काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बैसाख अन्तिम साता नेपाल आउने भारतीय मिडियाले दाबी गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री मोदी मे ११ (बैसाख २८ गते) नेपाल आउनेछन्।
नेपाल बसाइका क्रममा मोदीले काठमाडौं र जनकपुरको भ्रमण गर्नेछन्। हिन्दुस्तान टाइम्सले नेपाल सरकारका एक उच्चअधिकारीलाई उदृत गर्दै मोदी नेपाल आउन लागेको समाचार प्रकाशित गरेको हो। प्रधानमन्त्री भएपछि मोदीको यो तेस्रो नेपाल भ्रमण हुनेछ। यसअघि उनी सार्क सम्मेलन र त्यसअघि पनि नेपाल आएका थिए।
गत महिना भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओलीले नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री मोदीलाई निम्तो दिएका थिए। तीनदिने राजकीय भ्रमणका लागि भारत गएका प्रधानमन्त्री ओलीले मोदीसँग औपचारिक वार्ताका क्रममा नेपाल भ्रमणको निम्तो दिएका थिए।
संयुक्त वक्तव्यमा समेत प्रधानमन्त्री ओलीले छिटै नेपाल भ्रमण गर्न भारतीय समकक्षी मोदीलाई आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।