काठमाडौं– इटालियन सिरि ए फुटबलमा इन्टर मिलानले जिनोआलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा घरेलु टोली जिनोआलाई ३–० गोलअन्तरले पराजित गरेको हो।
जिनोआलाई पराजित गर्ने क्रममा मिलानका रोमेलु लुकाकुले दुई गोल गरे। त्यस्तै, एक गोल भने एलेक्सिस सान्चेजले गोल गरे। खेलको ३४औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टर मिलानलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको इन्टर मिलानले दोस्रो हाफमा थप दुई गोल गर्दै जित सुनिश्चित गरेको हो।
खेलको ८२औं मिनेटमा सान्चेजले गोल गर्दा इन्टर मिलानले जिनोआमाथि २–० गोलको अग्रता बनाएको थियो। खेलको अन्तिम मिनेटमा लुकाकुले गोल गर्दै इन्टर मिलानलाई –० गोलको जित दिलाए।
यो जितसँगै इन्टर मिलान लिगको दोस्रो स्थानमा उक्लिएको छ। इन्टर मिलानले ३६ खेलबाट ७६ अंक बनाउँदा तेस्रो स्थानमा झरेको एटलान्टाको समान खेलबाट ७५ अंक छ। शीर्ष स्थानमा रहेको युभेन्टसको भने ३५ खेलबाट ८० अंक छ। पराजित जिनोआको भने ३६ खेलबाट ३६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।