complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

व्यवसायीलाई गाडीको चिन्ता, मजदूरलाई पेटको

कसरी चल्लान् सार्वजनिक यातायात? 
शिव बोहरा/ऋग्वेद शर्मा बुधबार, असार २४, २०७७  १२:४१
1140x725

काठमाडौं- गाडी पार्किङ गरेनजिकै चोकमा जसोतसो बिहानको खाना पाक्यो। तर अब खाना खाएपछि के गर्ने? अरु काम पनि त खासै पाइएको छैन। गाडी नचलेको त सय दिन कट्यो। त्यसैले खाना खान पाउनु नै आजको उपलब्धी भयो। हुन पनि भोकै पेट पनि त कति दिन बसियो। 

कान्तिपुर यातायातका चालक ठाकुर सापकोटा र सहचालक भक्तप्रसाद रिमालसँगै केही मजदूरहरु बसुन्धरा चौकी नजिकै यसै निराश टोलाइरहेको लामो समय भयो। कोरोना माहामारीले यसरी अकड्ला भन्ने उनीहरुले चिताएकै थिएनन्। सोचेको भए त कति साथीभाइ हिँड्दै घर जाँदा उनीहरु किन यहाँ बस्थे र!

चैतको दोस्रो सातासम्म त साहुले चामलसम्म दिएका थिए। त्यसपछि त साहुले पनि हेरेका छैनन्। साथीभाइसँग सरसापट पनि कति माग्नु। घर बनाएको ठाउँमा ईंटा बोक्ने र सामान पन्छाउने कामले केही दिन चल्यो। त्यही काम पनि सधैँ कहाँ पाउनु। घर भाडा तिर्न सक्ने अवस्था रहेन। त्यसैले बास अहिले गाडीमै छ। 

अब त आश पनि मर्दै गयो। कसैले गरिदेला भनेर कति चिताउनु। यसैले उनीहरु हरेक दिन काम खोज्न हिँड्छन्। जे पाइन्छ त्यही काम गर्छन्। त्यसैले जसोतसो टरिरहेको छ भोक।   

‘हामी चारपाँच जान मिलेर सडकमा दाउरामै खाना पकाएर खाइरहेका छौं। लकडाउन भएको केही समयसम्म त साहुहरु आइरहुन भएको थियो। सुरुमा ३०/४० केजी चामल राहत समेत दिएका थिए। तर त्यसपछि हामी आफैले जे काम पाइन्छ त्यही गरेर पेट पाल्दै आएका छौं’ कान्तिपुर यातायातका चालक ठाकुर सापकोटाले सुनाए। 

धन्न ठाकुरको घरपरिवार गाउँमा नै रहेकाले उनीहरुलाई खानपानकै चिन्ता भने छैन। ठाकुर चोकमा नै दाउराको जोहो गरेर साथीसँगै खाने व्यवस्था मिलाइरहेका छन्। सबै गाडीकै सिट मिलाएर सुत्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘अब त तीन महिनाभन्दा बढी समयदेखि गाडी खडा बसेकाले चलाउन समेत समस्या हुने देखिएको छ। सरकारले हामीलाई दिने केही होइन रहेछ। हामीले मजदूरी गरेर समेत कर तिरिरहेका छौं। यती लामो समयदेखि गाडी त्यसै बसिरहेकाले साहुले पनि के गरुन र!’ ठाकुर केही निराश देखिए।

ठाकुरको जस्तै हो समस्या सहचालक भक्तप्रसाद रिमालको पनि। र अरु धेरै यातायात मजदूरको पनि। यस्तो होला भन्ने पहिले सोचिएन, अहिले विकल्प देखिएन। व्यवसायी र सरकारले पनि आफूहरुलाई हेर्लान् भन्ने पनि चिताउन छाडिसके। व्यवसायीलाई बैंकको ब्याज तिर्ने र पार्किङमै गाडी बिग्रिएको चिन्ता छ भने सरकारलाई धेरै सोच्ने फुर्सद नै छैन। 

कान्तिपुर यातायातका चालक ठाकुर सापकोटा र सहचालक भक्तप्रसाद रिमाल।

२०५८ सालदेखि यातायात मजदूरका रुपमा काम गरिरहेका भक्तले यस्तो समस्या यसअघि कहिल्यै भोगेकै थिएनन्। त्यसैले यतिसम्म होला भन्ने त कहिल्यै लाग्दै लागेन। 

