महेन्द्रनगर (कञ्चनपुर)- मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरको महेन्द्रनगरस्थित यातायात कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ। महेन्द्रनगर यातायात कार्यालयका प्रमुख भोजराज भट्ट र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले सोमबार एक समारोहका बीच एक्सटेन्सन काउन्टरको औपचारिक रुपमा उद्घाटन गरेका हुन्।
कार्यक्रममा यातायात कार्यालयका प्रमुख भट्टले मेगा बैंकको काउन्टर खुलेपछि अब सेवाग्राहीहरुले यातायात कार्यालयमा सहज रुपमा बैंकिङ कारोबार हुने विश्वास व्यक्त गरे। काउन्टरबाट करिब ४ सय जना सेवाग्राही दैनिक लाभान्वित हुने उनको भनाइ छ।
यसैगरी, मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख ओझाले विभिन्न सरकारी कार्यालयमा एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप यातायात कार्यालयमा पनि एक्सटेन्सन काउन्टर विस्तार गरिएको बताए।
मेगा बैंकको यो ३१औं एक्सटेन्सन काउन्टर हो। बैंकले भर्खरै गण्डकी विकास बैंकलाई प्राप्ती गरेपछि मेगा बैंकको देशभर २०६ वटा शाखा र १४२ वटा एटिएम छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।