• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ३०, २०८२ Thu, Oct 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

केपी ओलीले देश हाँक्न सक्नुहुन्न, आफैं छाड्दा राम्रो हुन्छ : मातृका यादव [अन्तर्वार्ता]

64x64
वीरेन्द्र ओली शुक्रबार, साउन २, २०७७  ०९:१५
1140x725

नेकपाको जारी स्थायी कमिटी बैठकमा अन्य एजेन्डाभन्दा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले राजीनामा दिने विषयले बढी महत्त्व पाएको छ। स्थायी कमिटीमा बोल्ने अधिकांश सदस्यले उनको राजीनामा मागेका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' तथा माधव नेपाल निकट नेताहरुले राजीनामालाई जोड दिएका छन्। साथै शीर्ष नेताहरुले आफू पक्षीय भेला गरेर रणनीति पनि अख्तियार गरिरहेका छन्। यसै सन्दर्भलाई केन्द्रमा राखेर स्थायी कमिटी सदस्य मातृका यादवसँग नेपाल लाइभका वीरेन्द्र ओलीले कुराकानी गरेका छन्:

नेकपाभित्रको विवाद मिल्यो भन्ने चर्चा चलिरहेको छ। कुनकुन विषयमा सहमति भएको हो?
हामीलाई द्वन्द्वात्मक भौतिकवादले हरेक वस्तुमा द्वन्द्व हुन्छ भन्ने सिकाएको छ। पार्टी पनि अन्तरविरोधले भरिएको हुन्छ। एउटा समस्या हल गरिए पनि अर्को समस्या आइहाल्छ। कतिपय साथीहरु पार्टीभित्रको अन्तरविरोधमा आत्तिन्छन्। कतिपय नबुझेर आत्तिन्छन्, कतिपयचाहिँ आफूलाई केन्द्रबिन्दु बनाएर आत्तिन्छन्। मेरो भविष्य के हुने हो भन्ने किसिमले आत्तिन्छन्।

अन्तरविरोध सर्वव्यापी हो। नेतृत्वको काम त्यसलाई हल गर्ने हो। सही दिशा दिने हो। अहिले हाम्रो पार्टीमा प्रचण्ड र ओलीबीचको अन्तरविरोध देखिन्छ। त्यसमा पनि प्रधानमन्त्री र अध्यक्ष को हुने भनेर देखिन्छ। खालि पद मात्रै देखिन्छ। तर अलिकति सुक्ष्म तरिकाले हेर्ने हो भने विचारमा लडाइँ छ। विधिमा लडाइँ छ। व्यवहारमा लडाइँ छ।

पार्टीमा विवादै थिएन जस्तो गर्नुभयो। तर बीचमा त पार्टी नै विभाजन होला जस्तोगरी विषयहरु बाहिरिएका थिए त?
पार्टीमा विवाद छैन भन्नु गलत हो। मार्क्सवाद नबुझेको कुरा हो। मार्क्सवादले हरेक वस्तुमा अन्तरविरोध हुन्छ भनेर बुझाएको छ। जीवनशील र मरणशील, राम्रो र नराम्रो हुन्छ, अन्तरविरोध हुन्छ।

कतिपय साथीहरु विचारमा बहस गर्नुको साटो पार्टी फुट्नु हुँदैन भन्छन्। हामी कोही पनि पार्टी फुटोस् भन्ने चाहँदैनौं। कोही पनि चाहँदैन। तर त्यो एकता केका लागि? पार्टी केको लागि? कुनै व्यक्ति विशेषका लागि कि देश र जनताको लागि? नारामा त सबैले देश र जनताका लागि भनिरहेका हुन्छन्। तर परिणाम पनि हेर्नुपर्‍यो नि। परिणामचाहिँ देश र जनताको लागि आइरहेको छ कि छैन भन्ने पनि त हेर्नुपर्‍यो नि। सबै कुरा सापेक्षतामा हुन्छ भन्ने कुरा बुझ्नुपर्छ। पार्टी एकता पनि सापेक्षतामा हुन्छ। मार्क्सवादीसँगको एकता कि गैरमार्क्सवादीसँगको एकता, क्रान्तिकारीहरुसँगको एकता कि अवसरवादीहरुसँगको एकता? मूलभूत प्रश्नहरु छन्।

