• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

कोरोनाले बदल्दै पुस्तक व्यवसाय, छाप्न छाडेर इ-बुकतिर नजर

64x64
प्रजु पन्त शनिबार, वैशाख २७, २०७७  १४:२५
1140x725

काठमाडौं- राजधानीको न्युरोडस्थित झोछेँमा १५ वर्षदेखि साहित्यिक तथा गैरसाहित्यिक पुस्तक होलसेलमा बिक्री गर्दै आइरहेकी तारा चापागाईंलाई अहिलेजस्ताे महसुस कहिल्यै भएको थिएन। पसल सुरु गरेयता भूकम्पका बेला एक महिनाबाहेक लामो समय पसल बन्द गर्नुपरेको थिएन। कोरोना भाइरस संक्रमण रोक्न लागू गरिएकाे लकडाउनमा भने उनको पसल बन्द छ। उनको आँकलनमा अवस्था यही रहे पुस्तक व्यवसाय उठ्न १ वर्षसम्म लाग्न सक्छ। 

‘भूकम्पका बेला पनि बजार तंग्रिन समय लागेको थियो,’ चापागाईं भन्छिन्, ‘भूकम्पले त नेपाली बजारमात्रै प्रभाव पारेको थियो। यो विश्वमहामारीका कारण बाहिर पुस्तक आउन  पनि समय लाग्ला। बजार उठ्न त ६ महिनादेखि १ वर्ष लाग सक्छ ।’

विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमण फैलिन नदिन विश्वरभर नै लकडाउन गरिएको छ। अर्थतन्त्र ठप्प छ। विकसित देशमा इ-बुकको बिक्री भने बढेको बताइएको छ। तर नेपालको  अवस्था त्यस्तो छैन। थुप्रै डटकमले केही प्रकाशनहरुको इ-बुकमार्फत् बेच्न थाले पनि त्यति प्रभावकारी भएको देखिँदैन। 

नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघका अध्यक्ष लिखत पाण्डे लकडाउन खुलेपछि धेरैजसो पुस्तक पसलै बन्द हुने बताउँछन्। ‘लकडाउन कहिले खुल्छ पत्तो छैन,' पाण्डे भन्छन्, 'लकडाउन खुलेपछि ७५ प्रतिशत पुस्तक पसल भाडा तिर्न नसकेर बन्द हुनेछन् पुस्तक व्यवसाय तहसनहस हुनेछ ।’

नयाँ शैक्षिक सत्र सुरु हुने, लोकसेवा आयोगको परीक्षा हुने भएका कारण कोर्षका पुस्तक बिक्री हुने बेला हो यो। लकडाउनले सबै परीक्षा र कक्षा सञ्चालन स्थगित भएका छन्। त्यसैले पाठ्यपुस्तक बेच्नेलाई उत्तिकै घाटा छ।

पाण्डेका अनुसार वर्सेनि नेपालमा झण्डै ४ अर्ब बराबरको पुस्तकको व्यापार हुन्छ। झण्डै ७५ प्रतिशत बजार पाठ्यपुस्तकले धान्छ भने बाँकी अनुसन्धानात्मक पुस्तक तथा साहित्यिक तथा गैरसाहित्यिक पुस्तकको हिस्सा हो। कक्षा सञ्चालन भएपछि पाठ्यपुस्तक बिक्री भए पनि लामो समय पसल खोल्न नपाउँदा भएको घाटा लामो समयसम्म रहने पाण्डेको बुझाइ छ। 

नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले पाठ्यपुस्तक छापिएको थियो। तर ती गोदाममा थन्किएका छन्। साहित्यिक तथा गैरसाहित्यिक पुस्तकको अवस्था पनि उस्तै थियो। बुकहिल पब्लिकेशनका भुपेन्द्र खड्काका अनुसार धेरै पुस्तक गोदाममा नै थन्किएका छन् भने सेड्युलमा भएका पुस्तकको प्रकाशन रोकिएको छ।

पाँचपोखरीका प्रकाशक राम श्रेष्ठ छापिने तयारीमा रहेका पुस्तक रोकिएकाे बताउँछन्। बजार पुर्‍याउन पुन: मुद्रण भएका पुस्तक पनि गोदाममा थन्किए। ‘यही पाराले पुरानै लयमा बजार फर्कन समय लाग्नेछ,’ श्रेष्ठले भने,‘न्यूनतम ६ महिना त नयाँ पुस्तक ल्याउन सकिन्न होला ।’

Ncell 2
Ncell 2
nimb
nimb

मञ्जरी प्रकाशन गृहका प्रकाशक कृष्ण अबिरल आर्थिक जोहो गर्न अप्ठ्यारो पर्ने बेला पुस्तक किन्नेहरु कम हुने बताउँछन्।  ‘यसै नै हाम्रो पठन अभ्यास कम छ,’अबिरल भन्छन्, ‘लकडाउनपछि पनि यो अवस्था सुध्रिने देख्दिनँ, बजार ध्वस्तै हुने भयो केही समय ।’

लकडाउनपछि पुस्तक व्यवसाय के होला ?
 

