• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

केपी ओलीले देश हाँक्न सक्नुहुन्न, आफैं छाड्दा राम्रो हुन्छ : मातृका यादव [अन्तर्वार्ता]

64x64
वीरेन्द्र ओली शुक्रबार, साउन २, २०७७  ०९:१५
1140x725

नेकपाको जारी स्थायी कमिटी बैठकमा अन्य एजेन्डाभन्दा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले राजीनामा दिने विषयले बढी महत्त्व पाएको छ। स्थायी कमिटीमा बोल्ने अधिकांश सदस्यले उनको राजीनामा मागेका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' तथा माधव नेपाल निकट नेताहरुले राजीनामालाई जोड दिएका छन्। साथै शीर्ष नेताहरुले आफू पक्षीय भेला गरेर रणनीति पनि अख्तियार गरिरहेका छन्। यसै सन्दर्भलाई केन्द्रमा राखेर स्थायी कमिटी सदस्य मातृका यादवसँग नेपाल लाइभका वीरेन्द्र ओलीले कुराकानी गरेका छन्:

नेकपाभित्रको विवाद मिल्यो भन्ने चर्चा चलिरहेको छ। कुनकुन विषयमा सहमति भएको हो?
हामीलाई द्वन्द्वात्मक भौतिकवादले हरेक वस्तुमा द्वन्द्व हुन्छ भन्ने सिकाएको छ। पार्टी पनि अन्तरविरोधले भरिएको हुन्छ। एउटा समस्या हल गरिए पनि अर्को समस्या आइहाल्छ। कतिपय साथीहरु पार्टीभित्रको अन्तरविरोधमा आत्तिन्छन्। कतिपय नबुझेर आत्तिन्छन्, कतिपयचाहिँ आफूलाई केन्द्रबिन्दु बनाएर आत्तिन्छन्। मेरो भविष्य के हुने हो भन्ने किसिमले आत्तिन्छन्।

अन्तरविरोध सर्वव्यापी हो। नेतृत्वको काम त्यसलाई हल गर्ने हो। सही दिशा दिने हो। अहिले हाम्रो पार्टीमा प्रचण्ड र ओलीबीचको अन्तरविरोध देखिन्छ। त्यसमा पनि प्रधानमन्त्री र अध्यक्ष को हुने भनेर देखिन्छ। खालि पद मात्रै देखिन्छ। तर अलिकति सुक्ष्म तरिकाले हेर्ने हो भने विचारमा लडाइँ छ। विधिमा लडाइँ छ। व्यवहारमा लडाइँ छ।

पार्टीमा विवादै थिएन जस्तो गर्नुभयो। तर बीचमा त पार्टी नै विभाजन होला जस्तोगरी विषयहरु बाहिरिएका थिए त?
पार्टीमा विवाद छैन भन्नु गलत हो। मार्क्सवाद नबुझेको कुरा हो। मार्क्सवादले हरेक वस्तुमा अन्तरविरोध हुन्छ भनेर बुझाएको छ। जीवनशील र मरणशील, राम्रो र नराम्रो हुन्छ, अन्तरविरोध हुन्छ।

कतिपय साथीहरु विचारमा बहस गर्नुको साटो पार्टी फुट्नु हुँदैन भन्छन्। हामी कोही पनि पार्टी फुटोस् भन्ने चाहँदैनौं। कोही पनि चाहँदैन। तर त्यो एकता केका लागि? पार्टी केको लागि? कुनै व्यक्ति विशेषका लागि कि देश र जनताको लागि? नारामा त सबैले देश र जनताका लागि भनिरहेका हुन्छन्। तर परिणाम पनि हेर्नुपर्‍यो नि। परिणामचाहिँ देश र जनताको लागि आइरहेको छ कि छैन भन्ने पनि त हेर्नुपर्‍यो नि। सबै कुरा सापेक्षतामा हुन्छ भन्ने कुरा बुझ्नुपर्छ। पार्टी एकता पनि सापेक्षतामा हुन्छ। मार्क्सवादीसँगको एकता कि गैरमार्क्सवादीसँगको एकता, क्रान्तिकारीहरुसँगको एकता कि अवसरवादीहरुसँगको एकता? मूलभूत प्रश्नहरु छन्।