सहमति भएकोचाहिँ केमा हो अहिले? 
सहमति भयो भने त अहिलेको बैठक समाप्त भइहाल्थ्यो नि। तर मलाई लाग्दैन, सहमति भएको छ।

त्यसो भए सहमतिको चर्चा किन भयो?
जो महाशयहरु, कमरेडहरुले सहमति भइसक्यो भन्छन्, उहाँहरुलाई थाहा होला, उहाँहरुले भित्रभित्र सहमति गराउने जिम्मेवारी पाउनुभयो होला। कोही ‘सुपर स्मार्ट’हरुलाई सहमति गराऊ भनेर जिम्मेवारी दिइयो होला। त्यो पनि हुनसक्छ। तर मलाईचाहिँ थाहा छैन।

मैले बुझेको कुरा के हो भने पार्टीभित्रको अन्तरविरोध हल भएको छैन। हाम्रो पनि चिन्ता छ, पार्टी बचोस्, आन्दोलन बचोस् र समस्याको हल पनि होस्। समस्याको हल भएपछि मात्रै पार्टी र आन्दोलन बच्छ। विचारमा हामीले सही ढंगले सोच्न सकेनौं भने पार्टी बच्दैन। विधि ठीक ढंगले सोच्न सकेनौं भने पार्टी बच्दैन। दुइटै कुरा बचेन भने आज लिपपोत गरे पनि पछि ठूलो विष्फोट हुन्छ। बरु अहिले कम क्षतिमा समस्या हल गर्नेतिर जानुपर्छ। कसैलाई चोट पर्न सक्छ, कोही रिसाउन सक्छन्। तर सिंगो आन्दोलन बच्यो भने न ठूलो कुरा हुन्छ।

Ncell 2
Ncell 2

तपाईंले सहमति भइसक्यो भन्ने चर्चाको कुरा गर्नुभएको छ। यदि सहमति भइदिएको भए त बालुवाटारमा अध्यक्षहरुको बैठक किन बसिरहनुपर्थ्यो र?

पार्टीको विधान विधि विचार सिद्धान्त मिचेर कसले समस्या निम्त्यायो?
हाम्रो दस्तावेजले नै अब समाजवादतिर जाने, जनवादी केन्द्रीयताको आधारमा संगठनलाई चलाउने र त्यसै अनुसारको व्यवहार देखाउने हो। विचार र विधि अनुसारको व्यवहार देखाउने हो। हाम्रो समाजवाद कुन प्रकारको हो भन्ने परिभाषित भएको छैन। तर समाजवादको आधारभूत सिद्धान्तचाहिँ छ। समाजवादमा उत्पादनमा मूलतः समाजको स्वामित्व हुन्छ। संविधानले पनि समाजवाद उन्मुख भनेको छ। उन्मुख भनेको त्यतातिर जाने भनेको हो। जाने भनेपछि जानुपर्‍यो। स्वर्ग जाने ईच्छा राख्नुहुन्छ तर बाटोचाहिँ नर्कको हिँडिरहेका छौं। अनि कहाँ पुगिन्छ?

