• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस १४, २०८२ Mon, Dec 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

कोरोनाले बदल्दै पुस्तक व्यवसाय, छाप्न छाडेर इ-बुकतिर नजर

64x64
प्रजु पन्त शनिबार, वैशाख २७, २०७७  १४:२५
1140x725

काठमाडौं- राजधानीको न्युरोडस्थित झोछेँमा १५ वर्षदेखि साहित्यिक तथा गैरसाहित्यिक पुस्तक होलसेलमा बिक्री गर्दै आइरहेकी तारा चापागाईंलाई अहिलेजस्ताे महसुस कहिल्यै भएको थिएन। पसल सुरु गरेयता भूकम्पका बेला एक महिनाबाहेक लामो समय पसल बन्द गर्नुपरेको थिएन। कोरोना भाइरस संक्रमण रोक्न लागू गरिएकाे लकडाउनमा भने उनको पसल बन्द छ। उनको आँकलनमा अवस्था यही रहे पुस्तक व्यवसाय उठ्न १ वर्षसम्म लाग्न सक्छ। 

‘भूकम्पका बेला पनि बजार तंग्रिन समय लागेको थियो,’ चापागाईं भन्छिन्, ‘भूकम्पले त नेपाली बजारमात्रै प्रभाव पारेको थियो। यो विश्वमहामारीका कारण बाहिर पुस्तक आउन  पनि समय लाग्ला। बजार उठ्न त ६ महिनादेखि १ वर्ष लाग सक्छ ।’

विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमण फैलिन नदिन विश्वरभर नै लकडाउन गरिएको छ। अर्थतन्त्र ठप्प छ। विकसित देशमा इ-बुकको बिक्री भने बढेको बताइएको छ। तर नेपालको  अवस्था त्यस्तो छैन। थुप्रै डटकमले केही प्रकाशनहरुको इ-बुकमार्फत् बेच्न थाले पनि त्यति प्रभावकारी भएको देखिँदैन। 

नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघका अध्यक्ष लिखत पाण्डे लकडाउन खुलेपछि धेरैजसो पुस्तक पसलै बन्द हुने बताउँछन्। ‘लकडाउन कहिले खुल्छ पत्तो छैन,' पाण्डे भन्छन्, 'लकडाउन खुलेपछि ७५ प्रतिशत पुस्तक पसल भाडा तिर्न नसकेर बन्द हुनेछन् पुस्तक व्यवसाय तहसनहस हुनेछ ।’

नयाँ शैक्षिक सत्र सुरु हुने, लोकसेवा आयोगको परीक्षा हुने भएका कारण कोर्षका पुस्तक बिक्री हुने बेला हो यो। लकडाउनले सबै परीक्षा र कक्षा सञ्चालन स्थगित भएका छन्। त्यसैले पाठ्यपुस्तक बेच्नेलाई उत्तिकै घाटा छ।

पाण्डेका अनुसार वर्सेनि नेपालमा झण्डै ४ अर्ब बराबरको पुस्तकको व्यापार हुन्छ। झण्डै ७५ प्रतिशत बजार पाठ्यपुस्तकले धान्छ भने बाँकी अनुसन्धानात्मक पुस्तक तथा साहित्यिक तथा गैरसाहित्यिक पुस्तकको हिस्सा हो। कक्षा सञ्चालन भएपछि पाठ्यपुस्तक बिक्री भए पनि लामो समय पसल खोल्न नपाउँदा भएको घाटा लामो समयसम्म रहने पाण्डेको बुझाइ छ। 

नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले पाठ्यपुस्तक छापिएको थियो। तर ती गोदाममा थन्किएका छन्। साहित्यिक तथा गैरसाहित्यिक पुस्तकको अवस्था पनि उस्तै थियो। बुकहिल पब्लिकेशनका भुपेन्द्र खड्काका अनुसार धेरै पुस्तक गोदाममा नै थन्किएका छन् भने सेड्युलमा भएका पुस्तकको प्रकाशन रोकिएको छ।

पाँचपोखरीका प्रकाशक राम श्रेष्ठ छापिने तयारीमा रहेका पुस्तक रोकिएकाे बताउँछन्। बजार पुर्‍याउन पुन: मुद्रण भएका पुस्तक पनि गोदाममा थन्किए। ‘यही पाराले पुरानै लयमा बजार फर्कन समय लाग्नेछ,’ श्रेष्ठले भने,‘न्यूनतम ६ महिना त नयाँ पुस्तक ल्याउन सकिन्न होला ।’

Ncell 2
Ncell 2

मञ्जरी प्रकाशन गृहका प्रकाशक कृष्ण अबिरल आर्थिक जोहो गर्न अप्ठ्यारो पर्ने बेला पुस्तक किन्नेहरु कम हुने बताउँछन्।  ‘यसै नै हाम्रो पठन अभ्यास कम छ,’अबिरल भन्छन्, ‘लकडाउनपछि पनि यो अवस्था सुध्रिने देख्दिनँ, बजार ध्वस्तै हुने भयो केही समय ।’

लकडाउनपछि पुस्तक व्यवसाय के होला ?
 

