• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ३०, २०८३ Sat, Aug 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

ललिता निवासभन्दा बढी जग्गा घोटालाको खेल हुँदै, महाराजगञ्जको ४७३ रोपनीमा भूमाफियाका आँखा

व्यक्तिको बनाउन अदालतसम्म सेटिङको आशंका
64x64
दुर्गा दुलाल सोमबार, असार २९, २०७७  १६:००
1140x725

काठमाडौँ– बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेर चार मन्त्री (तत्कालीन)सहित १ सय १० जनाले भ्रष्टाचार मुद्दा खेपिरहेका बेला काठमाडौंकै अर्को सरकारी जग्गा व्यक्तिको बनाउन खेल शुरु भएको खुलासा भएको छ। ललिता निवास नजिकै महाराजगञ्जको ४ सय ७३ रोपनी १५ आना २ दाम जग्गा व्यक्तिको बनाउने चलखेल शुरु भएको हो। 

सर्वोच्च अदालतमार्फत् आफूअनुकूल फैसला गराएर महाराजगञ्जको सो जग्गा व्यक्तिको बनाउन भन्दै अहिले सर्वोच्च परिसरमा बिचौलियाको घुमफिर बढेको छ। वि.स. २०२१ मा भूमिसम्बन्धी ऐन लागू हुनुअघि केशर शमशेर राणाका नाममा ६७१ रोपनी ८ आना २ पैसा २ दाम जग्गा थियो। तर ऐन लागू भएपछि व्यक्तिका नाममा रहन पाउने हदबन्दीभन्दा बढी भएको भन्दै ४७३ रोपनी १५ आना २ दाम बढी जग्गा सरकारीकरण गरिएको थियो। केशर शमशेरका नाममा १९७ रोपनी ९ आना २ पैसा जग्गा कायम राख्दै सोभन्दा बढी जग्गा सरकारीकरण गरिएको थियो। केशर शमशेरका नाममा भएको सो जग्गा ७ नम्बर फाँटवारीमा थियो।

ऐनअनुसार नापी कार्यालयले केशर शमशेरका सन्तानहरूले राख्न पाउनेभन्दा बढी भएको ४७३ रोपनीभन्दा बढी जग्गा नेपाल सरकारका नाममा कायम गरिएको थियो। उक्त जग्गा आफूहरूले दाताबाट बकस पाएको दाबी गरी सो जग्गा सरकारी नभई आफूहरूकै नाममा हुनुपर्ने भन्दै विपक्षी निवेदकहरु अदालतल धाइरहेका छन्। करिब १९८ रोपनी राणा परिवारका नाममा दर्ता हुने तर सोभन्दा बढी भएको उक्त फाँटको जग्गा भने सरकारी हुने तत्कालीन भूमिसुधार कार्यालयले निर्णय गरेको थियो। उक्त जग्गा हत्याउन राणा परिवार र बिचाैलिया मिलेमताेमा एकपछि अर्काे मुद्दा लिएर सर्वोच्च अदालत धाइरहेको पाइएकाे छ।

हदबन्दीभन्दा बढी भएको जग्गा सरकारले प्राप्त गरी रोक्का हुँदाहुँदै निवेदकहरूले खरिद गरी लिएको देखिन आएको हुँदा रिट निवेदन खारेज हुनुपर्ने भूमिसुधार कार्यालय काठमाडौंले सर्वोच्चमा लिखित जवाफ पठाएको थियो। तैपनि भूमाफियाहरू सो जग्गा व्यक्तिकै नाममा दर्ता गराउन एकपछि अर्को मुद्दा लिएर अदालतमा मुद्दा हालिरहेका छन्।

भूमिसम्बन्धी ऐन २०२१ लागू हुँदा पेश गरेको ७ नं. फाँटवारीमा देखाएका सबै (६७१ रोपनीभन्दा बढी) जग्गा आफूहरूका नाममा कायम हुनुपर्ने दाबी गर्दै राणा परिवार तत्कालीन समयमा नै सर्वोच्च पुगेका थिए। हदबन्दीसम्बन्धी छानबिन गर्न गठित समितिले जग्गाको छानबिन गरी ६७१ रोपनी ८ आना २ पैसा २ दाम जग्गामध्ये हदबन्दीभित्र पर्नेभन्दा बढी हुने जग्गा राणाको सन्तानहरूको नाममा दर्ता हुने ठहर गरेको थियो।

