• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अदालतमा रक्सी बहस : के होला भीमबहादुरका नाबालक छोराछोरीको भविष्य?

64x64
नारायण अधिकारी सोमबार, असार २२, २०७७  १९:१६
1140x725

काठमाडौं- एउटा कर्तव्य ज्यान मुद्दाको वरिपरि जेलिएको छ, रक्सी। यो मुद्दाको गाँठो पत्ता लगाउन त्यही रक्सीमा पुग्नुपर्छ। रक्सीलाई पन्छाएर अघि बढे यो विषयको 'चुरो'मा पुग्न सहज छैन। मुद्दाको सुरु रक्सीबाटै हुन्छ र अन्तर्य पनि रक्सीसँगै गाँसिएको छ। यही मुद्दा किनारा लगाउनका लागि भीमबहादुरका नाबालक छोराछोरीदेखि न्यायाधीशसम्मले रक्सीबारे बहस गरिसके। तर मुद्दाको छिनोफानो हुन अझै केही समय कुर्नुपर्ने भएको छ।

रक्सी जेलिएको यो मुद्दाबाट भीमबहादुरका नाबालक छोराछोरीले समेत उम्कन पाएका छैनन्। रक्सी बहससँगै उनीहरुको दैनिकी पनि जोडिएको छ। उनीहरु बिचल्लीमा परेका छन्। भीमबहादुरका नाबालक छोराछोरीको समेत बिचल्ली पार्ने रक्सीबारेका अन्तरकुन्तर नेपाल लाइभले खोतल्ने प्रयास गरेको छ।

तेह्रथुमका भीमबहादुर लिम्बूले करिब २० वर्षअघि सीता लिम्बूसँग बिहे गरे। आर्थिक अवस्था नाजुक भएका भीमबहादुर ‘उठ जोगी, फट्कार छाला, जहाँ जाला त्यहीँ खाला’ भन्दै काठमाडौंसम्म आइपुगे। ज्यामी काम गरेकै भरमा एक छोरा, एक छोरी र श्रीमतीसहितको परिवार पाल्दै थिए। 

000

काठमाडौं बुढानीलकण्ठ नगरपालिका-१२ कपनमा कोठा भाडा लिएर बस्ने भीमबहादुर जेठ १६ गते राती ८ बजेतिर घर पुगे। ‘म कोठामा पुग्दा श्रीमती सीता रक्सी पिएर टिल्ल थिइन्। छोराछोरीलाई अश्लील गाली गर्दै कुटपिटसमेत गरिछन्। मलाई समेत अश्लील गाली गरिन्,’ असारको पहिलो साता काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासमा श्रीमतीको रक्सी नसा बताउँदै थिए भीमबहादुर।

नाबालक छोराछोरीहरुले बयानमा भनेका छन्, ‘आमा आफैंले भित्ता र भुईंमा टाउको ठोक्काएकाले चोटपटक लागेको थियो।’

भीमबहादुरले श्रीमती सीताको रक्सी अम्मलीबारे महानगरीय प्रहरी बौद्धसँग भनेका छन्, ‘उनी रक्सी पिएर सडकमा नै लड्थिन्। घरमा काम भने फिटिक्कै नगर्ने। रक्सीकै कारण ५/७ महिनादेखि पेटसमेत सुनिन थालेका थियो।’

अत्यधिक रक्सी पिएर पेट गडबढ हुने, हातखुट्टा सुनिने र जन्डिस पनि देखा परेपछि केही समयअघि भीमबहादुर सीतालाई उपचारका लागि अस्पताल पुर्‍याएका थिए। त्यसबेला ६ लाख रुपैयाँ ऋण काडेर भीमबहादुरले श्रीमतीको उपचार गरेका थिए। ‘अमिलो, पिरो, जाँडरक्सी खानु जोखिम हुन्छ। यी चिज चटक्कै छोड्नुहोला,’ डाक्टरले त्यसबेला भनेका कुरा न्यायाधीशसमक्ष सुनाए भीमबहादुरले। 

Ncell 2
Ncell 2

पुनः १६ गतेकै घटनातर्फ फर्किऔं। साँझमा आफूलाई समेत गाली गर्न थालेपछि भीमबहादुरले श्रीमतीलाई झापड हानेको बयान दिएका छन्। ‘मैले तर्साउने हिसाबले गाला, स्तन र योनी नजिक एकपटक लात र हातले हिर्काएको हो,’ १६ गते राती भएको घटनाको बयान दिँदै उनले सुनाए। भोलिपल्ट बिहान सास फेर्न गाह्रो भएपछि अस्पताल पुर्‍याउँदा डाक्टरले सीतालाई मृत घोषित गरे।

अत्यधिक रक्सी पिएकै कारण गाह्रो भएको, रक्सीकै कारण झगडा भएको र भोलिपल्ट अस्पातल पुर्‍याउँदा मृत घोषित भएकी सीताकी बहिनी सरस्वती खापुङले भिनाजु अर्थात् भीमबहादुरविरुद्ध कर्तव्य ज्यानको कसुरमा जाहेरी दिइन्। 