सहमति भएकोचाहिँ केमा हो अहिले? 
सहमति भयो भने त अहिलेको बैठक समाप्त भइहाल्थ्यो नि। तर मलाई लाग्दैन, सहमति भएको छ।

त्यसो भए सहमतिको चर्चा किन भयो?
जो महाशयहरु, कमरेडहरुले सहमति भइसक्यो भन्छन्, उहाँहरुलाई थाहा होला, उहाँहरुले भित्रभित्र सहमति गराउने जिम्मेवारी पाउनुभयो होला। कोही ‘सुपर स्मार्ट’हरुलाई सहमति गराऊ भनेर जिम्मेवारी दिइयो होला। त्यो पनि हुनसक्छ। तर मलाईचाहिँ थाहा छैन।

मैले बुझेको कुरा के हो भने पार्टीभित्रको अन्तरविरोध हल भएको छैन। हाम्रो पनि चिन्ता छ, पार्टी बचोस्, आन्दोलन बचोस् र समस्याको हल पनि होस्। समस्याको हल भएपछि मात्रै पार्टी र आन्दोलन बच्छ। विचारमा हामीले सही ढंगले सोच्न सकेनौं भने पार्टी बच्दैन। विधि ठीक ढंगले सोच्न सकेनौं भने पार्टी बच्दैन। दुइटै कुरा बचेन भने आज लिपपोत गरे पनि पछि ठूलो विष्फोट हुन्छ। बरु अहिले कम क्षतिमा समस्या हल गर्नेतिर जानुपर्छ। कसैलाई चोट पर्न सक्छ, कोही रिसाउन सक्छन्। तर सिंगो आन्दोलन बच्यो भने न ठूलो कुरा हुन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

तपाईंले सहमति भइसक्यो भन्ने चर्चाको कुरा गर्नुभएको छ। यदि सहमति भइदिएको भए त बालुवाटारमा अध्यक्षहरुको बैठक किन बसिरहनुपर्थ्यो र?

पार्टीको विधान विधि विचार सिद्धान्त मिचेर कसले समस्या निम्त्यायो?
हाम्रो दस्तावेजले नै अब समाजवादतिर जाने, जनवादी केन्द्रीयताको आधारमा संगठनलाई चलाउने र त्यसै अनुसारको व्यवहार देखाउने हो। विचार र विधि अनुसारको व्यवहार देखाउने हो। हाम्रो समाजवाद कुन प्रकारको हो भन्ने परिभाषित भएको छैन। तर समाजवादको आधारभूत सिद्धान्तचाहिँ छ। समाजवादमा उत्पादनमा मूलतः समाजको स्वामित्व हुन्छ। संविधानले पनि समाजवाद उन्मुख भनेको छ। उन्मुख भनेको त्यतातिर जाने भनेको हो। जाने भनेपछि जानुपर्‍यो। स्वर्ग जाने ईच्छा राख्नुहुन्छ तर बाटोचाहिँ नर्कको हिँडिरहेका छौं। अनि कहाँ पुगिन्छ?