अहिलेसम्म स्वास्थ्य, शिक्षा र रोजगारलाई सरकारले जिम्मा लिनुपर्थ्यो। तर छैन। निजी स्कुललाई सामुदायिक विद्यालय व्यवस्थापन गर्ने जिम्मा दिइरहेको छ। सरकारी अस्पतालमा उचित व्यवस्था छैन। जनतालाई राम्रो उपचार हुन्छ भन्ने विश्वास नै छैन। कतिपय पुँजीवादी देशको सरकारी अस्पतालमै मान्छे ढुक्क भएर जान्छन्। सरकारी स्कुल भनेपछि मान्छे ढुक्क भएर जान्छन्। तर यहाँ किन यस्तो भयो। यता त कोरोनाको बेलामा पनि भ्रष्टाचारको मुद्दा उठिरहेको छ।

हामी समाजवादतिरै जान खोजेको हो। तर, त्यो एकैपटक छुमन्तर गरेरचाहिँ आउँदैन। तर स्टेपहरु त हुन्छन् नि। त्यो स्टेपमा सरकार गएन।

अर्को कुरा पार्टीको जनवादी केन्द्रीयताको आधार हुन्छ। दुइटा अध्यक्षले सहमति गरेर एकता गरेको दुनियाँलाई थाहा छ। अझै धेरै चिजमा सहमति गरेर जाने पनि हुन्छ। तर सहमति भएन भने के  गर्नेरु विधानमै लेखेको छ, अल्पमत र बहुमतबाट।

अर्को कुरा, सामूहिक निर्णय भन्ने हुन्छ। बुर्जुवाहरुमा त हुन्छ, हामी त समाजवादी विचारधारा बोक्ने मानिस पर्‍यौं । सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी हो, हाम्रो ।

पार्टीलाई विधि विधानमा चलाउनेदेखि वैचारिक बाटो हिँडाउन सबैभन्दा धेरै अवज्ञा कसले गर्‍यो?
मेरो विचारमा भन्नुहुन्छ भने प्रधानमन्त्री एवं पार्टी अध्यक्षले गर्नुभयो। पहिला त दुई जना सल्लाह गर्नुहुन्थ्यो। पार्टी विधानले पनि भन्यो, दुई अध्यक्ष। तर, पछि व्यवहारमा हेर्दै जाँदा एउटै मात्रै अध्यक्ष हुन पुग्यो। अध्यक्ष प्रचण्डको व्यवहार अलि उदारखालको छ। कुर्सी हटाइदिँदा पनि नबोल्ने। अध्यक्षता उहाँले निरन्तर गर्दा पनि नबोल्ने। प्रचण्डले सबै छोडेर हिँड्नु भएको हो नि। सहमतिको कुरा पनि उहाँ (प्रचण्ड)ले गर्नुभएको हो। मैले पाँच वर्षसम्म पार्टी चलाउँछु। उहाँ (केपी ओलीले) सरकार चलाउने भन्नुभयो। 

स्वास्थ्यका कारणले पनि उहाँ(केपी ओलीले)ले पार्टी चलाउन सक्नुहुन्न।  

त्यसो भए समस्याको जड नै प्रधानमन्त्री हुनुहुन्छ?
नेतृत्वको हिसाबले उहाँ हो। उहाँ एक्लै हुनुहुन्न नि, उहाँलाई सघाउने सिंगो टिम छ। प्रचण्ड कमरेडलाई सघाउने होला। एक्लै कोही हुँदैन।

केपी ओलीको विपक्षमा सचिवालयदेखि स्थायी कमिटीसम्म हुनुहुन्छ किन सच्याउन नसकेको हो?
उहाँहरुले ठीक हिसाब निकाल्नु सक्नुभएन कि। कतै पार्टी फुट्यो भने बर्बाद हुन्छ कि भन्ने भयो होला। जोजो नेताहरु हुनुहुन्छ जोखिम मोलेर यहाँसम्म आइपुग्नु भएको छ। लामो संगठनात्मक अनुभव छन्। थुप्रै टुटफुट एकता व्यहोरेर आएका छन्। देशै चलाएका तीन जना प्रधानमन्त्री भइसक्नु भएका छन्। हाम्रो पार्टी हरेक हिसाबले समृद्ध छ। यति धेरै नेता कार्यकर्ता छन्। जति विलम्ब गर्नुहुन्छ, त्यति आन्दोलन र देशलाई क्षति हुन्छ। अर्का अध्यक्षलाई हेर्नुहुन्छ भने समस्याको हल गर्नेभन्दा बल्झाउनेतिर उन्मुक्त देखिनुहुन्छ।

