काठमाडौं- एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत वायरफ्री प्लस वाइफाइ सेवाको लागि बुकिङ सुरु गरेको घोषणा गरेको छ। एनसेलले पहिलो पटक नयाँ प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुवै प्रयोजनका लागि उपयुक्त हुने वायरफ्री प्लस वाइफाइ सेवा ल्याउन लागेको हो।
यो सेवा लिनको लागि इच्छुक ग्राहकले प्रभु पे, प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरमा गएर बुकिङ गर्न सक्नेछन्। यसमा ग्राहकले विभिन्न सेवाहरूको आकर्षक बन्डलिङ पाउन सक्ने कम्पनीले जनाएको छ। बन्डलिङ सेवाअन्तर्गत २ वटा सिमकार्ड, प्रत्येक सिममा ५ जिबी डेटा, एनसेल नेटवर्कभित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिकलगायतका डिजिटल कन्टेन्टहरु समावेश हुने कम्पनीले जनाएको छ।
एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि समूहअन्तर्गत ३० दिन, ९० दिन, २१० दिन वा ४२० दिनको प्याकेजहरु लिन सक्ने कम्पनीले जानकारी दिएको छ।
सुरुको चरणमा सुदूर पश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरा देखि पुर्वको मोरङ, सुनसरी र धनकुटा सम्म देशका विभिन्न ४० भन्दा बढि जिल्लामा यो सेवा उपलब्ध हुने बताइएको छ।
यो सेवासम्बन्धी थप जानकारीको लागि एनसेलका ग्राहकले आफ्नो कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्नेछन्। साथै एनसेलको वायरफ्री प्लस वाइफाइ पेजमा गई विस्तृत जानकारी लिनुका साथै बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।