अहिलेसम्म स्वास्थ्य, शिक्षा र रोजगारलाई सरकारले जिम्मा लिनुपर्थ्यो। तर छैन। निजी स्कुललाई सामुदायिक विद्यालय व्यवस्थापन गर्ने जिम्मा दिइरहेको छ। सरकारी अस्पतालमा उचित व्यवस्था छैन। जनतालाई राम्रो उपचार हुन्छ भन्ने विश्वास नै छैन। कतिपय पुँजीवादी देशको सरकारी अस्पतालमै मान्छे ढुक्क भएर जान्छन्। सरकारी स्कुल भनेपछि मान्छे ढुक्क भएर जान्छन्। तर यहाँ किन यस्तो भयो। यता त कोरोनाको बेलामा पनि भ्रष्टाचारको मुद्दा उठिरहेको छ।

हामी समाजवादतिरै जान खोजेको हो। तर, त्यो एकैपटक छुमन्तर गरेरचाहिँ आउँदैन। तर स्टेपहरु त हुन्छन् नि। त्यो स्टेपमा सरकार गएन।

अर्को कुरा पार्टीको जनवादी केन्द्रीयताको आधार हुन्छ। दुइटा अध्यक्षले सहमति गरेर एकता गरेको दुनियाँलाई थाहा छ। अझै धेरै चिजमा सहमति गरेर जाने पनि हुन्छ। तर सहमति भएन भने के  गर्नेरु विधानमै लेखेको छ, अल्पमत र बहुमतबाट।

अर्को कुरा, सामूहिक निर्णय भन्ने हुन्छ। बुर्जुवाहरुमा त हुन्छ, हामी त समाजवादी विचारधारा बोक्ने मानिस पर्‍यौं । सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी हो, हाम्रो ।

पार्टीलाई विधि विधानमा चलाउनेदेखि वैचारिक बाटो हिँडाउन सबैभन्दा धेरै अवज्ञा कसले गर्‍यो?
मेरो विचारमा भन्नुहुन्छ भने प्रधानमन्त्री एवं पार्टी अध्यक्षले गर्नुभयो। पहिला त दुई जना सल्लाह गर्नुहुन्थ्यो। पार्टी विधानले पनि भन्यो, दुई अध्यक्ष। तर, पछि व्यवहारमा हेर्दै जाँदा एउटै मात्रै अध्यक्ष हुन पुग्यो। अध्यक्ष प्रचण्डको व्यवहार अलि उदारखालको छ। कुर्सी हटाइदिँदा पनि नबोल्ने। अध्यक्षता उहाँले निरन्तर गर्दा पनि नबोल्ने। प्रचण्डले सबै छोडेर हिँड्नु भएको हो नि। सहमतिको कुरा पनि उहाँ (प्रचण्ड)ले गर्नुभएको हो। मैले पाँच वर्षसम्म पार्टी चलाउँछु। उहाँ (केपी ओलीले) सरकार चलाउने भन्नुभयो। 

स्वास्थ्यका कारणले पनि उहाँ(केपी ओलीले)ले पार्टी चलाउन सक्नुहुन्न।  

त्यसो भए समस्याको जड नै प्रधानमन्त्री हुनुहुन्छ?
नेतृत्वको हिसाबले उहाँ हो। उहाँ एक्लै हुनुहुन्न नि, उहाँलाई सघाउने सिंगो टिम छ। प्रचण्ड कमरेडलाई सघाउने होला। एक्लै कोही हुँदैन।

केपी ओलीको विपक्षमा सचिवालयदेखि स्थायी कमिटीसम्म हुनुहुन्छ किन सच्याउन नसकेको हो?
उहाँहरुले ठीक हिसाब निकाल्नु सक्नुभएन कि। कतै पार्टी फुट्यो भने बर्बाद हुन्छ कि भन्ने भयो होला। जोजो नेताहरु हुनुहुन्छ जोखिम मोलेर यहाँसम्म आइपुग्नु भएको छ। लामो संगठनात्मक अनुभव छन्। थुप्रै टुटफुट एकता व्यहोरेर आएका छन्। देशै चलाएका तीन जना प्रधानमन्त्री भइसक्नु भएका छन्। हाम्रो पार्टी हरेक हिसाबले समृद्ध छ। यति धेरै नेता कार्यकर्ता छन्। जति विलम्ब गर्नुहुन्छ, त्यति आन्दोलन र देशलाई क्षति हुन्छ। अर्का अध्यक्षलाई हेर्नुहुन्छ भने समस्याको हल गर्नेभन्दा बल्झाउनेतिर उन्मुक्त देखिनुहुन्छ।