पार्टीमा गरेको सहमति विपरित प्रधानमन्त्री ओलीको राजीनामा मागेर तपाईंहरुले नै त्यसलाई उल्लंघन गर्नुभएको त सत्य हो नि?
तपाईंको बुझाई नै गलत भयो। हाम्रोतिरबाट होइन। दुई अध्यक्षबीच पार्टी चलाउँछु भनेर प्रचण्ड कमरेडले भन्नुभयो। तपाईं सरकार चलाउँनुस् भनेर ओली कमरेडलाई भनेर सहमति गर्नुभयो। सरकार सहमतीबाटै चलाउने भनिएको हो। ओली कमरेडले कुनै विषयमा सल्लाह गर्नुभएन। आफ्नै ढंगले चलाउनुभयो।  पार्टीको बैठक नै बोलाउन खोज्नुभएन। उल्टै पार्टी फुटाउन सजिलो हुनेगरी अध्यादेश ल्याउनुभयो। अरु कुरा छोडौं, त्योभन्दा अरु गम्भीर गल्ती के हुन सक्छ। अध्यक्ष प्रचण्डले कोरोनासँग लड्न उच्च स्तरीय संयन्त्र बनाऔं भन्नुभयो। त्यसको खण्डन गराउन लगाउनुभयो। अहिले कोरोना नियन्त्रण गर्न नसक्दा भद्रगोल भयो।
 
अब पार्टीभित्रको विवाद सल्टाउन विकल्प के हुन्छ?
कुरा उठिसकेको छ। सचिवालय र स्थायी कमिटीका बहुसंख्यक सदस्यहरुले त्यो कुरा राखिसक्नुभएको छ। अहिले बोलेका एक जना बाहेक सबैले राजीनामा गर्नुपर्छ भन्नुभएको छ। उहाँ (केपी ओली) फिजिकल्ली, मेन्ट्ल्ली सक्नुहुन्न। सबैभन्दा राम्रो उहाँले आफैं छोड्दा हुन्छ। सके दुई पदबाट राजीनामा दिए ठीक हुन्छ। मेरो विचारमा उहाँले देश हाँक्न सक्नुहुन्न।

यसो हुँदा एकता भत्किएला नि?
व्यक्तिको लागि एकता गरिएको हो? देश र जनताको लागि एकता गरिएको होइन र? यदी व्यक्तिको लागि एकता गरिएको हो भने दुई जना नेताले भन्नुपर्‍यो- हामीले आफ्नो व्यवस्थापनको लागि गरेका हौं। उहाँहरुले भन्नुपर्‍यो तिमीहरु कारिन्दा हौ। हामी दुई जना मालिक छौं। हामीले आफ्नो व्यवस्थापनको लागि एकता गरेका छौं भन्नुपर्‍यो। त्यसपछि हामीले सोच्छौं होला।

गत वैशाखमा चरम विवाद भयो, मिल्यो भनियो। फेरि विवाद छ। कतै त्यस्तै हुने त होइन? 
विवाद कहाँबाट आयो? पार्टी फुटाउन खोजेपछि त आएको हो। सहमति कसले उल्लंघन गर्‍यो। स्थायी कमिटीका २० जना सदस्यले बैठक बोलाउन माग गर्दा समेत २ महिनासम्म बोलाइएन। विधानलाई कसले उल्लंघन गर्‍यो। पार्टीमा जब समस्या आउँछ पार्टीको माथिल्लो निकाय सचिवालय बस्छ। त्यसबाट नभए स्थायी कमिटी बस्ने हो। यदि स्थायी कमिटीबाट पनि भएन भने केन्द्रीय कमिटी बस्ने हो।

