• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

म्यानचेस्टर सिटीमाथिको प्रतिबन्ध के होला? खेल्न पाउला च्याम्पियन्स लिग? 

64x64
नेपाल लाइभ सोमबार, असार २९, २०७७  १२:०५
1140x725

काठमाडौं- इंग्लिस फुटबलमा यो सिजनकै सबैभन्दा ठूलो खबर हो- म्यानचेस्टर सिटीमाथिको युरोपियन प्रतिस्पर्धाबाट प्रतिबन्ध। आज त्यही प्रतिबन्ध यथावत रहन्छ या म्यानचेस्टर सिटीले आउँदो सिजन च्याम्पियन्स लिग खेल्न पाउँछ भन्नेबारे निर्णय हुँदैछ। 

खेलकुदका लागि मध्यस्थता गर्ने अदालत (सिएएस) ले सोमबार दिउँसो प्रतिबन्धमाथिको म्यानचेस्टर सिटीको अपिलमाथि निर्णय गर्दैछ। जसले आउँदो दुई सिजन युरोपियन प्रतिस्पर्धामा सामेल हुन नपाउने गरी लागेको प्रतिबन्धमा पुनर्विचार हुनेछ। 

म्यानचेस्टर सिटीलाई युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले दुई वर्षको प्रतिबन्ध लगाएको हो। सिटीले युइएफएको ‘क्लब लाइसेन्सिङ एण्ड फाइनान्सियल फेयर प्ले रेगुलेसन’ उल्लंघन गरेको बताइएको छ। जसले गर्दा सिटीलाई ३० मिलियन युरो जरिवाना तिराउने निर्णयसमेत भएको थियो। 

युइएफको ‘क्लब फाइनान्सियल कन्ट्रोल बडि’ को अनुसन्धानले म्यानचेस्टर सिटीले २०१२ देखि २०१६ सम्म स्पोन्सरमार्फत भएको आर्जन यकिन नदेखाएर छली गरेको बताइएको छ। 

क्लबमा वित्तिय अनुशासनको नियमअनुसार क्लबको आम्दानी र खर्चको अनुपात मिल्नुपर्ने हुन्छ। कुन कुन शीर्षकमा कति आम्दानी भयो भन्ने यकिन खुलाएर त्यसको आधारमा मात्रै खर्च गर्न पाउने अवस्थामा पनि म्यानचेस्टर सिटीको आम्दानी लुकेको बताइएको छ। बिशेष त खेलाडीको तलब र खेलाडी किनबेचमा खर्च हुने रकमको अनुपात क्लबको आम्दानी अनुसार धेरैथोरै हुने गर्दछ। 

सिटीमाथिको दुई वर्षको युरोपियन प्रतिस्पर्धामा प्रतिबन्धपछि २०२१ सम्मको सम्झौतामा क्लबमा रहेका प्रशिक्षक पेप गार्डिओला र च्याम्पियन्स लिगमा स्टार देखिने खेलाडीहरुले के गर्छन् भन्ने प्रश्न आइरहेका छन्। दुई वर्षको प्रतिबन्धमाथि थप अपिल गरेको अहिलेको समयमा प्रशिक्षक गार्डिओला भने प्रतिबन्ध हट्नेमा विश्वस्त देखिन्छन्। शुक्रबार उनले भनेका थिए- ‘म्यानचेस्टर सिटीका खेलाडीहरुले च्याम्पियन्स लिग खेल्ने सबै गुण राख्छन्।’

क्लबमा २०२१ सम्मको सम्झौतामा क्लबमा रहेका प्रशिक्षक गार्डिओलाले के गर्छन् भन्ने प्रश्न बढिरहँदा उनले परिस्थिति जस्तो आए पनि क्लब नछाड्ने विषयमा साथीहरुसँग कुराकानी गरेको बताइएको छ। तर म्यानचेस्टर सिटीले प्रतिबन्धमाथि गरेको अपिलको निर्णयले उनको भविष्य क्लबसँग कसरी जोडिन्छ भन्ने प्रष्ट पार्नेछ। 

Ncell 2
Ncell 2

म्यानचेस्टर सिटीका मिडफिल्डर डेभिड सिल्भा यही सिजनको अन्त्यमा क्लब छाड्दै छन्। तर सिटी च्याम्पियन्स लिगमा फर्कने समयसम्म सम्झौता रहेका अरु खेलाडीले के गर्छन् भन्ने पनि अन्योल नै छ। प्रिमियर लिगका लागि मात्र उनीहरु क्लबमा जोडिएर रहन्छन् कि रहँदैनन् भन्ने प्रश्न जटिल छ। 

