काठमाडौं- दुई दिन लगातार रातो देखिएको सेयर बजारमा कारोबार रकम घटेको छ। आइतबार २.६२ अंक र सोमबार पनि ७.५९ अंकले ओरालो लाग्दा कारोबार रकम एक अर्ब २५ करोड रुपैयाँमा सीमित भएको छ।
कारोबार सुरु भएको केहि समय हरियो देखिए पनि त्यसयता बजार लगातार रातो देखियो। कारोबार सुरु भएको ३५ मिनेटमा १४ अंकभन्दा धेरैले ओरालो झरेपछि बजारमा एकाएक सेलिङ प्रेसर 'बिक्री चाप' देखिएको थियो।
नेप्से सूचक घट्ने क्रममा १४५४.८९ अंकमा झरेको छ। फाइनान्स र म्युचुअल फण्डको सूचक सुधार देखिए पनि बाँकी सूचक ओरालो झरेको छ। जम्मा १८५ वटा कम्पनीको कारोबार हुँदा ४९ कम्पनीको मूल्य बढेको छ भने ९८ वटा कम्पनीको मूल्यमा गिरावट देखिएको छ।
गएका दिनमा भएको सुधारका क्रममा आर्जन भएको नाफा बुक गर्ने क्रममा लगानीकर्ताले सेयर बिक्री गर्न थालेका छन्। थोरै घट्ने वित्तिकै नाफा बुक गर्ने तथा केहि सुधार हुने वित्तिकै खरिद गर्ने प्रवृतिका कारण बजार अस्थिर देखिदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।