काठमाडौं- सवारीसाधन आयात अघिल्लो वर्षको तुलनामा २६ अर्ब ११ करोड ६९ लाख २७ हजार रुपैयाँले घटेको छ। आर्थिक वर्ष २०७६/७७ मा ६५ अर्ब २ करोड ७९ लाख ४६ हजार रुपैयाँको सवारीसाधन तथा तिनको पार्टपूर्जा आयात भएको छ।
आव २०७५/७६ मा ९१ अर्ब १५ करोड ४८ लाख ७३ हजार रुपैयाँको सवारीसाधन तथा तिनको पार्टपूर्जा आयात भएको भन्सार विभागको तथ्यांक छ। आव २०७६/७७ मा ६५ अर्ब २ करोड ७९ लाख ४६ हजार रुपैयाँको सवारी तथा पार्टपूर्जा आयात गरेबापत सरकारले ५७ अर्ब ३४ करोड ३० लाख ९५ हजार राजस्व उठाएको छ। त्यस्तै आव २०७५/७६ मा ९१ अर्ब १५ करोड ४८ लाख ७३ हजार रुपैयाँको सवारीसाधन तथा तिनको पार्टपूर्जा आयातबाट ८३ अर्ब ४० करोड ८४ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।
सरकारले सवारीसाधनको कर्जामा लगाएको ५० प्रतिशतको सीमा र कोरोना भाइरसका कारण सिर्जित लकडाउनले सवारी आयातमा उल्लेख्य रुपमा गिरावट आएको हो। गएको चैत ११ देखि सरकारले लकडाउन लगाएका कारण त्यसयता नयाँ सवारीका लागि एलसी नखोलिएको व्यवायीहरुको भनाइ छ।
सरकारले कोरोना भाइरसको आदेश जारी गरेको केही समयपछि ५० हजार अमेरिकी डलरभन्दा बढीको सवारीसाधन आयातमा प्रतिबन्ध लगाएको छ। उक्त प्रतिबन्ध हालसम्म पनि कायमै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।