फाइन प्रिन्टका प्रकाशक अजित बराल र बुकहिलका प्रकाशक भुपेन्द्र खड्का लकडाउनपछि थोरै र राम्रा पुस्तक छापिने बताउँछन्। उनीहरुका अनुसार मुद्रित किताबको संख्या पनि कम हुने देखिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'आख्यानमा कथा, उपन्यास र कविता अब्बल छापिनेछन्,' भुपेन्द्रले भने,'कोरोनाको संक्रमणले थलिएका प्रकाशकले जो पायो, त्यही लेखकका किताब प्रकाशन गर्ने आँट गर्ने छैनन्। आर्थिक अवस्था कमजोर भएपछि कमसल लेख्ने तर आफैं लगानी गरेर किताब छाप्ने लेखकको संख्यामा कमी  आउनेछ ।'

आर्थिक स्थिति तंग्रिन समय लाग्ने भएकाले प्रकाशकले पनि पुस्तक प्रकाशनको संख्यामा कटौती गर्ने फाइनप्रिन्टका अजित बराल बताउँछन्। ‘बजार तंग्रीन गाह्रो हुन्छ । पाँच हजार छाप्छु भनेका पुस्तकहरु दुई हजार  संख्यामा छापिएलान्’बराल भन्छन्,‘ एकदमै राम्रो त छैन तर छाप्दा नछाप्दा फरक नपर्ने पुस्तक नछापिन सक्छन् ।’

इ-बुक विकल्प बन्ला ?
विभिन्न पेशा व्यवसाय गर्नेहरु लकडाउनकै कारण घरमै छन्। अन्तर्राष्ट्रिय बजारमा इ-बुकको विक्री बढेको देखिन्छ। धेरैजसो पुस्तक व्यवसायीले इ-बुकका लागि एप बनाउने कार्य भइरहेको बताएका छन्। बुकहिलका भुपेन्द्र खड्का र फाइनप्रिन्टका अजित बरालले पनि त्यसका लागि अध्ययन भइरहेको बताए। 

नेपालमा केही समय पहिले इ-बुकको प्रचलन ल्याउन खोजे पनि असफल भएको बताउँछन् पाँचपोखरीका प्रकाशक राम श्रेष्ठ। ‘हामीले केही वर्ष अघि इ-बुक प्रचलन ल्याउन खोजेका थियौँ तर सफल भएन। हाम्रो पाठक इ-बुक पढ्न अभ्यस्त भएको देखिएन।'

समालोचक महेश पौड्याल नेपालीहरु इ-बुकमा खासै पोख्त नभएको बताउँछन्। ‘नेपालीहरु क्रेडिट कार्ड बोकेर इ-पे गरेर बुक पढ्छन् जस्तो मलाई लाग्दैन,' पौड्याल भन्छन्,‘मेरै पुस्तक पनि अमेजनमा राखिएका छन् तर विदेशमा बसेका नेपालीले पनि इ-बुकभन्दा भौतिक नै पढ्दा रहेछन् ।’

फाइन प्रिन्टका प्रकाशक बराल भने लकडाउनले गर्दा नेपालीहरुले पनि इ-बुक पढ्ने बानी लागेको बताए। ‘म आफैँ पनि इ-बुक पढ्दिनथेँ तर अहिले विकल्प नभएकाले स्क्रिनमा पढ्ने बानी पारेँ अरुले पनि त्यस्तै गरेको भन्नुभएको छ,’बराल भन्छन्,‘सायद अब प्रिन्टेड किताबभन्दा इ-बुकको बजार राम्रो हुन सक्छ ।’

शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेल इ-बुककाे कन्सेप्टमा जान ढिला गर्न नहुने बताउँछन्। ‘प्रविधिमा सबै पोख्त हुँदैछन् अबको विकल्प भनेको इ-बुक नै हुन्छ होला,’पौडेल भन्छन्, ‘हामी पनि अब छिट्टै इ-बुककाे तयारीमा लाग्छौँ ।’

'थुप्रै' डटकमका सहसंस्थापक दीपेश आचार्यका अनुसार प्रकाशकसँग कुराकानी गरेर इ-बुकको संख्या बढाइएको छ। हाल दैनिक ५० देखि ६० वटासम्म पुस्तक बिक्री भइरहेको उनले जानकारी दिए।

नेपालयकी प्रमुख कार्यकारी सैजना मास्केका अनुसार नेपालयबाट प्रकाशित केही पुस्तक इ-बुकमा राखिएको छ। सांग्रिला बुक्सका प्रकाशक मणि शर्माले पनि इ-बुककाे विकल्प नभएको बताउँछन्। ‘सायद लकडाउनले नेपाली बजारलाई नयाँ मोडमा लिएर जानेछ, शर्माले भने,‘भौतिक किताबभन्दा इ-बुकको बजार बढ्नेछ।’

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १४:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्