काठमाडौं- नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्ना उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन दराज महाबचत बजार अभियान लिएर आएको छ। दराजको यस अभियान साउन १२ देखि १९ गतेसम्म रहने छ।
८ दिने सेल अभियानमा ग्राहकहरुले बचत भाउचर, बचत अफर, नि:शुल्क डेलिभरी र अन्य अवसर पाई हरेक सामानमा बचत गर्न सक्नेछन्। यसबाहेक, ग्राहकहरूले इसेवामार्फत् थप २० प्रतिशत (रु १००० सम्म) र पार्टनर बैंकका (मेगा बैंक, सनिमा बैंक, नबिल बैंक, ग्लोबल आईएमई, माछापुछ्रे बैंक, एनएमबी, एनआईसी एशिया, कुमारी बैंक, सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक) डेबिट र क्रेडिट कार्डमार्फत् प्रीपेमेन्ट गर्दा थप १५ प्रतिशत (रु २००० सम्म) छुट पाउन सक्नेछन्।
यस अभियानमार्फत् ग्राहकहरुले अन्य धेरै पुरस्कार पनि जित्नसक्ने बताइएकाे छ। जसमा सुजुकी बर्गम्यान स्ट्रीट १२५ सीसी महा बम्पर पुरस्कारको रूपमा रहेकाे छ।
अर्को पुरस्कार आईफोन एसई रहेको छ। जुन इसेवा र दराजद्वारा संचालित 'वान रुपी' गेममार्फत् जित्न सकिन्छ। याे गेममार्फत् ग्राहकहरुले सोनी एक्शन क्याम, होमग्लोरी भ्याकुम क्लीनर, र सीजी एयर कूलर जित्न सक्ने छन्। 'शपिंग हालसालैका विश्व घटनाहरू पछि सदाका लागि परिवर्तन भएको छ। यस अभियानको माध्यमबाट हामी फेरि शपिंगमा रमाइलोपन ल्याउन चाहन्छौं,' दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले भने, 'हामी केवल सुविधा र सहजतामात्र प्रदान गरिरहेका छैनौं, साथमा लाइभ भिडियोहरु, अनलाइन गेमहरु खेलहरू र सामाजिक मिडिया प्रतियोगिताहरू मार्फत मनोरन्जन पनि प्रदान गर्दै छौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।