बैठकदेखि भाग्ने कुरा ठीक भएन। बैठकदेखि भाग्नुको अर्थ के हो? मै हुँ सबै चिज। म बाहेक कोही छैन भन्ने हो। त्यो भन्नु मार्क्सवाद बिर्सने कुरा हो। हामी हौं क्या? आन्दोलन हामीमा टिकेको हो। उहाँको योगदान भएरै त नेता मानेका छौं। उहाँहरुको त्याग होला, जेलमा यातना सहनुभयो होला, त्यसैले त नेता मानेका छौं।

नेकपालाई मिलाउन चिनियाँ राजदूतको दौडधुपलाई कसरी लिन सकिन्छ?
चीनमा कम्युनिस्ट पार्टीको सरकार छ। स्वभाविक छ, यहाँ पनि कम्युनिस्ट पार्टीको सरकार छ। अब को कति कम्युनिस्ट हो भन्ने मूल्यांकन हुन बाँकी छ।  कहीँको कम्युनिस्ट पार्टी फुट्न लाग्दा चिन्ता भएको होला। तर मलाई लाग्दैन, चिनियाँ पार्टीले हाम्रो पार्टीले फुटाउला भन्ने लाग्दैन। भारतले पनि पार्टी फुटाउँला भन्ने लाग्दैन। पार्टी कसले एकता गराइदिएको हो त्यो पहिला हेर्नुपर्छ। विदेशी निर्णायक हुँदैन। हामी आफैं हो।

एउटा घर कसरी विभाजन हुन्छ, पार्टी पनि त्यस्तै हो। घरमा दाजुभाइ मिलेनन् भने अरु पसेर लडाइँ गराउने हो। तर दाजुभाइका बीचमा एकता भयो भने दोस्रो व्यक्तिको प्रवेश हुँदैन। घरभित्र हल गर्न नसकेपछि बाहिरबाट मान्छे पस्छ। सबैले हस्तक्षेप गर्न खोज्छन् तर निर्णायक हामी हो। कसैले आफूलाई अब्बल राष्ट्रवादी ठान्छ। तर, त्यसका लागि उसको विगतको इतिहास हेर्नुपर्छ। परिर्वतनको झन्डा कसले बोकेर हिँडेको थियो। हामी चाह्यौं भने मिल्छौं, चाहेनौं भने फुट्छौं। चीनले मिलाउने र भारतले फुटाउन सक्दैन।

सुरुमा म नै एकताको पक्षमा थिइनँ। केही अन्य साथीहरु एकताको पक्षमा थिइनन्। तर हामी पार्टीमा त आयौं नि। कोही एक व्यक्ति वा सिमित मान्छेले चाहँदैमा पार्टी मिल्ने र फुट्ने होइन।

तपाईंहरु पनि सरकारको विरुद्ध लाग्नुभयो रे? यहाँ भएको कुरा दिल्लीको मिडियामा आउने, कोठाचोटामा सरकार विरुद्ध लाग्नुभएको भन्नुभएको छ नि?
उहाँ आफैं बोल्नुहुन्छ अनि छापिन्छन् त। मन्त्रिपरिषदको बैठकबाट सार्वजनिक भएको हो भने भन्नुपर्‍यो नि, कसले गरेको हो? होइन भने छानबिन गर्न पर्‍यो। मन्त्रिपरिषद्को विषय बाहिर जान्छ भने कोबाट गयो?  मन्त्री, प्रधानमन्त्री वा उहाँ निकटका मानिसले दिन्छन् होला नि। यदि यस्तो हो भने छलफल हुनुपर्‍यो। चीनले नछाप्ने होला त्यसैले भारतमा मात्र छापिएको होला।

यी सबै गोपनियता कसले खोल्यो त छानबिन हुन पर्‍यो नि। प्रधानमन्त्रीले पनि कतिपय कुरा आफूलाई थाहा नभएको भन्नुभएको छ। यदि मातृका यादवले बाहिर लैजान्छ भने अनुसन्धान गरेर कारबाही गर्नुपर्‍यो नि। यहाँ पनि मन्त्रीपरिषद चलिरहँदा अनलाइनमा समाचार आइरहेको हुन्छ।

