काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका खेलाडीहरु एन्टोनियो ग्रिजम्यान, उसमान डेम्बेले र क्लेमेन्ट लेङलेट चोटमुक्त भएर च्याम्पियन्स लिग खेलमा फर्कने सम्भावना देखिएको छ। सेन्टर ब्याक रोनाल्डको भने टिममा फर्कने सम्भावना कमजोर देखिन्छ।
डेम्बेले सामान्य अभ्यासमा फर्किसकेका छन्। ग्रिजम्यान र लेङलेट पनि अहिले शारीरिक अभ्यासमा छन्। उमटिटी र लेङलेट दुवै चोटमा रहँदा र रोनाल्ड पनि घाइते रहेकाले बार्सिलोनामा समस्या देखिएको छ।
बार्सिलोनाले च्याम्पियन्स लिग अन्तिम १६ अन्तर्गत नापोलीसँगको दोस्रो लेगमा अगस्ट ८ मा खेल्दैछ। जसमा भिडाल र बुस्केट्स पनि प्रतिबन्धमा रहेका कारण डिफेन्समा समस्या हुन सक्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।