२०२२ भन्दा पछिसम्मको सम्झौतामा रहेका स्टार खेलाडीहरु केभिन डि ब्रायन, एडरसन, बर्नान्डो सिल्भा, रहिम स्टर्लिङ र रियाद महरेजबारे क्लबलाई सबैभन्दा समस्या पर्ने देखिन्छ। यदि प्रशिक्षक गार्डिओलाले छाड्ने हो भने धेरै खेलाडीहरु पनि क्लबमा बसिरहने छैनन्। 

यदि च्याम्पियन्स लिगमा सहभागी हुन नपाउने हो भने म्यानचेस्टर सिटीको आम्दानी पनि झण्डै १ सय मिलियन पाउण्डदेखि १ सय ५० मिलियन पाउण्डसम्म घट्ने अनुमान भइरहेका छन्। आम्दानीमा त्यसरी कमि आउँदा क्लबले धेरै महङ्गा खेलाडी राखिराख्न पनि चुनौती नै हुनेछ। 

अहिले म्यानचेस्टर सिटी लगातार नवौँ च्याम्पियन्स लिग खेल्दैछ। प्रिमियर लिग क्लबका लागि च्याम्पियन्स लिगको स्थान कुनै पनि वर्ष सुरक्षित देखिँदैन तर यदि दुई वर्ष च्याम्पियन्स लिगबाट बाहिर रहने हो भने म्यानचेस्टर सिटीलाई अहिलेको लयमा फर्कन पनि समस्या हुनेछ। 

लगातार दुई पटक च्याम्पियन्स लिग फाइनल खेलेर एक पटक विजयी भएको लिभरपुल २०१७ मा च्याम्पियन्स लिगमा नै थिएन। त्यसअघिको सिजन प्रिमियर लिगमा लिभरपुल आठौँ स्थानमा थियो। यसले पनि देखिन्छ, अवस्थाहरु कति छिटो परिवर्तन भइदिन्छ। 

फुटबलमा समय एउटै रहँदैन नै। आउने जाने प्रक्रिया चलिरहन्छ। उस्तै शीर्षमा रहने र तल झर्ने प्रक्रिया पनि एकै हुँदैन। तर अहिलेको म्यानचेस्टर सिटीबाट गार्डिओला बाहिरिन्छन् भने सिटीले आफ्नो फुटबल यही ढंगमा बढाउने एउटा समय भने गुमाउने छ। 

अहिले लिग तालिकामा दोस्रो स्थानमा रहेको सिटीलाई च्याम्पियन्स लिगबाट प्रतिबन्ध लगाउने हो भने लिगको पाँचौँ स्थानमा रहेको क्लबले च्याम्पियन्स लिगमा स्थान बनाउने छ। यसैले पनि सिटीमाथिको प्रतिबन्ध के हुन्छ भन्ने विषय अन्य क्लबमा पनि विशेष चासो बनिरहेको छ। 

कारबाही हुने गरी सिटीले गरेको के हो त? 
वास्तवमा म्यानचेस्टर सिटी कारबाहीमा पर्नुको कारण हो लुकाइएको आर्थिक गतिविधि। व्यक्तिगत रुपमा भएका भुक्तानी र प्रायोजन सम्झौतामा भएका भुक्तानीहरु पनि स्पष्ट नभएको युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफको अनुसन्धानले देखाएको थियो। 

म्यानचेस्टर सिटीको कारोबारको सम्बन्धमा ‘फुटबल लिक्स’ ले विभिन्न कागजपत्रहरु र गोप्य इमेलहरु सार्वजनिक गरेको थियो। विशेषतः जर्मन पत्रिका ‘डेर स्पाइगेल’ मा उक्त विषय पहिलोपटक आएको थियो। 

यसैले म्यानचेस्टर सिटीले आफूहरुविरुद्ध गलत नियतले केही समूह लागिपरेको र प्रतिष्ठामा आँच पुर्‍याउन गैरकानूनी रुपमा ह्याक गरेर कागजपत्रको गलत प्रयोग गरेको जनाइरहेको छ। सिटीले बाहिर आएका इमेलहरु पनि कारोबारमा आधारित इमेलहरु नभएको जनाएको छ।

प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
राष्ट्रपतिसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस
राष्ट्रपति र प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता
सम्बन्धित सामग्री
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
ताजा समाचारसबै
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह बुधबार, माघ १४, २०८२
राष्ट्रपतिसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस बुधबार, माघ १४, २०८२
राष्ट्रपति र प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता बुधबार, माघ १४, २०८२
रौतहटमा नक्कली भारुसहित दुई जना पक्राउ बुधबार, माघ १४, २०८२
सुनको मूल्य तोलामा ३ लाख १९ हजार नजिक पुग्यो बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्