काठमाडौं- आइएमईले आयोजना गरेको ‘आइएमई घरमै– आइएमई गरौं १ लाख जिताैं’ अफरका विजेता आइएमई सेवाग्राही मंगल बहादुर रोकायाले १ लाख रूपैयाँ उपहार प्राप्त गरेका छन्।
सफ्टवेयर पद्धतिमा आधारित ‘लक्की–ड्र’ मार्फत रोकाया विजेता घोषित भएका हुन्। आइएमई लिमिटेडले कोरोना भाइरस (कोभिड-१९) को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिट्यान्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि ‘आइएमई घरमै‚ रू. १ लाख जितौं’ भन्ने उपहार कार्यक्रम योजना गत जेठ ३१ गतेबाट सुरू गरेको थियो।
सामान्य अवस्थामा नेपालभित्र गरिने रेमिट्यान्स वा विदेशबाट आएको रेमिट्यान्सलाई एजेन्टकहाँ गई रकम लिन सकिने भए तापनि हाल बाहिर निस्किँदा संक्रमणको जोखिम हुने भएकाले आफ्नो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने गरी यो सेवाग्राहीमुखी योजना सार्वजनिक गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।