पार्टीमा गरेको सहमति विपरित प्रधानमन्त्री ओलीको राजीनामा मागेर तपाईंहरुले नै त्यसलाई उल्लंघन गर्नुभएको त सत्य हो नि?
तपाईंको बुझाई नै गलत भयो। हाम्रोतिरबाट होइन। दुई अध्यक्षबीच पार्टी चलाउँछु भनेर प्रचण्ड कमरेडले भन्नुभयो। तपाईं सरकार चलाउँनुस् भनेर ओली कमरेडलाई भनेर सहमति गर्नुभयो। सरकार सहमतीबाटै चलाउने भनिएको हो। ओली कमरेडले कुनै विषयमा सल्लाह गर्नुभएन। आफ्नै ढंगले चलाउनुभयो।  पार्टीको बैठक नै बोलाउन खोज्नुभएन। उल्टै पार्टी फुटाउन सजिलो हुनेगरी अध्यादेश ल्याउनुभयो। अरु कुरा छोडौं, त्योभन्दा अरु गम्भीर गल्ती के हुन सक्छ। अध्यक्ष प्रचण्डले कोरोनासँग लड्न उच्च स्तरीय संयन्त्र बनाऔं भन्नुभयो। त्यसको खण्डन गराउन लगाउनुभयो। अहिले कोरोना नियन्त्रण गर्न नसक्दा भद्रगोल भयो।
 
अब पार्टीभित्रको विवाद सल्टाउन विकल्प के हुन्छ?
कुरा उठिसकेको छ। सचिवालय र स्थायी कमिटीका बहुसंख्यक सदस्यहरुले त्यो कुरा राखिसक्नुभएको छ। अहिले बोलेका एक जना बाहेक सबैले राजीनामा गर्नुपर्छ भन्नुभएको छ। उहाँ (केपी ओली) फिजिकल्ली, मेन्ट्ल्ली सक्नुहुन्न। सबैभन्दा राम्रो उहाँले आफैं छोड्दा हुन्छ। सके दुई पदबाट राजीनामा दिए ठीक हुन्छ। मेरो विचारमा उहाँले देश हाँक्न सक्नुहुन्न।

यसो हुँदा एकता भत्किएला नि?
व्यक्तिको लागि एकता गरिएको हो? देश र जनताको लागि एकता गरिएको होइन र? यदी व्यक्तिको लागि एकता गरिएको हो भने दुई जना नेताले भन्नुपर्‍यो- हामीले आफ्नो व्यवस्थापनको लागि गरेका हौं। उहाँहरुले भन्नुपर्‍यो तिमीहरु कारिन्दा हौ। हामी दुई जना मालिक छौं। हामीले आफ्नो व्यवस्थापनको लागि एकता गरेका छौं भन्नुपर्‍यो। त्यसपछि हामीले सोच्छौं होला।

गत वैशाखमा चरम विवाद भयो, मिल्यो भनियो। फेरि विवाद छ। कतै त्यस्तै हुने त होइन? 
विवाद कहाँबाट आयो? पार्टी फुटाउन खोजेपछि त आएको हो। सहमति कसले उल्लंघन गर्‍यो। स्थायी कमिटीका २० जना सदस्यले बैठक बोलाउन माग गर्दा समेत २ महिनासम्म बोलाइएन। विधानलाई कसले उल्लंघन गर्‍यो। पार्टीमा जब समस्या आउँछ पार्टीको माथिल्लो निकाय सचिवालय बस्छ। त्यसबाट नभए स्थायी कमिटी बस्ने हो। यदि स्थायी कमिटीबाट पनि भएन भने केन्द्रीय कमिटी बस्ने हो।

