काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि उपयुक्त उपाय पत्ता लाग्न नसकेको बेलामा केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ।
अध्यक्षद्वयको पटकपटको एक्लाएक्लै भेटले समस्या समाधानको सूत्र पत्ता लगाउन सकेको थिए। बुधबार पनि उनीहरुबीच भेट भएको थियो। तर, निष्कर्ष ननिस्किएपछि नेता नेपाल सहित भेटवार्ता गर्ने तय भएको थियो।
‘साढे ११ बजे ओली, प्रचण्ड र नेपालबीच भेट्ने तय भएको छ’, प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने।
नेकपाको जारी स्थायी कमिटी बैठकमा ओलीले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग उठेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।
पटकपटक स्थगित हुँदै आएको बैठक साउन २ गतेसम्मलाई स्थगित भएको थियो। भोलि बस्ने भनिएको बैठकअघि नै निकासका उपाय पहिल्याउनुपर्ने दबाब नेतृत्वलाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।