काठमाडौं- कतारी क्लब अल सादमा प्रशिक्षक रहेका स्पेन र बार्सिलोनाका लिजेन्ड फुटबलर जाभीमा कोरोना संक्रमण देखिएको छ। ४० वर्षका जाभीले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण भएको उल्लेख गर्दै सेल्फ आइसोलेसनमा बसिरहेको जनाएका छन्।
चार महिना रोकिएको कतारको शीर्ष लिग फुटबल सुरु भए पनि उनी अहिले टिममा सामेल हुन पाएका छैनन्। ‘केही दिनअघिको परीक्षणमा मलाई संक्रमण देखिएको हो। म अहिले मेरो टिमसँग हुन पाएको छैन’ उनले लेखेका छन्।
‘स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ। तर सबै नियमहरु मानेर पूरा ठीक नहुँदासम्म म आइसोलेसनमा नै हुनेछु। स्वास्थ्यका सम्पूर्ण हिसाबले योग्य भएपछि टिममा फर्कनेछु। मैदानमा भेट्न आतुर छु’ उनले इन्स्टाग्राममा लेखेका छन्।
जाभी २०१९ मो मेबाट कतारी क्लब अल सादको प्रशिक्षकका रुपमा छन्। त्यसअघि २०१५ मा स्पेनिस क्लब बार्सिलोना छाडको उनी अल सादमा नै चार वर्ष खेलाडीका रुपमा थिए। अहिले उनको चर्चा बार्सिलोना प्रशिक्षक बन्ने विषयमा पनि हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।