भूमिसुधार कार्यालयले २०५४ पुस २५ मा साम्राज्य शमशेर जबरालगायतको तीन परिवारले राख्न पाउने जग्गामध्ये आंशिक फुकुवा भई अन्य व्यक्तिका नाउँमा हक हस्तान्तरण भएको भनेको थियो। तत्कालीन समयमा उनीहरूका तीन परिवारले ७२ रोपनी ४ आना २ पैसा २ दाम जग्गा मात्र राख्न पाउने गरी निर्णय भएको थियो। उक्त निर्णयविरुद्ध साम्राज्य शमशेरसमेत पुनरावेदन अदालत पाटनमा रिट दर्ता गराएका थिए।

उक्त रिटमा सुनुवाइ गर्दै  तत्कालीन पुनरावेदन अदालत पाटनले २०५६ कात्तिक ९ मा भूमिसुधार कार्यालयकै निर्णय सदर हुने फैसला सुनाएको थियो। पुनरावेदको सो फैसलालाई चुनौती दिँदै राणा पक्ष उक्त फैसला खारेज गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका थिए। साम्राज्य शमशेरकी पत्नी सरस्वती राणासमेतका ३ वटा निवेदन सर्वाेच्चमा परेका थिए। सरस्वती राणालगायत तीन रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्च अदालतले २०६२ भदौ १६ गते पुनरावेदन अदालत पाटनकै फैसला सदर गर्ने फैसला सुनायाे। पुनरावेदनले गरेकाे फैसलामा टेकेर सर्वाेच्चले दोहोर्‍याएर फैसला गर्नुपर्ने अवस्था नै नरहेको निर्णय सुनाएको थियो। सर्वोच्चले समेत खारेज गरे पनि यो जग्गा प्रकरणमा राणा परिवार मौन बसेनन्। अनेक उपाय लगाउँदै सरकारी जग्गा व्यक्तिको बनाउने चलखेल उनीहरुले जारी राखे।

nimb
nimb
Ncell 2
Ncell 2

जग्गाको लफडा 
२०२१ सालमा भूमिसम्बन्धी ऐन लागू भएकै वर्ष केशर शमशेरको मृत्यु भयो। उनको मृत्यु भएपछि जग्गामा विवाद शुरु भयो। महाराजगञ्ज (हा. नं २२४)को ११६ रोपनी १ आना ३ पैसा जग्गाको लगत २०२६ सालमा साम्राज्य शमशेर, मुरारी शमशेर, मिहिरकला कुमारी राणा, अरविन्द शमशेरको नाममा संयुक्त नामसारी भएको थियो। सोही लगतका आधारमा २०२८ भदौ ३० मा मालपोत कार्यालय काठमाडौंमा संयुक्त नाममा दर्ता श्रेस्ता कायम गरिएको थियो।

संयुक्त दर्तावालामध्येका एक जना मुरारी शमशेरले २०३९ कात्तिक १६ मा कान्ति राणालाई आफ्नो हक शेषपछिको अवस्थामा बकस गरिदिएका थिए। अर्की संयुक्त दर्तावाल मिहिरकला कुमारी राणाले २०३६ भदौ २९ मा कृष्णा राणालाई शेषपछिको बकस गरिदिइन्। मिहिरकलाबाट कृष्णालाई आएको त्यही हक कृष्णा राणाले २०५७ भदौ ५ मा ज्योत्सना राज्यलक्ष्मी सिंहलाई बकस गरिदिइन्। यसरी यो जग्गा कान्ती राणा, अरविन्द शमशेर, ज्योत्सना राज्यलक्ष्मी सिंह र साम्राज्य शमशेरका नाममा संयुक्त दर्ता हुन पुग्यो। नयाँ नापी बमोजिम काठमाडौं महानगरपालिका-३ कित्ता नम्बर ७ समेत २९ कित्ता जग्गा कान्ति राणाले मुरारी शमशेरबाट २०३९ कात्तिक १६ मा शेषपछिको बकसस्वरुप पाएकी थिइन्। 

चार नयाँ जग्गाधनीको प्रवेश 
२०६५ सालमा नयाँ जग्गा दाबी गर्ने व्यक्तिको शुरुवात भएको देखिन्छ। ४ सय ७३ रोपनीभन्दा बढी सरकारी जग्गा आफूहरूको नाममा ल्याउने राणाहरुको चलखेल अदालतले असफल बनाइदिएपछि उनीहरूले सो जग्गा स्थानीय नेवार जातिका व्यक्तिलाई बकस दिए। त्यसपछि यो जग्गा चलखेलमा नेवार परिवार प्रवेश भएको देखिएको छ। नेवार परिवारले पनि राणा परिवारकै चलखेललाई निरन्तरता दिए। यसपछि यो विवादमा नयाँ रुपमा पुनः शुरु भएको देखिन्छ। 

