ल्याँउछन्। एकैचोटी धेरै पुस्तक ल्याउँदा होलसेल पसलमा एक लाखभन्दा धेरै ऋण लागेको पुस्तक व्यापारी गजुरेलले बताए। ‘भन्न त ऋण लागोस् दिन नलागोस् भन्छन्,’ उनले भने, ‘कोरोनाले ऋण लागे पनि दिन नलागोस्, होलसेल पसलमा लाख रुपैँया ऋण कटिसक्यो।’ 

फुटपाथ व्यापारीले होलसेलबाट ३० प्रतिशतदेखि ३५ प्रतिशतसम्म छुटका पुस्तक ल्याउँछन्। उक्त पुस्तक उनीहरुले पाठकलाई २५ प्रतिशत छुटमा बेचेर बचेको ५ प्रतिशत नाफा राखेर जीविका चलाउँछन्।

‘आफूलाई ५ प्रतिशत राखेर पुस्तक बिक्री गर्छौं,’ सविता खड्काले भनिन्, ‘धेरै पुस्तक बिक्री भए पो! आम्दानी पनि धेरै हुन्थ्यो अहिले त २/३ सय पनि हुन्न। किनिसकेको पुस्तक नबेची पनि भएन।’

Xtrem

Xtrem

किताब व्यापार २५ प्रतिशतमात्रै छ 
न्युरोडका होलसेल व्यापारी बालकृष्ण प्याकुरेलले १५ वर्ष भइसक्यो पुस्तकको होलसेल व्यापार गर्न थालेको। आख्यान तथा गैरआख्यान पुस्तक बिक्री गर्ने गरेका उनी लकडाउन खुलेपछि २५ प्रतिशतमात्रै पुस्तक बिक्री भएको बताउँछन्। ‘असार १ गतेदेखि नै पसल खालेको हो,’ प्याकुरेल भन्छन्, ‘लकडाउन खुलेपछि मुस्किलले २५ प्रतिशत व्यापार भएको छ।’ 

नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघका अध्यक्ष लिखत पाण्डेले गत वर्षको तुलनामा ५५ प्रतिशत पुस्तक व्यवसायमा गिरावट आएको बताए। ‘मेरो आफ्नो व्यापारमा पोहोरको तुलनामा ५५ प्रतिशत कमी आएको छ,’ पाण्डेले भने, ‘मेरो अनुमानमा समग्र पुस्तक व्यवसायमा ६० प्रतिशतले गिरावट आएको छ होला।’ 

बैसाख महिनामा शैक्षिक सत्र सुरु हुन्थ्यो, लोकसेवा आयोग, बैंकहरुको तयारीका लागि पनि पुस्तक बिक्री उस्तै हुन्थ्यो। लकडाउनले परीक्षाहरु स्थगित हुने, कक्षा सञ्चालन नहुने भएपछि लोकसेवा तथा बैंकको मात्रै पुस्तक विक्री गर्ने पुस्तक व्यवसायी तथा बेस्ट सेलिङ पुस्तक व्यवसायीको अवस्था दयनीय भएको पाण्डेको भनाइ छ। 

याे पनि
कोरोनाले बदल्दै पुस्तक व्यवसाय, छाप्न छाडेर इ-बुकतिर नजर

प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बिहीबार, असोज ८, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्