‘अहिले त हामीलाई खान र बस्नको एकदमै समस्या छ। गाडीमै सुतिरहेका छौं। चैत २७ गतेसम्म साहुले नै खाने व्यवस्था गरेका थिए। त्यसयता केही गरेका छैनन्। अहिले हामी कुल्ली काम गरेर, चिनजानका दाजुभाइसँग सैसापट गरेर खाने गरेका छौं। कहिलेकाहिँ भोकै पनि बसिएको छ। यस्तै अवस्था रहिरहे के गर्ने भन्ने सोचिएकै छैन’ भक्तले दुःखेसो गरे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारसँग ठूलो आश नभए पनि कम्तिमा साहुले यसरी व्यवास्ता गर्लान् भन्ने उनीहरुले सोचेका थिएनन्। ठाकुर र भक्त जस्तै अरु धेरै मजदूरहरु त निराश पनि यति छन् कि उनीहरु बोल्नसम्म चाहँदैनन्। हुन पनि बोलेर के हुन्छ र? यहाँ बोलि कसले सुनिदिने। 

‘ल हेर्नुहोस् गाडीलाई घाँसले छोप्न लाग्यो। उता घाम पानीले टायर आफै पड्किन थाल्यो। पानीले पुर्जाहरु खिया लागिसकेछ। अब म यो बसहरु किलोको हिसाबले बेच्न बाध्य हुँदैछु। उता बैंकले किस्ता चाहियो भन्दैछ। अब भन्नु म के गरौँ?’ यातायात व्यवसायी कान्ति श्रेष्ठले हप्ताअघि फेसबुकमार्फत प्रश्न गरे। गाडी पार्किङको तस्बिरसहित उनले गरेको प्रश्नको उत्तर अझै व्यवसायीहरु नै खोजिरहेका छन्। 

कान्तिले राखेको जस्तै पार्किङमा रहेको गाडीको हालत सबैतिर उस्तै खराब छ। एक त पाटपुर्जा बिग्रिएका छन् भने अर्को त गाडी चल्न थालेपछि हुने दुर्घटनाको जोखिम पनि बढ्ने देखिन्छ। माटोमा गडेका पाङ्गा, खिया लागेका पाटपुर्जा, धुजिएका सिट सबै देखेर व्यवसायी किलोको भाउमा गाडी बेच्ने निराशा पोखिरहेका हुन्। 

कोरोनाको जोखिमलाई विचार गरेर सुरक्षित रुपमा कसरी सार्वजनिक यातायात फर्काउन सकिन्छ भन्नेबारे बुधबारदेखि देखिने गरी छलफल सुरु भएका छन्। प्रधानमन्त्री केपि शर्मा ओलीले कोभिड १९ संकट व्यवस्थापन केन्द्र .सिसिएमसी)लाई सार्वजनिक यातायात संचालन गर्नका लागि आवश्यक तयारी गर्न मंगबलार अबेर निर्देशन दिएका थिए। त्यसैले बुधबार विकास तथा प्रविधि समितिमा छलफल भइरहेको छ। 

यसअघिदेखि नै व्यवसायीहरु सम्भावित विकल्पका बारेमा छलफलमा निरन्तर थिए। तर सरकारी निर्देशनको पर्खाइ नै लामो समय भइसकेको छ। मानिसहरु यसै पनि कोरोनाको जोखिम नबुझेर जस्तो भिडभाड गर्ने र बिना मास्क पनि हिँडिरहने देखिइरहँदा सार्वजनिक यातायातमा के होला भन्ने डर पनि छँदैछ।  

हुन त अहिले सार्वजनिक यात्रुबाहक सवारी साधन बाहेकका सबैजसो सवारी चल्न थालेका छन्। निजी सवारीसाधन समेत जोर बिजोरका आधारमा चल्न थालेको महिना बित्न लाग्यो। तर यात्रुबाहक सार्वजनिक बस नचल्दा बसमा खिया लागिसक्यो भने मजदूरहरु थप समस्यामा छन्। 

