काठमाडौं- नेकपा एमालेसँगको पार्टी एकताको विषयमा केही बुँदामा विवाद जारी रहँदा माओवादी केन्द्रको हेडक्वाटर बैठक बसिरहेको छ।
ललितपुरको खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डको' निवासमा बिहान ७ बजेबाट जारी बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक विषयका छलफल भइरहेको छ।
बैठकमा अध्यक्ष दाहाले आफू र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच केही दिनदेखि जारी बैठकमा भएका प्रगतिबारे जानकारी गराएका छन्।
दुई पार्टीबीचको एकता केन्द्रीय नेताहरुको व्यवस्थापन, जनयुद्ध, एकीकृत पार्टीको चुनाव चिह्न जस्ता विषयमा अड्किएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।