काठमाडौं-एनसेलले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ। यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक रु १०० मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाउँछन्।
नयाँ ग्राहकहरुले करसहित ९९ रुपैयाँमा यो सिम लिन सक्छन्। यो योजनाअन्तर्गत ग्राहकले सिम लिँदा, पहिलो रिचार्ज गर्दा र पहिलो एक वर्षसम्म रिचार्ज गर्दा बोनस डेटा पाउँछन्।
यो नयाँ सिम लिँदा ग्राहकले रु २० मेन ब्यालेन्स, २०० एमबी डेटा र २० मिनेट अन नेट टक टाइम पाउँछन्। यसरी सिमसँगै बन्डल भएर आउने डेटा र टक टाइम ७ दिनका लागि मान्य हुनेछ।
यो नयाँ सिमको प्रमुख विषेशता भनेको सिम लिँदा पाइने थप बन्डल सेवा तथा सुविधा नै रहेको एनसेलले जनाएको छ। ग्राहकले सिम लिएको दिनको भोलिपल्ट मध्यरात सम्ममा रु १०० वा सोभन्दा बढीको पहिलो रिचार्ज गर्दा ५०० एमबी डेटा ९२५० एमबी अल टाइम अल नेटवर्क र २५० एमबी फोरजी डेटा० बोनसस्वरुप पाउँनेछन्। यो डेटाको समयावधि ५ दिन रहेको छ।
यसका साथै, ग्राहकले प्रत्येक रु १०० मेन ब्यालेन्स खर्च गर्दा पहिलो एक वर्षसम्म २०० एमबी डेटा ९१०० एमबी अल टाइम अल नेटवर्क र १०० एमबी फोरजी डेटा० बोनस पाउँछन्। यसरी प्राप्त हुने बोनस डेटा ३ दिनका लागि मान्य रहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।