तपाईं केपी ओली नेतृत्वको क्याबिनेटमा समेत मन्त्री हुनुभयो। उहाँले भ्रष्टाचारको विषयमा ‘आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने’ नारा ल्याउनुभएको छ। भनाई र व्यवहार कत्तिको मिलेको पाउनुभयो?
यो नारा राम्रो हो। यसको विधि बनाएन भने काम लाग्दैन। चुरोट खानेलाई ‘नो स्मोकिङ ’ भनेर लेखेको देख्यो भने झन् तलतल लाग्छ रे। त्यसैले म गर्न दिन्नँ भन्ने तर धेरै प्रश्न अहिले उठेको छ। औषधि खरिददेखि विभिन्नमा भ्रष्टाचार भएको प्रश्न उठेको छ। त्यसको अनुसन्धान हुनुभन्दा पहिला नै प्रधानमन्त्री त्यो भएकै छैन भन्नुहुन्छ। अनि कसरी त्यसमा छानबिन हुन्छ। छानविन भइरहेको विषयमा प्रधानमन्त्रीले बोलेपछि प्रभावित हुँदैन? प्रधानमन्त्रीले होइन भनेको कुरामा कसले हिम्मत गरेर छानबिन गर्छ?

प्रधानमन्त्री ओलीसँग काम गर्दा कतिको स्वतन्त्रता अथवा सहज पाउनुभयो? के अनुभव छ तपाईंको?
त्यहाँ कुनै पनि स्वतन्त्रता थिएन। मलाई कहिले पनि मन्त्री थिएँ भन्ने फिल नै भएन। किन यस्तो भयो भन्नुहुन्छ भने मन्त्रालय कसले चलाएको छ भन्ने नै थाहा नहुने अवस्था थियो। कतिपय चिज म मन्त्रीलाई थाहा नै नदिई गर्ने काम भयो। कार्यविधि आफैं मनलाग्दी परिर्वतन गर्नु हुँदोरहेछ। सामान्य नियम भनेको कसैलाई नियुक्त गर्न मन्त्रालयबाट फाइल उठेर त आउनुपर्‍यो नि। मैले मन्त्रिपरिषद् बैठकमै मेरो मन्त्रालय कसले चलाएको छ भनी प्रश्न उठाएको छु। म बसेको मन्त्रिपरिषदमा त्यो विषयमा छलफल नै हुँदैन। तर निर्णय भएको परिपत्र आउँथ्यो।

सबै कुरा प्रधानमन्त्रीमा केन्द्रित थियो भन्न खोज्नु भएको हो? 
मेरो मन्त्रालयमा यही थियो। अरुको हकमा के भयो, मलाई थाहा छैन।  अरुको मन्त्रालयमा सहज वातावरण थियो कि? मैले यही भएपछि प्रधानमन्त्री र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि हटाइदिन आग्रह गरेको थिएँ। मैले म राजिनामा दिन्नँ तर हटाए हट्न तयार छु भनेको थिएँ। किनकी जनतासँग अब मन्त्री भएपछि राजीनामा दिन्नँ, यदि मलाई हटाइदिए मात्रै हट्छु भनेर वचन दिइसकेको थिएँ।