बैठकदेखि भाग्ने कुरा ठीक भएन। बैठकदेखि भाग्नुको अर्थ के हो? मै हुँ सबै चिज। म बाहेक कोही छैन भन्ने हो। त्यो भन्नु मार्क्सवाद बिर्सने कुरा हो। हामी हौं क्या? आन्दोलन हामीमा टिकेको हो। उहाँको योगदान भएरै त नेता मानेका छौं। उहाँहरुको त्याग होला, जेलमा यातना सहनुभयो होला, त्यसैले त नेता मानेका छौं।

नेकपालाई मिलाउन चिनियाँ राजदूतको दौडधुपलाई कसरी लिन सकिन्छ?
चीनमा कम्युनिस्ट पार्टीको सरकार छ। स्वभाविक छ, यहाँ पनि कम्युनिस्ट पार्टीको सरकार छ। अब को कति कम्युनिस्ट हो भन्ने मूल्यांकन हुन बाँकी छ।  कहीँको कम्युनिस्ट पार्टी फुट्न लाग्दा चिन्ता भएको होला। तर मलाई लाग्दैन, चिनियाँ पार्टीले हाम्रो पार्टीले फुटाउला भन्ने लाग्दैन। भारतले पनि पार्टी फुटाउँला भन्ने लाग्दैन। पार्टी कसले एकता गराइदिएको हो त्यो पहिला हेर्नुपर्छ। विदेशी निर्णायक हुँदैन। हामी आफैं हो।

एउटा घर कसरी विभाजन हुन्छ, पार्टी पनि त्यस्तै हो। घरमा दाजुभाइ मिलेनन् भने अरु पसेर लडाइँ गराउने हो। तर दाजुभाइका बीचमा एकता भयो भने दोस्रो व्यक्तिको प्रवेश हुँदैन। घरभित्र हल गर्न नसकेपछि बाहिरबाट मान्छे पस्छ। सबैले हस्तक्षेप गर्न खोज्छन् तर निर्णायक हामी हो। कसैले आफूलाई अब्बल राष्ट्रवादी ठान्छ। तर, त्यसका लागि उसको विगतको इतिहास हेर्नुपर्छ। परिर्वतनको झन्डा कसले बोकेर हिँडेको थियो। हामी चाह्यौं भने मिल्छौं, चाहेनौं भने फुट्छौं। चीनले मिलाउने र भारतले फुटाउन सक्दैन।

सुरुमा म नै एकताको पक्षमा थिइनँ। केही अन्य साथीहरु एकताको पक्षमा थिइनन्। तर हामी पार्टीमा त आयौं नि। कोही एक व्यक्ति वा सिमित मान्छेले चाहँदैमा पार्टी मिल्ने र फुट्ने होइन।

तपाईंहरु पनि सरकारको विरुद्ध लाग्नुभयो रे? यहाँ भएको कुरा दिल्लीको मिडियामा आउने, कोठाचोटामा सरकार विरुद्ध लाग्नुभएको भन्नुभएको छ नि?
उहाँ आफैं बोल्नुहुन्छ अनि छापिन्छन् त। मन्त्रिपरिषदको बैठकबाट सार्वजनिक भएको हो भने भन्नुपर्‍यो नि, कसले गरेको हो? होइन भने छानबिन गर्न पर्‍यो। मन्त्रिपरिषद्को विषय बाहिर जान्छ भने कोबाट गयो?  मन्त्री, प्रधानमन्त्री वा उहाँ निकटका मानिसले दिन्छन् होला नि। यदि यस्तो हो भने छलफल हुनुपर्‍यो। चीनले नछाप्ने होला त्यसैले भारतमा मात्र छापिएको होला।

यी सबै गोपनियता कसले खोल्यो त छानबिन हुन पर्‍यो नि। प्रधानमन्त्रीले पनि कतिपय कुरा आफूलाई थाहा नभएको भन्नुभएको छ। यदि मातृका यादवले बाहिर लैजान्छ भने अनुसन्धान गरेर कारबाही गर्नुपर्‍यो नि। यहाँ पनि मन्त्रीपरिषद चलिरहँदा अनलाइनमा समाचार आइरहेको हुन्छ।

