• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

म्यानचेस्टर सिटीमाथिको प्रतिबन्ध के होला? खेल्न पाउला च्याम्पियन्स लिग? 

64x64
नेपाल लाइभ सोमबार, असार २९, २०७७  १२:०५
1140x725

काठमाडौं- इंग्लिस फुटबलमा यो सिजनकै सबैभन्दा ठूलो खबर हो- म्यानचेस्टर सिटीमाथिको युरोपियन प्रतिस्पर्धाबाट प्रतिबन्ध। आज त्यही प्रतिबन्ध यथावत रहन्छ या म्यानचेस्टर सिटीले आउँदो सिजन च्याम्पियन्स लिग खेल्न पाउँछ भन्नेबारे निर्णय हुँदैछ। 

खेलकुदका लागि मध्यस्थता गर्ने अदालत (सिएएस) ले सोमबार दिउँसो प्रतिबन्धमाथिको म्यानचेस्टर सिटीको अपिलमाथि निर्णय गर्दैछ। जसले आउँदो दुई सिजन युरोपियन प्रतिस्पर्धामा सामेल हुन नपाउने गरी लागेको प्रतिबन्धमा पुनर्विचार हुनेछ। 

म्यानचेस्टर सिटीलाई युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले दुई वर्षको प्रतिबन्ध लगाएको हो। सिटीले युइएफएको ‘क्लब लाइसेन्सिङ एण्ड फाइनान्सियल फेयर प्ले रेगुलेसन’ उल्लंघन गरेको बताइएको छ। जसले गर्दा सिटीलाई ३० मिलियन युरो जरिवाना तिराउने निर्णयसमेत भएको थियो। 

युइएफको ‘क्लब फाइनान्सियल कन्ट्रोल बडि’ को अनुसन्धानले म्यानचेस्टर सिटीले २०१२ देखि २०१६ सम्म स्पोन्सरमार्फत भएको आर्जन यकिन नदेखाएर छली गरेको बताइएको छ। 

क्लबमा वित्तिय अनुशासनको नियमअनुसार क्लबको आम्दानी र खर्चको अनुपात मिल्नुपर्ने हुन्छ। कुन कुन शीर्षकमा कति आम्दानी भयो भन्ने यकिन खुलाएर त्यसको आधारमा मात्रै खर्च गर्न पाउने अवस्थामा पनि म्यानचेस्टर सिटीको आम्दानी लुकेको बताइएको छ। बिशेष त खेलाडीको तलब र खेलाडी किनबेचमा खर्च हुने रकमको अनुपात क्लबको आम्दानी अनुसार धेरैथोरै हुने गर्दछ। 

सिटीमाथिको दुई वर्षको युरोपियन प्रतिस्पर्धामा प्रतिबन्धपछि २०२१ सम्मको सम्झौतामा क्लबमा रहेका प्रशिक्षक पेप गार्डिओला र च्याम्पियन्स लिगमा स्टार देखिने खेलाडीहरुले के गर्छन् भन्ने प्रश्न आइरहेका छन्। दुई वर्षको प्रतिबन्धमाथि थप अपिल गरेको अहिलेको समयमा प्रशिक्षक गार्डिओला भने प्रतिबन्ध हट्नेमा विश्वस्त देखिन्छन्। शुक्रबार उनले भनेका थिए- ‘म्यानचेस्टर सिटीका खेलाडीहरुले च्याम्पियन्स लिग खेल्ने सबै गुण राख्छन्।’

क्लबमा २०२१ सम्मको सम्झौतामा क्लबमा रहेका प्रशिक्षक गार्डिओलाले के गर्छन् भन्ने प्रश्न बढिरहँदा उनले परिस्थिति जस्तो आए पनि क्लब नछाड्ने विषयमा साथीहरुसँग कुराकानी गरेको बताइएको छ। तर म्यानचेस्टर सिटीले प्रतिबन्धमाथि गरेको अपिलको निर्णयले उनको भविष्य क्लबसँग कसरी जोडिन्छ भन्ने प्रष्ट पार्नेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

म्यानचेस्टर सिटीका मिडफिल्डर डेभिड सिल्भा यही सिजनको अन्त्यमा क्लब छाड्दै छन्। तर सिटी च्याम्पियन्स लिगमा फर्कने समयसम्म सम्झौता रहेका अरु खेलाडीले के गर्छन् भन्ने पनि अन्योल नै छ। प्रिमियर लिगका लागि मात्र उनीहरु क्लबमा जोडिएर रहन्छन् कि रहँदैनन् भन्ने प्रश्न जटिल छ। 

