काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले जेन जेड आन्दोलनलाई क्रान्ति नभई प्रतिक्रान्ति भएको टिप्पणी गरेका छन्।
प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनताद्वारा जनताको निम्ति जेनजेड आन्दोलन नभएको बताए ।
उनले भने, “जनताको हातबाट राजनीतिक सत्ता प्रतिगामी शक्तिको हातमा जानु नै प्रतिक्रान्ति हो। दुई तिहाइको जनमत पाएर बनेको निर्वाचित एमाले नेतृत्वको सरकार संविधानका धाराहरू मिचेर बलपूर्वक हटाइयो-यो क्रान्ति होइन। नागरिकको हातबाट गैर-नागरिकको हातमा सत्ता पुगेको छ।”
बादलले आफूहरूले राजतन्त्रको हातबाट जनताको हातमा सत्ता ल्याउन ०६२/६३ को आन्दोलन गरेको स्मरण गर्दै अहिले प्रतिक्रान्ति स्थापित गर्न राजनीतिक दलको नेतृत्व परिवर्तन गर्ने चलखेल बढेको आरोप लगाए।
उनले थपे, “लोकतन्त्र स्थापनामा भूमिका खेलेका सबै दलहरूको शीर्ष नेतृत्वलाई कमजोर पारेर प्रतिक्रान्तिलाई वैधानिकता दिन खोजिएको छ। केवल नेताहरूलाई सिध्याएर प्रतिक्रान्ति वैध हुँदैन।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।