काठमाडौं– सशस्त्र प्रहरी बलले जवान पदको लिखित परिक्षाको नतिजा प्रकाशित गरेको छ। नजिताअनुसार केही आरक्षित कोटामा माग भन्दा थोरै मात्र लिखित परिक्षामा सफल भएका छन्।
सशस्त्र प्रहरीले २ हजार ३ सय जवानको भर्नाका लागि आवेदन मागेकोमा २ सय ९० जना मधेसी कोटाका लागि छुट्याएको थियो। तर, लिखित परिक्षामा २ सय ६९ जना मात्र उत्तिर्ण भएका छन्।
त्यस्तै अमर तथा असक्त प्रहरीको कोटामा ४६ जना आरक्षण गरिएकोमा १ जनाले मात्र लिखित परिक्षामा नाम निकालेका छन्।
२ हजार ३ सय को मागहरुमा ३ हजार १ सय ९५ जनाले लिखित परिक्षामा नाम निकालेका छन्। खुलामा एक हजार २ सय १९ जनाको माग भएकोमा १ हजार ५ सय १८ जनाले लिखितमा नाम निकालेका छन्। परिक्षा लोक सेवा आयोगले सञ्चालन गरेको हो।
लिखित परिक्षाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।