२०२२ भन्दा पछिसम्मको सम्झौतामा रहेका स्टार खेलाडीहरु केभिन डि ब्रायन, एडरसन, बर्नान्डो सिल्भा, रहिम स्टर्लिङ र रियाद महरेजबारे क्लबलाई सबैभन्दा समस्या पर्ने देखिन्छ। यदि प्रशिक्षक गार्डिओलाले छाड्ने हो भने धेरै खेलाडीहरु पनि क्लबमा बसिरहने छैनन्। 

यदि च्याम्पियन्स लिगमा सहभागी हुन नपाउने हो भने म्यानचेस्टर सिटीको आम्दानी पनि झण्डै १ सय मिलियन पाउण्डदेखि १ सय ५० मिलियन पाउण्डसम्म घट्ने अनुमान भइरहेका छन्। आम्दानीमा त्यसरी कमि आउँदा क्लबले धेरै महङ्गा खेलाडी राखिराख्न पनि चुनौती नै हुनेछ। 

अहिले म्यानचेस्टर सिटी लगातार नवौँ च्याम्पियन्स लिग खेल्दैछ। प्रिमियर लिग क्लबका लागि च्याम्पियन्स लिगको स्थान कुनै पनि वर्ष सुरक्षित देखिँदैन तर यदि दुई वर्ष च्याम्पियन्स लिगबाट बाहिर रहने हो भने म्यानचेस्टर सिटीलाई अहिलेको लयमा फर्कन पनि समस्या हुनेछ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लगातार दुई पटक च्याम्पियन्स लिग फाइनल खेलेर एक पटक विजयी भएको लिभरपुल २०१७ मा च्याम्पियन्स लिगमा नै थिएन। त्यसअघिको सिजन प्रिमियर लिगमा लिभरपुल आठौँ स्थानमा थियो। यसले पनि देखिन्छ, अवस्थाहरु कति छिटो परिवर्तन भइदिन्छ। 

फुटबलमा समय एउटै रहँदैन नै। आउने जाने प्रक्रिया चलिरहन्छ। उस्तै शीर्षमा रहने र तल झर्ने प्रक्रिया पनि एकै हुँदैन। तर अहिलेको म्यानचेस्टर सिटीबाट गार्डिओला बाहिरिन्छन् भने सिटीले आफ्नो फुटबल यही ढंगमा बढाउने एउटा समय भने गुमाउने छ। 

अहिले लिग तालिकामा दोस्रो स्थानमा रहेको सिटीलाई च्याम्पियन्स लिगबाट प्रतिबन्ध लगाउने हो भने लिगको पाँचौँ स्थानमा रहेको क्लबले च्याम्पियन्स लिगमा स्थान बनाउने छ। यसैले पनि सिटीमाथिको प्रतिबन्ध के हुन्छ भन्ने विषय अन्य क्लबमा पनि विशेष चासो बनिरहेको छ। 

कारबाही हुने गरी सिटीले गरेको के हो त? 
वास्तवमा म्यानचेस्टर सिटी कारबाहीमा पर्नुको कारण हो लुकाइएको आर्थिक गतिविधि। व्यक्तिगत रुपमा भएका भुक्तानी र प्रायोजन सम्झौतामा भएका भुक्तानीहरु पनि स्पष्ट नभएको युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफको अनुसन्धानले देखाएको थियो। 

म्यानचेस्टर सिटीको कारोबारको सम्बन्धमा ‘फुटबल लिक्स’ ले विभिन्न कागजपत्रहरु र गोप्य इमेलहरु सार्वजनिक गरेको थियो। विशेषतः जर्मन पत्रिका ‘डेर स्पाइगेल’ मा उक्त विषय पहिलोपटक आएको थियो। 

यसैले म्यानचेस्टर सिटीले आफूहरुविरुद्ध गलत नियतले केही समूह लागिपरेको र प्रतिष्ठामा आँच पुर्‍याउन गैरकानूनी रुपमा ह्याक गरेर कागजपत्रको गलत प्रयोग गरेको जनाइरहेको छ। सिटीले बाहिर आएका इमेलहरु पनि कारोबारमा आधारित इमेलहरु नभएको जनाएको छ।

प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्