फाइन प्रिन्टका प्रकाशक अजित बराल र बुकहिलका प्रकाशक भुपेन्द्र खड्का लकडाउनपछि थोरै र राम्रा पुस्तक छापिने बताउँछन्। उनीहरुका अनुसार मुद्रित किताबको संख्या पनि कम हुने देखिन्छ।

'आख्यानमा कथा, उपन्यास र कविता अब्बल छापिनेछन्,' भुपेन्द्रले भने,'कोरोनाको संक्रमणले थलिएका प्रकाशकले जो पायो, त्यही लेखकका किताब प्रकाशन गर्ने आँट गर्ने छैनन्। आर्थिक अवस्था कमजोर भएपछि कमसल लेख्ने तर आफैं लगानी गरेर किताब छाप्ने लेखकको संख्यामा कमी  आउनेछ ।'

आर्थिक स्थिति तंग्रिन समय लाग्ने भएकाले प्रकाशकले पनि पुस्तक प्रकाशनको संख्यामा कटौती गर्ने फाइनप्रिन्टका अजित बराल बताउँछन्। ‘बजार तंग्रीन गाह्रो हुन्छ । पाँच हजार छाप्छु भनेका पुस्तकहरु दुई हजार  संख्यामा छापिएलान्’बराल भन्छन्,‘ एकदमै राम्रो त छैन तर छाप्दा नछाप्दा फरक नपर्ने पुस्तक नछापिन सक्छन् ।’

इ-बुक विकल्प बन्ला ?
विभिन्न पेशा व्यवसाय गर्नेहरु लकडाउनकै कारण घरमै छन्। अन्तर्राष्ट्रिय बजारमा इ-बुकको विक्री बढेको देखिन्छ। धेरैजसो पुस्तक व्यवसायीले इ-बुकका लागि एप बनाउने कार्य भइरहेको बताएका छन्। बुकहिलका भुपेन्द्र खड्का र फाइनप्रिन्टका अजित बरालले पनि त्यसका लागि अध्ययन भइरहेको बताए। 

नेपालमा केही समय पहिले इ-बुकको प्रचलन ल्याउन खोजे पनि असफल भएको बताउँछन् पाँचपोखरीका प्रकाशक राम श्रेष्ठ। ‘हामीले केही वर्ष अघि इ-बुक प्रचलन ल्याउन खोजेका थियौँ तर सफल भएन। हाम्रो पाठक इ-बुक पढ्न अभ्यस्त भएको देखिएन।'

समालोचक महेश पौड्याल नेपालीहरु इ-बुकमा खासै पोख्त नभएको बताउँछन्। ‘नेपालीहरु क्रेडिट कार्ड बोकेर इ-पे गरेर बुक पढ्छन् जस्तो मलाई लाग्दैन,' पौड्याल भन्छन्,‘मेरै पुस्तक पनि अमेजनमा राखिएका छन् तर विदेशमा बसेका नेपालीले पनि इ-बुकभन्दा भौतिक नै पढ्दा रहेछन् ।’

फाइन प्रिन्टका प्रकाशक बराल भने लकडाउनले गर्दा नेपालीहरुले पनि इ-बुक पढ्ने बानी लागेको बताए। ‘म आफैँ पनि इ-बुक पढ्दिनथेँ तर अहिले विकल्प नभएकाले स्क्रिनमा पढ्ने बानी पारेँ अरुले पनि त्यस्तै गरेको भन्नुभएको छ,’बराल भन्छन्,‘सायद अब प्रिन्टेड किताबभन्दा इ-बुकको बजार राम्रो हुन सक्छ ।’

शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेल इ-बुककाे कन्सेप्टमा जान ढिला गर्न नहुने बताउँछन्। ‘प्रविधिमा सबै पोख्त हुँदैछन् अबको विकल्प भनेको इ-बुक नै हुन्छ होला,’पौडेल भन्छन्, ‘हामी पनि अब छिट्टै इ-बुककाे तयारीमा लाग्छौँ ।’

'थुप्रै' डटकमका सहसंस्थापक दीपेश आचार्यका अनुसार प्रकाशकसँग कुराकानी गरेर इ-बुकको संख्या बढाइएको छ। हाल दैनिक ५० देखि ६० वटासम्म पुस्तक बिक्री भइरहेको उनले जानकारी दिए।

नेपालयकी प्रमुख कार्यकारी सैजना मास्केका अनुसार नेपालयबाट प्रकाशित केही पुस्तक इ-बुकमा राखिएको छ। सांग्रिला बुक्सका प्रकाशक मणि शर्माले पनि इ-बुककाे विकल्प नभएको बताउँछन्। ‘सायद लकडाउनले नेपाली बजारलाई नयाँ मोडमा लिएर जानेछ, शर्माले भने,‘भौतिक किताबभन्दा इ-बुकको बजार बढ्नेछ।’

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १४:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह आइतबार, पुस १३, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
यस्तो छ निर्वाचन आचारसंहिता (पुर्णपाठ) आइतबार, पुस १३, २०८२
कांग्रेसले समानुपातिक सूची सोमबार आयोगमा बुझाउने आइतबार, पुस १३, २०८२
पार्टी परित्याग गरेकालाई घर फर्कन काँग्रेसको आह्वान आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्