काठमाडौं- नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलपेले महालक्ष्मीलाइफ इन्सुरेन्ससँग बिमा प्रिमियमको डिजिटल भुक्तानीको लागि सहकार्य गरेको छ।
सहकार्य सम्झौतामा महालक्ष्मीलाइफ इन्स्योरेन्सका उपप्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेल पेका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्।
यस सहकार्यअन्तर्गत, अब महालक्ष्मीका ग्राहकहरुले आफ्नो बिमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्नैपर्ने पर्ने बाध्यता समेत हटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।