केशर शमशेरका सन्तान अरविन्द शमशेर र ज्योत्सना राज्यलक्ष्मीले २०५६ वैशाख १२, २०६५ जेठ १२ र २०६५ जेठ १९ गते तीन वटा लिखत गर्दै नेवार परिवारलाई हक हस्तान्तरण गरेको देखिएको छ। यसरी आशकुमारी थसु, दिलमयाँ त्वयना, मैया कासुला र विमला थापासमेतका नाममा उक्त जग्गा आउँछ। राणा परिवारबाट नेवार परिवारमा सो जग्गाको हक हस्तान्तरण भएपछि संयुक्त नाममा दर्ता श्रेस्ता भएका जग्गाको चार भागको तीन भाग जग्गामा आफूहरूको हुने दाबी उनीहरूको छ। दाता अरविन्द शमशेर र ज्योत्सना राज्यलक्ष्मी सिंहले संयुक्त दर्तावालामध्येका एक साम्राज्य शमशेरकी श्रीमती समेतलाई विपक्षी बनाई सो जग्गा फिर्ता गराइपाउँ भन्दै फिरादपत्र लिएर काठमाडौं जिल्ला अदालत पुग्छन्। उनीहरुले फिरादमा काठमाडौं जिल्ला अदालतबाट मागदाबी बमोजिम हुने फैसला गराउन सफल हुन्छन्।

नेवार परिवारको चाहनाअनुसार नै काठमाडौं जिल्ला अदालतले फैसला गरिदिएपछि लगत्तै उनीहरू रोक्का जग्गा फुकुवा गरिपाँऊ भन्दै निवेदन लिएर भूमिसुधार कार्यालय पुग्छन्। भूमिसुधार कार्यालयमा यो निवेदन २०६५ असार ३० मा दर्ता भएको देखिन्छ। अदालतवाट २०५४ पुस २५ मा सरकारी जग्गा कायम गर्ने भनी भएको फैसला नै अन्तिम देखिएकाले उक्त जग्गा तत्काल फुकुवा गर्न नमिल्ने जानकारी गराई भूमिसुधारले मिसिल तामेलीमा राख्ने निर्णय गर्दछ।

तर उनीहरूले सो जग्गा आफूहरूको नाममा आउनुपर्ने दाबी छोड्दैनन्। आफूहरुका नाममा रहेको २० कित्ता जग्गा सम्पूर्ण रुपमा रोक्का राख्ने गरी भएको निर्णय तथा तत्सम्बन्धी यावत् काम कारवाही उत्प्रेषणको आदेशले बदर हुनुपर्ने जिकीर गर्दै २०६५ असोज १ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरे। उक्त मुद्दा चार वर्ष सर्वोच्चमा विचाराधीन हुँदै २०६९ असार २५ गते फैसला सुनायो। तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र डा भरतबहादुर कार्कीको संयुक्त इजलासले सरकारी जग्गा रोक्का खुलाउने आदेश गर्न नमिल्ने भन्दै खारेज हुने फैसला सुनायो। सर्वोच्चले सरकारी जग्गा फुकुवा गर्न नमिल्ने भन्दै निवेदकहरुको हक जति चार भागको तीन भाग फुकुवा गराउने आदेश जारी गर्न अस्वीकार गर्‍यो। 

टुंगिएको मुद्दा फेरि सर्वोच्चमा
तत्कालीन प्रधानन्यायाधीश रेग्मीको इजलासले टुंग्याएको मुद्दा पुनः २०७३ असोज १२ गते सर्वोच्च पुग्यो। भूमिसुधार कार्यालय काठमाडौं , मालपोत कार्यालय काठमाडौं, भुमिसुधार तथा व्यवस्थापन विभाग बबरमहल काठमाडौं, भुमि सुधार तथा व्यवस्था मन्त्रालय र नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै आसाकुमारी थुसासमेत गरी ४ जनाले मुद्दा दायर गरे। मुद्दामा गरिएको मागदाबी पुरानै थियो।

उक्त मुद्दाको पहिलो सुनुवाइका लागि सर्वोच्चले २०७४ भदौ १५ गते पेसी तोक्यो। न्यायाधीशहरू ओमप्रकाश मिश्र, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको इजलासामा पेसी चढ्यो। तर उक्त पेसीलाई विपक्षीका कानुन व्यवसायीले हटाए। अर्को पेसी २०७४ कात्तिक २३ गते तोकियो। हालका प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणासहित तीन न्यायाधीशको इजलासमा पेसी तोकिएको थियो। उक्त जग्गा विवादमा राणाले आफूले मुद्दा हेर्न नमिल्ने भनेपछि स्थगित भयो। उक्त मुद्दा राणा, शारदाप्रसाद घिमिरे र केदारप्रसाद चालिसेले हेर्न नमिल्ने थियो। 

