काठमाडौं– मंगलबार (आज) विभिन्न ७ वटा उडानमार्फत ११ सय ७७ नेपाली स्वदेश फर्किएका छन्। साउदी, मलेसिया, कुवेत, र युएईमा कोरोनाका कारण समस्यामा परेका नेपाली स्वदेश फर्किएका हुन्।
साउदीबाट दुई उडानमार्फत ४०६, कुवेतबाट ४६८, मलेसियाबाट १४८ र युएईबाट १५५ नेपाली स्वदेश फर्किएका हुन्। यसअघि विभिन्न मुलुकमा कोरोनाका कारण समस्या परेका २० हजारभन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन्।
उनीहरु कतिपयको रोजगारदाताले टिकट खर्च व्यहोरिदिएको छ भने कतिपय आफ्नै खर्चमा स्वदेश आउनका लागि फारम भरेर बसेपनि सरकारले उडानको व्यवस्था नगर्दा अलपत्र अवस्थामा रहेका छन्। स्वदेश फर्कन पैसा नहुनेहरू अझै अलपत्र अवस्थामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।