मन्त्री पद छोड्नुस् भन्ने प्रस्ताव प्रधानमन्त्रीले गर्नुभयो कि भएन?
एकदिन उहाँले मलाई मन्त्रीबाट हट्नुस् भन्नुभयो। प्रधानमन्त्रीको निवासमा बोलाएर भन्नुभयो। तपाईसँग दुई वटा विकल्प छ कि राजीनामा दिनुस् नत्र हटाउँछु भन्नुभयो। मैले पनि म हट्न तयार छु हटाउनुस् भनें। म पहिला गिरिजाप्रसाद कोइरालासँग पनि बाझेको थिएँ। तर उहाँले काममा भने अवरोध गर्नु भएन। उहाँ सचिव र अन्य कर्मचारी रोजेर लैजानु र काम गर्नुस् भन्नुहुन्थ्यो। तर आफ्नै पार्टीको अध्यक्ष हुँदा पनि आफ्नै प्रधानमन्त्री जस्तो कहिल्यै पनि फिल गरिनँ। सुरुमा ठिकैठिकै जस्तो थियो। तर उहाँले के अपेक्षा गर्नुभएको थियो खै, त्यो पुरा भएन कि जानकारी नै पाइनँ।

एउटा दमकको औद्योगिक पार्कका बारेमा भने मसँग टसल भएको हो। सचिवले कानुन विपरित काम नगर्ने भएकोले मैले सक्दिनँ भने। उहाँलाई त्यहीबाट मन्त्रीले मलाई टेरेन भन्ने लागेको थियो कि। पछि अर्थ, कानुन र म भएर कानुनी रुपमा समाधान गरियो। उहाँलाई एक पटक लागेपछि अरुको कुरा नसुन्ने बानी रहेछ।

प्रधानमन्त्रीलाई विवादित अभिव्यक्ति दिन कुन तत्वले तयार गराउँदो रहेछ? 
उहाँ सचेत मानिस हो। उहाँलाई एउटा कुरामा घमण्ड छ। प्रधानमन्त्रीमा एउटा भूत सवार छ। मलाई हटाउछन् कि भन्ने डर छ। त्यसैगरी यो देश बनाउने म मात्रै हो। अरु कोही छैनन् भन्ने भ्रम छ। म सबै कुराको ज्ञाता हो भन्ने पनि छ। सामान्य ज्ञान राख्नु र विषय विज्ञता फरक कुरा हुन्।

माओले भनेकै छन्, जानकारी नभएको विषयमा धेरै नबोल। तर प्रधानमन्त्रीमा सबै विषयको ज्ञाता हुँ भन्ने भ्रमले जति आलोचना भए पनि बोलिरहनुभएको छ। पार्टीको एक नम्बर अध्यक्ष र देशको प्रधानमन्त्रीले बोल्दा झन् विचार गर्नुपर्दथ्यो। तर मेरो अगाडि सबै नजान्ने छन् भन्ने सोचेर बोल्नुहुन्छ।

अन्तिममा पार्टीभित्रको अन्तरद्वन्द्व कसरी हल होला? 
पार्टीभित्र छलफल भइरहेको छ। पार्टी ठीक विधि र पद्धतिमा हिँड्नुपर्‍यो। सबैको आन्दोलनमा भूमिका छ। सबै शक्ति देशको हितमा लगाउन जरुरी छ। पञ्चर भएको टायर अलिअलि मात्र टाल्दा फेरि फुट्छ। यदि देशको पाइलट राम्रो भएन भने पार्टी मात्रै होइन, देश नै दुर्घटना पर्छ। भारतले वार्ता गर्ने भनेको छ, त्यसमा पहल नगरेर अन्टसन्ट बोलेर सम्बन्ध बन्दैन। उहाँले ठीक ढंगले काम गरे कसले हटाउँछ?

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बिहीबार, असोज ३०, २०८२
टी–२० विश्वकप छनोट: ओमानमाथि ३८ रनको जित, शीर्ष स्थानमा नेपाल बिहीबार, असोज ३०, २०८२
कुशल भुर्तलको अर्धशतकमा ओमानलाई १५२ रनको चुनौतीपूर्ण लक्ष्य बुधबार, असोज २९, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा बुधबार, असोज २९, २०८२
राजस्थानको जैसलमेरमा एसी बसमा आगलागी, मृतकको संख्या २० पुग्यो बुधबार, असोज २९, २०८२
एकीकृत समाजवादीलाई एकतामा आउन ओलीको प्रस्ताव बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्