• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

प्रदेश २ बाट अन्यत्र सवारी लैजान ५ हजारसम्म शुल्क लाग्ने

राजस्व बढाउन लगाइएको शुल्क प्रतिउत्पादक बनेपछि हटाउन छलफल
64x64
नेपाल लाइभ आइतबार, साउन ११, २०७७  १८:४०
1140x725
प्रतीकात्मक तस्बिर

काठमाडौं- प्रदेश २ सरकारले आफ्नो प्रदेशमा दर्ता भएका सवारीसाधनलाई अन्य प्रदेशमा लैजान शुल्क लाग्ने व्यवस्था गरेको छ। चालु आव २०७७/७८ का लागि ल्याइएको नयाँ आर्थिक ऐन २०७७ मा यस्तो व्यवस्था गरिएको हाे। सवारी सरुवा सहमति लिएर अन्य प्रदेशमा जाँदा कुनै पनि प्रदेशले शुल्क लिने व्यवस्था गरेका छैनन्।

प्रदेश सरकारले राजस्वमा वृद्धि हुने अपेक्षासहित यस्तो व्यवस्था गरेको प्रदेश २ आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। तर, भौतिक पूर्वाधार विकास मन्त्रालयले भने आर्थिक मामिला मन्त्रालयले छलफल नै नगरी नयाँ कर लागू गरेको जनाएकाे छ।

आर्थिक मामिला मन्त्रालयले भारतलगायत तेस्रो मुलुकबाट वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गरेका सवारी वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय, सवारीमा दर्ता हुने र त्यहाँबाट सुरुवा सहमति लिँदा शुल्क लाग्ने व्यवस्था गरेको हो। यसरी दर्ता भएका सवारीमा शुल्क लगाउँदा प्रदेश सरकारलाई राम्रो आम्दानी हुने विश्वास आर्थिक मामिला मन्त्रालयको रहेको एक अधिकारीले बताए। तर, आर्थिक मामिला मन्त्रालयले जे सोचेर शुल्क निर्धारण गर्‍यो त्यो प्रतिउत्पादक बनेको सवारी कार्यालय वीरगञ्जको ठहर छ। कार्यालयले आफ्नो तालुक मन्त्रालयमार्फत् आर्थिक मामिला तथा योजना मन्त्रालयलाई यसबारेमा जानकारी गराइसकेको जनाएको छ।

त्यसपछि आर्थिक मामिला मन्त्रालयले प्रदेश मातहतका सबै कार्यालयहरुलाई राखेर छलफलसमेत गरेको थियो। उक्त छलफलमा सहभागीहरुले त्यसरी सरुवा सहमतिमा शुल्क लगाउँदा वीरगञ्जबाट नेपाल प्रवेश गरेका सवारी आफ्नो कार्यालयमा दर्ता नै नगराई अन्य प्रदेश कार्यालयमा लैजाने अवस्था आएको बताएका थिए। ‘प्रदेश २ सरकारले सरुवा सहमतिमा सवारीको वर्ग अनुसार शुल्क लाग्ने व्यवस्था गरेपछि वीरगञ्ज कार्यालयमा आयातित सवारी दर्ता नै नहुने अवस्था आएको छ,’ छलफलमा सहभागी एक अधिकारीले भने, ‘राजस्व वृद्धि होला भनेर लगाइएको शुल्कले स्वभाविक रुपमा आउने राजस्वसमेत गुमेको छ।’

प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश आर्थिक ऐन २०७७ मा भएको सरुवा सहमतिको शुल्क संशोधनसम्बन्धी निवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गराइसकेको छ। 

Ncell 2
Ncell 2

 

प्रदेश २ सरकारले निजी प्रयोजनमा दर्ता भएका ठूला सवारीसाधनले प्रदेश २ बाट सरुवा सहमति लानु परेमा ३ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ। त्यसैगरी मझौला सवारीमा २ हजार र कार–जिप–भ्यान, पिकअप तथा ट्याम्पोले १५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ। प्रदेश २ बाट मोटरसाइकल अन्यत्र लानु परेमा ३ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था प्रदेश सरकारले गरेको छ। 

सार्वजनिक प्रयोजनमा दर्ता भएका ठूला सवारी साधनले ५ हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ। त्यसैगरी मझौला सवारीले ३ हजार, कार–जिप–भ्यान, पिकअप तथा ट्याम्पोले २ हजार ८ सय रुपैयाँ शुल्क तोकेको छ। सार्वजनिक प्रयोजनका मोटरसाइकलले सरुवा सहमति लिँदा १ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

आर्थिक ऐनको द्रष्टव्यमा भनिएको छ, सवारी सरुवा सहमति दस्तुर प्रदेश नं २ बाट अन्य प्रदेशमा सवारी सरुवा सहमति जाँदा मात्र लाग्ने छ। तर सरकारी तथा सार्वजनिक संस्थानको सवारी साधनको हकमा यो व्यवस्था लागु हुने छैन।

प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्