तर अदालतसमक्ष रक्सीकै कारण श्रीमतीको कलेजोले समेत काम गर्न छाडेको, रक्सी नखान डाक्टरले सीतालाई सुझाउँदासमेत रक्सी पिएकै कारण उनको ज्यान गएको दाबी भीमबहादुरको थियो। तर्साउने हिसाबले सामान्य कुटपिट गरेपछि भीमबहादुर अर्को कोठामा सुत्न गएका थिए। त्यसपछि के भयो उनलाई केही थाहा भएन। सीता रहेकै कोठामा उनीहरूका छोराछोरी पनि थिए। उनीहरुसँग समेत बयान लिइएको छ। 

‘बुवाले आमालाई मार्ने नियतले कुटपिट गरेको होइन। आमालाई डाक्टरले 'जाँडरक्सी खाँदा गाह्रो हुन्छ' भनेका थिए। तर आमाले खान नछाडेकाले बुुवाले सम्झाएँदा हात र लातले एकएक पटक हिर्काउनु भएको हो,’ उनीहरुले बयानमा भनेका छन्, ‘आमा आफैंले भित्ता र भुईंमा टाउको ठोक्काएकाले चोटपटक लागेको थियो।’

000

सीताको लासजाँच मुचुल्कामा अनुहार सुन्निएको, आँखाको दाँयाबाँया भाग, ओठ र चिउँडोमा समेत निलो/कालो दाग देखिएको, नाकदेखि ओठाको भागमा रगतजस्तो पदार्थ लागी सुकेको उल्लेख छ। यी चोटहरु भने उनी आफैंले भित्ता र भुईंमा ठोक्काएकाले भएको नाबालक छोराछोरीले बयान दिएका छन्।

पोस्टमार्टम रिपोर्टमा मृत्युको कारणबारे ‘ब्लन्ट फोर्स इन्ज्युरी टु हेड इन द प्रिजेन्स अफ क्रोनिक लिभर’ भन्ने व्यहोरा उल्लेख छ। पोस्टमार्टम रिपोर्टअनुसार मृतकको टाउकोमा चोट लागेको र कलेजोमा लामो समयदेखिको खराबी वा रोग रहेको देखिन्छ। 

आमाको मृत्यु भएको र बाबुसमेत कारागार चलान भएपछि दुई नाबालकको भविष्यसमेत अन्यौल भएको छ।

स्वास फेर्न गाह्रो भएपछि आफ्नी साली सरस्वतीलाई समेत फोन गरेर जानकारी गराएरै अस्पताल लगिएकाले पनि यसमा कर्तव्य ज्यानको कसुर लगाउनु ठिक नरहेको भीमबहादुरले अदालतसमक्ष बयान दिएका छन्। तीन वर्षभन्दा बढी कैद सजाय भएको फौजदारी मुद्दामा पुर्पक्षमा राख्नुपर्ने र प्रतिवादी कसुरदार होइनन् भन्ने पर्याप्त प्रमाण नपुगेको भन्दै असार १२ गते न्यायाधीश भट्टराईको इजलासले पुपर्क्षका लागि जेल पठाउने आदेश भयो।

रक्सीकै कारण कुटपिट भएर होस् वा रक्सी पिएकै कारण होस् आमाको निधन भयो। सोही केसमा बाबुसमेत जेल गएपछि उनीहरुका दुई नाबालक छोराछोरीको भने बिचल्ली भएको छ।

भीमबहादुरले नै ज्याला मजदूरी गरेर ल्याएको पैसाबाट उनीहरुको जीविकोपार्जन चल्दै आएको थियो। भीमबहादुरकै कमाइबाट छोराछोरीको पढ्दै आएका थिए। उनै भीमबहादुर जेल गएपछि उनीहरुको बिचल्ली भएको हो।

न्यायाधीश भट्टराईको इजलासले कुनै संघ संस्था वा नेपाल सरकारको सम्बन्धित निकायबाट उनीहरुको उचित व्यवस्थापन हुनुपर्ने देखिएको उल्लेख गर्दै नाबालकहरूको व्यवस्थापन गर्न भनेर सरकारी वकिल कार्यालय वा बौद्ध वृत्तलाई आदेश दिएको छ। तर उनीहरुबारे सरकारी निकायले हालसम्म पनि कुनै पहल गरेको छैन। आमाको मृत्यु भएको र बाबुसमेत कारागार चलान भएपछि दुई नाबालकको भविष्यसमेत अन्यौल भएको छ।

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ भने नेपाल बार एसोसिएसन लगायतले आलोचना र फिर्ता लिन दबाब बढाएपछि महान्यायाधिव... शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगको मुख्य गेटमा प्रहरी परिचालन आसन्न निर्वाचनको तयारीका लागि निर्वाचन आयोग परिसरमा चहलपहल बढिरहेका बेला नेपाली कांग्रेस विभाजनपछि आधिकारिकताका लागि दुई पक्षीय नेता... शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
मधेशका पूर्वमुख्यमन्त्री सिंहले दिए सांसद पदबाट राजीनामा सोमबार, माघ ५, २०८२
झापा पुगे ओली सोमबार, माघ ५, २०८२
निर्वाचन आयोगद्वारा कल सेन्टर स्थापना सोमबार, माघ ५, २०८२
प्रचण्ड आजै रुकुमपूर्व जाने सोमबार, माघ ५, २०८२
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्