तपाईं केपी ओली नेतृत्वको क्याबिनेटमा समेत मन्त्री हुनुभयो। उहाँले भ्रष्टाचारको विषयमा ‘आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने’ नारा ल्याउनुभएको छ। भनाई र व्यवहार कत्तिको मिलेको पाउनुभयो?
यो नारा राम्रो हो। यसको विधि बनाएन भने काम लाग्दैन। चुरोट खानेलाई ‘नो स्मोकिङ ’ भनेर लेखेको देख्यो भने झन् तलतल लाग्छ रे। त्यसैले म गर्न दिन्नँ भन्ने तर धेरै प्रश्न अहिले उठेको छ। औषधि खरिददेखि विभिन्नमा भ्रष्टाचार भएको प्रश्न उठेको छ। त्यसको अनुसन्धान हुनुभन्दा पहिला नै प्रधानमन्त्री त्यो भएकै छैन भन्नुहुन्छ। अनि कसरी त्यसमा छानबिन हुन्छ। छानविन भइरहेको विषयमा प्रधानमन्त्रीले बोलेपछि प्रभावित हुँदैन? प्रधानमन्त्रीले होइन भनेको कुरामा कसले हिम्मत गरेर छानबिन गर्छ?

प्रधानमन्त्री ओलीसँग काम गर्दा कतिको स्वतन्त्रता अथवा सहज पाउनुभयो? के अनुभव छ तपाईंको?
त्यहाँ कुनै पनि स्वतन्त्रता थिएन। मलाई कहिले पनि मन्त्री थिएँ भन्ने फिल नै भएन। किन यस्तो भयो भन्नुहुन्छ भने मन्त्रालय कसले चलाएको छ भन्ने नै थाहा नहुने अवस्था थियो। कतिपय चिज म मन्त्रीलाई थाहा नै नदिई गर्ने काम भयो। कार्यविधि आफैं मनलाग्दी परिर्वतन गर्नु हुँदोरहेछ। सामान्य नियम भनेको कसैलाई नियुक्त गर्न मन्त्रालयबाट फाइल उठेर त आउनुपर्‍यो नि। मैले मन्त्रिपरिषद् बैठकमै मेरो मन्त्रालय कसले चलाएको छ भनी प्रश्न उठाएको छु। म बसेको मन्त्रिपरिषदमा त्यो विषयमा छलफल नै हुँदैन। तर निर्णय भएको परिपत्र आउँथ्यो।

सबै कुरा प्रधानमन्त्रीमा केन्द्रित थियो भन्न खोज्नु भएको हो? 
मेरो मन्त्रालयमा यही थियो। अरुको हकमा के भयो, मलाई थाहा छैन।  अरुको मन्त्रालयमा सहज वातावरण थियो कि? मैले यही भएपछि प्रधानमन्त्री र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि हटाइदिन आग्रह गरेको थिएँ। मैले म राजिनामा दिन्नँ तर हटाए हट्न तयार छु भनेको थिएँ। किनकी जनतासँग अब मन्त्री भएपछि राजीनामा दिन्नँ, यदि मलाई हटाइदिए मात्रै हट्छु भनेर वचन दिइसकेको थिएँ।

