काठमाडौं-शिवम् सिमेन्ट्स लिमिटेडले शिवम् मोबाइल एप सार्वजनिक गरेको छ। कोभिड-१९को विषम परिस्थितिमा ग्राहकमाझ सिमेन्ट खरिद गर्न सहजताका लागि एप सार्वजनिक गरेको हो।
यसअन्तर्गत ग्राहकले गुगल प्ले स्टोर तथा आइओस एप स्टोरबाट शिवम् मोबाइल एप डाउनलोड गरी सहज प्रक्रियाका साथ सुपथ मूल्यमा आफूलाई चाहिएको परिमाणमा सिमेन्ट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। यसका साथै भुक्तानीका लागि खल्ती, इ-सेवा कनेक्ट आइपिएस वा क्यास अन डेलिभरीको सुविधा उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ।
कोरोना भाइरसले निम्त्याएको विषम परिस्थितिमा सबैको स्वास्थ्य सुरक्षाका निम्ति आवश्यक सामाजिक दूरी कायम रहोस् र हरेक किसिमका निर्माणहरुले पनि निरन्तरता पाओस् भन्ने उद्देश्यका साथ कम्पनीले एप सार्वजनिक गरेको जनाएको छ।
क्वालिटीको मामलामा नो कम्प्राेमाइज भन्दै देशको ठूला आयोजना निर्माणमा कम्पनीले योगदान दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।