‘अब सार्वजनिक बस चलाउँदा एउटा बसका लागि कम्तिमा २ लाख रुपैयाँ खर्च गर्नुपर्ने हामीले देखेका छौं,’ महानगर यातायात प्रालिका कार्यकारी केशव नेपाल भन्छन्, ‘बसको टायरदेखि ब्याट्री, मोबिल, गेयर आयललगायत धेरै कुरा फेर्नुपर्ने हुन्छ। हामीले सामान्य रुपमा अध्ययन गर्दा यी कुरा फेर्नै पर्ने देखिएको छ।’

बैंकले व्यवसायीलाई प्रत्यक्ष रुपमा किस्ता/ब्याज राख्न नभने पनि घुमाउरो रुपमा दबाद दिन थालेको नेपालले बताए। ‘प्रत्यक्ष रुपमा बैंकहरुले ब्याज मागेका त छैनन्। तर खातामा भएको केही रकम काटी सकेकाले सन्चो बिसन्चो सोध्ने भन्दै फोन गरिरहेका छन्,’ उनले भने, ‘यसरी फोन गरिरहनु भनेको घुमाउरो पारामा पैसा माग्नु पनि हो।’ तर व्यवसायीहरु अहिले किस्ता तथा ब्याज तिर्न नसक्ने अवस्थामा नरहेको उनको भनाइ छ।

‘अब कुरा रह्यो सार्वजनिक बसमा आश्रित मजदूरहरुको। हामीले मजदूरलाई र उनीहरुको परिवार बाँच्न पुग्ने पैसा दिन नसकेको सत्य हो,’ नेपालले भने, ‘तर पनि हामीले सक्ने जति दिएका छौं। बैंकको ब्याज र किस्ताले पनि हामीलाई पेलिरहेकै छ।’

सरकारले यातायात व्यवसायीलाई प्रत्यक्ष प्रभाव पर्ने कुनै राहत प्याकेज नल्याएको नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए। ‘सबै खाले सवारीसाधनहरु चल्न दिइएको छ। निजी सवारीले भाडामा यात्रु बोकिरहेका छन्,’ उनले भने, ‘तर सरकारले अर्बौं लगानी रहेको सार्वजनिक यातायात सञ्चालनका लागि कुनै पहल गरेको छैन।’

बसहरु खिया लागेका छन्, मजदूरहरुले पेट पाल्न नसक्ने अवस्था छ तर यस्तो अवस्थामा पनि सरकारले कुनै प्याकेज नल्याएको उनको भनाइ छ। बस चल्दा पनि कुन क्षेत्रमा कस्ता बस चल्ने हो भन्ने कुरामा समेत सरकारले चासो नदिएको सिटौलाको जिकिर छ।

व्यवसायीले पनि आम्दानी नभएका कारण मजदूरहरुलाई आवश्यकता अनुसार तलबभत्ता दिन सकेका छैनन्। ‘हामीले मजदूरहरुका लागि सक्दो सहयोग गरिरहेका छौं,’ उनले भने, ‘व्यवसायी आफै समस्यामा भएकाले आवश्यक सहयोग गर्न भने सकेका छैनौं।’

हाल नेपालमा लामो तथा छोटो दूरीमा सञ्चालित साना/ठूला गरि करिब ४ लाख सार्वजनिक सवारीसाधन छन्। सार्वजनिक यात्रुबाहक बसमा करिब १० लाख मानिसहरु प्रत्यक्ष रोजगारी पाएका छन् भने ४० लाख आश्रित परिवार रहेको अनुमान गरिएको छ। यकिन अध्ययन नभए पनि सार्वजनिक यात्रुबाहक बसमा करिब १० खर्ब लगानी रहेको बताइन्छ। 

समस्या सबैका छन्। पीडा सबैका छन्। तर गास र बासको अन्योल भन्दा ठूलो पीडा के होला? यस्तोमा प्रमुख केन्द्रमा राखेर सोच्नुपर्ने विषय के हो भन्नेमा सबै अन्योलमा छन्। प्रधानमन्त्रीले नै सार्वजनिक यातायात कसरी चलाउन सकिन्छ भन्नेबारे तयारी गर्न निर्देशन दिएकाले अहिले मजदूरहरु अब धेरै पर्खन नपर्ला भन्ने आशमा पनि छन्। 

 

प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १२:४१
  • #लकडाउन
  • #मजदूर
  • #सार्वजनिक-यातायात
  • #सवारी-साधन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्