मन्त्री पद छोड्नुस् भन्ने प्रस्ताव प्रधानमन्त्रीले गर्नुभयो कि भएन?
एकदिन उहाँले मलाई मन्त्रीबाट हट्नुस् भन्नुभयो। प्रधानमन्त्रीको निवासमा बोलाएर भन्नुभयो। तपाईसँग दुई वटा विकल्प छ कि राजीनामा दिनुस् नत्र हटाउँछु भन्नुभयो। मैले पनि म हट्न तयार छु हटाउनुस् भनें। म पहिला गिरिजाप्रसाद कोइरालासँग पनि बाझेको थिएँ। तर उहाँले काममा भने अवरोध गर्नु भएन। उहाँ सचिव र अन्य कर्मचारी रोजेर लैजानु र काम गर्नुस् भन्नुहुन्थ्यो। तर आफ्नै पार्टीको अध्यक्ष हुँदा पनि आफ्नै प्रधानमन्त्री जस्तो कहिल्यै पनि फिल गरिनँ। सुरुमा ठिकैठिकै जस्तो थियो। तर उहाँले के अपेक्षा गर्नुभएको थियो खै, त्यो पुरा भएन कि जानकारी नै पाइनँ।

एउटा दमकको औद्योगिक पार्कका बारेमा भने मसँग टसल भएको हो। सचिवले कानुन विपरित काम नगर्ने भएकोले मैले सक्दिनँ भने। उहाँलाई त्यहीबाट मन्त्रीले मलाई टेरेन भन्ने लागेको थियो कि। पछि अर्थ, कानुन र म भएर कानुनी रुपमा समाधान गरियो। उहाँलाई एक पटक लागेपछि अरुको कुरा नसुन्ने बानी रहेछ।

प्रधानमन्त्रीलाई विवादित अभिव्यक्ति दिन कुन तत्वले तयार गराउँदो रहेछ? 
उहाँ सचेत मानिस हो। उहाँलाई एउटा कुरामा घमण्ड छ। प्रधानमन्त्रीमा एउटा भूत सवार छ। मलाई हटाउछन् कि भन्ने डर छ। त्यसैगरी यो देश बनाउने म मात्रै हो। अरु कोही छैनन् भन्ने भ्रम छ। म सबै कुराको ज्ञाता हो भन्ने पनि छ। सामान्य ज्ञान राख्नु र विषय विज्ञता फरक कुरा हुन्।

माओले भनेकै छन्, जानकारी नभएको विषयमा धेरै नबोल। तर प्रधानमन्त्रीमा सबै विषयको ज्ञाता हुँ भन्ने भ्रमले जति आलोचना भए पनि बोलिरहनुभएको छ। पार्टीको एक नम्बर अध्यक्ष र देशको प्रधानमन्त्रीले बोल्दा झन् विचार गर्नुपर्दथ्यो। तर मेरो अगाडि सबै नजान्ने छन् भन्ने सोचेर बोल्नुहुन्छ।

अन्तिममा पार्टीभित्रको अन्तरद्वन्द्व कसरी हल होला? 
पार्टीभित्र छलफल भइरहेको छ। पार्टी ठीक विधि र पद्धतिमा हिँड्नुपर्‍यो। सबैको आन्दोलनमा भूमिका छ। सबै शक्ति देशको हितमा लगाउन जरुरी छ। पञ्चर भएको टायर अलिअलि मात्र टाल्दा फेरि फुट्छ। यदि देशको पाइलट राम्रो भएन भने पार्टी मात्रै होइन, देश नै दुर्घटना पर्छ। भारतले वार्ता गर्ने भनेको छ, त्यसमा पहल नगरेर अन्टसन्ट बोलेर सम्बन्ध बन्दैन। उहाँले ठीक ढंगले काम गरे कसले हटाउँछ?

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, २ जनाको मृत्यु शुक्रबार, भदौ ५, २०८३
एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल, गत सिजनको हारको बदला लिने मौका शुक्रबार, भदौ ५, २०८३
थोरैले बढ्यो अमेरिकी डलरको मूल्य, कतिमा हुँदैछ खरिदबिक्री? शुक्रबार, भदौ ५, २०८३
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
चेक वाउन्सको मुद्दामा जनता टेलिभिजनका अध्यक्ष विजय पाैडेल टेलिभिजन कार्यालयबाटै पक्राउ बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्