काठमाडौं-स्मार्टफोन ब्राण्ड रियलमीले रियलमी ६ र रियलमी ६आई स्मार्टफोनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ। रियलमी ५ प्रोको सक्सेसरका रुपमा रियलमी ६ ले क्यामेरा, डिस्प्ले र पर्फमेन्समा धेरै अपग्रेडहरु ल्याएको छ। यसमा अधिक पर्फमेन्स, उत्कृष्ट क्यामेरा र नयाँ डिजाइन रहेको कम्पनीले जनाएकाे छ।
नयाँ अपग्रेड गरिएको ३० वाट फ्ल्यास चार्जिंग र ४३०० एमएएच ब्याट्रीका साथ रियलमी ६ लाई एक घण्टाभित्र पूर्ण रुपमा चार्ज गर्न सकिन्छ। धेरै गेम खेल्दा पनि ३० वाट फ्ल्यास चार्जिंगले मात्र ६० मिनेटमा ५५ प्रतिशसम्म चार्ज हुन्छ ।
रियलमी ६ मा ६ दशमलब ५ इन्च ९० हट्र्ज अल्ट्रा स्मुद डिस्प्ले का साथ १२० हट्र्ज टच स्याम्पिलिंग समावेश छ जसले स्क्रिनको प्रत्येक स्वाइपमा निर्बाध र स्मुद दृश्य अनुभव प्रदान गर्दछ। उत्कृष्ट स्क्रिन-टु-बडी अनुपातका साथ रियलमी ६ ले सर्वोच्च दृश्य अनुभव प्रदान गर्ने कम्पनीले जनाएकाे छ। राम्रो सुरक्षाका लागि डिस्प्लेलाई कोर्निंग गोरिला ग्लास ३ ले सुरक्षित गरिएको छ।
रियलमी ६ मा नवीनतम फ्ल्यागसीप, अल्ट्रा-क्लियर क्वाड क्यामेरा सेटअप रहेको छ जसमा ६४ एमपी मुख्य क्यामेरा, ८ एमपी ११९ डिग्री अल्ट्रा-वाइड एंगल, म्याक्रो लेन्स र ब्ल्याक एण्ड ह्वाइट प्रोट्रेट लेन्स रहेको छ । वाइड एगंल मोडमा स्वीच गर्न एक क्लिकमात्र लाग्छ जसले प्रयोगकर्ताले ल्यान्डस्केप, आर्किटेक्चर र ठूलो समूहको उत्कृष्ट तस्बिर खिच्न सक्छन्। रियलमी ६ आई मा ६ दशमलब ५ इन्च एचडी प्लस मिनी ड्रप फुलस्क्रिन छ।
रियलमी ६आई मा ५००० एमएएच ब्याट्री छ। यसको सेफ्टी टेस्टले ब्याट्री र चार्जरको भित्री भागको प्रत्येक टुक्रालाई ढाक्ने र चार्ज छिट्टो हुने जनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।