काठमाडौं- स्मार्टफोन ब्रान्ड ओपोले नयाँ मोडलको मोबाइल नेपाली बजारमा भित्र्याएको छ। ओपो ए-३१ मोडलको नयाँ मोबाइल नेपाली बजारमा भित्र्याइएको कम्पनीले जानकारी दिएको हो।
युवा पुस्तालाई विशेष ध्यानमा राखी ल्याइएको स्मार्टफोनले सहजता प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।
ओपो ए३१ फ्यान्टसी ह्वाइट (सेतो) र मिस्ट्री ब्ल्याक (कालो) गरी दूई आकर्षक रंगमा मोबाइल सार्वजनिक गरेको हो। ६.५ ईञ्च वाटरड्रप डिस्प्ले र ८९ प्रतिशत स्क्रिन रेसियोसहितको यो फोन उच्च गुणस्तरीय भएको कम्पनीले जनाएको छ।
स्क्रिनको सुरक्षार्थ कम्पनीले ओपो ए-३१ मा गोरिल्ला ग्लास थ्रीको व्यवस्था पनि गरेको छ। आई प्रोटेक्सन स्क्रिन फिल्टर भएकाले हानीकारक ब्ल्यू लाइटबाट प्रयोगकर्ताका आँखालाई सुरक्षा प्रदान गर्ने बताइएको छ। एकै हातले फोनको सहज प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ यसको मोटाइ ८ दशमलव ३ एमएम हुने गरी डिजाइन गरिएको छ।
ओपो ए-३१ को पछिल्तिर तीन ओटा लेन्स छन्। कम प्रकाश भएका स्थान पनि उत्कृष्ट तस्बिर खिच्न फोनको प्रमुख क्यामेरामा १२ मेगापिक्सेलका साथै सेन्सरसमेत रहेको छ।
यो फोनमा १ सय २८ जिबी रोम उपलब्ध छ। आवश्यकता अनुसार २ सय ५६ जीबीसम्मको माइक्रोएसडी कार्डको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
४ जिबी र्यामसहितको ओक्टाकोर प्रोसेसर भएको मोबाइलमा ४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्री छ। फोनमा फिंगरप्रिन्ट अनलकका साथै फेसियल अनलक पनि उपलब्ध गराइएको छ। मोबाइलको बजारमूल्य २६ हजार ५ सय ९० निर्धारण गरिएको छ।
कम्पनीले आईओटी उत्पादनअन्तर्गत नेपाली बजारमा ओपो एन्को डब्ल्यू ११, एन्को डब्ल्यू ३१ र एन्को एम३१ पनि सार्वजनिक गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।