१३ पटक सुनुवाइ सर्‍यो
२०७३ सालमा दर्ता भएको मुद्दाको पहिलो सुनुवाइ तीन वर्षपछि २०७६ पुस २३ गते मात्र भयो। न्यायाधीशहरू सपना प्रधान मल्ल, डम्बरबहादुर शाही र प्रकाशकुमार ढुङ्गानाको इजलासले फाइल मगाउने आदेश गर्‍यो। यसअघि उक्त मुद्दा १३ पटक पेसी चढेर 'हेर्न नमिल्ने', 'नभ्याउने'  भन्दै स्थगित हुँदै आएको थियो। पहिलो सुनुवाई भएको करिब १ महिनापछि २०७६ माघमा पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही र प्रकाशकुमार ढुङ्गानाको इजलासमा पुनः पेसी तोकियो। सो दिन पनि बहस नसकिएपछि 'हेर्दाहेर्दै'मा राखियो। 'हेर्दाहेर्दै'को उक्त मुद्दा २०७७ असार १८ गते सपना प्रधान मल्ल, पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासमा पेसी तोकियो। उक्त दिन सुनुवाई सक्दै निर्णय सुनाउने मिति तोकियो। अब छिटै सर्वोच्चले यसमा फैसला सुनाउने तयारी गरेको छ।

टुंगिएको मुद्दा कसरी ब्युँतियो?
यो जग्गा विवाद खिलराज रेग्मीसहितको संयुक्त इजलासले अन्तिम किनारा लगाइसकेको थियो। रेग्मी र भरतराज उप्रेतीको इजलासले सरकारी जग्गा व्यक्तिको बनाउन नसकिने भन्दै २०६९ असारमा २५ गते टुंग्याएको थियो। 

यसअघि पनि २०६१ फागुन २७ गते हदबन्दीभित्रकै जग्गा भएको भन्दै रिट खारेज भएको थियो। राणा परिवारका तर्फबाट दायर भएका हदबन्दी र जग्गा जफतविरुद्ध भएका तीन थान मुद्दालाई न्यायाधीश शारदा श्रेष्ठ वैद्य र राजेन्द्रकुमार भण्डारीको इजलासले खारेज हुने फैसला सुनाएको थियो। सरस्वतीकुमारी राणासमेत र राणा परिवार दाता बनी जग्गा पाएका नयाँ भोगाधिकारवाला आसाकुमारी थुसासमेतको मुद्दा किनारा लागिसक्दा पनि २०७३ असोजमा फेरि सर्वोच्च प्रवेश हुन सफल भयो।

यसरी किनारा लागिसकेको मुद्दा पटकपटक सर्वोच्च प्रवेश हुनुमा आर्थिक चलखेल र सेटिङकै शंका भएको महान्यायाधिवक्ता कार्यालयको दाबी छ। दुई पटकसम्म हदबन्दी र दर्ता गर्न नमिल्ने ठहर भएको जग्गा पुनः नयाँ जग्गाधनी खडा भई दर्ता हुनु र सर्वोच्चले लामो समयसम्म सुनुवाई नगरी अहिले एक्कासी अन्तिम किनारमा हुन लागेकाले यसमा बिचौलियाहरुले सेटिङ गरेको शंका उत्पन्न भएको सरकारी वकिल कार्यालयका एक अधिकृतले बताए। शुरुमा सर्वोच्चले यो विषय  किनारा लागिसकेको भनी निस्सा नै दिनुनपर्नेमा अघि बढाएर यसलाई मिलमतोमा सुनुवाई गराएको हुनसक्ने उनको तर्क छ।

प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १६:००
  • #473-Ropani-Maharajgunj

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
पत्रकार श्रेष्ठको घर र कार्यालयमा खानतलासी उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार किशोर श्रेष्ठको घर र कार्यालयमा खानतलासी गरेको छ। बिहीबार, साउन २८, २०८३
माधव नेपाल प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउने आदेश मंगलबार विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा यस्तो आदेश गरेको हो । मंगलबार, साउन २६, २०८३
इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या कफी वा चियाको तुलनामा इनर्जी ड्रिंक्सको एउटै क्यान वा बोतलमा धेरै मात्रामा क्याफिन हुन सक्छ, जुन कहिलेकाहीँ धेरै कप कफी बराबर हुन्छ।... मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के? शनिबार, साउन ३०, २०८३
मुस्ताङको घरपझोङमा भन्सारबिनै भित्रिएका ८ कन्टेनर प्रहरी नियन्त्रणमा, चालक पनि पक्राउ शनिबार, साउन ३०, २०८३
एक सरकारी अधिकृतबाटै अर्को अधिकृत बलात्कृत, न्यायका लागि दुई महिनादेखि सडक संघर्षमा शनिबार, साउन ३०, २०८३
हतियार र हिंसा छाडेका महिलाहरु ‘फेशन सो’मा! शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्