काठमाडौं- एनएमबी बैंक लिमिटेड र जडिबुटी व्यवसायी संघ नेपालबीच संघका सदस्यहरूको क्षमता अभिवृद्घि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियतसहितका विविध गतिविधिमा साझेदारी गर्न द्विपक्षीय समझदारी भएको छ।
समझदारीपत्रमा एनएमबी बैंकका प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र जडिबुटी व्यवसायी संघ नेपालका अध्यक्ष विष्णु भण्डारीले हस्ताक्षर गरेका छन्।
एनएमबी बैंकले देशको दिगो विकासमा टेवा पुर्याउने क्षेत्रहरु जस्तै साना तथा मझौला उद्योग, कृषि, जलश्रोत लगायत उद्यमशीलता विकासमा स्थानिय स्रोत र साधनलाई परिचालन गरेर सहुलियतपूर्ण कर्जा प्रदान गर्दे आएको छ।
बैंकले हाल देशभरका १६७ शाखा, १३१ एटिएम र ५ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।