• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अदालतमा रक्सी बहस : के होला भीमबहादुरका नाबालक छोराछोरीको भविष्य?

64x64
नारायण अधिकारी सोमबार, असार २२, २०७७  १९:१६
1140x725

काठमाडौं- एउटा कर्तव्य ज्यान मुद्दाको वरिपरि जेलिएको छ, रक्सी। यो मुद्दाको गाँठो पत्ता लगाउन त्यही रक्सीमा पुग्नुपर्छ। रक्सीलाई पन्छाएर अघि बढे यो विषयको 'चुरो'मा पुग्न सहज छैन। मुद्दाको सुरु रक्सीबाटै हुन्छ र अन्तर्य पनि रक्सीसँगै गाँसिएको छ। यही मुद्दा किनारा लगाउनका लागि भीमबहादुरका नाबालक छोराछोरीदेखि न्यायाधीशसम्मले रक्सीबारे बहस गरिसके। तर मुद्दाको छिनोफानो हुन अझै केही समय कुर्नुपर्ने भएको छ।

रक्सी जेलिएको यो मुद्दाबाट भीमबहादुरका नाबालक छोराछोरीले समेत उम्कन पाएका छैनन्। रक्सी बहससँगै उनीहरुको दैनिकी पनि जोडिएको छ। उनीहरु बिचल्लीमा परेका छन्। भीमबहादुरका नाबालक छोराछोरीको समेत बिचल्ली पार्ने रक्सीबारेका अन्तरकुन्तर नेपाल लाइभले खोतल्ने प्रयास गरेको छ।

तेह्रथुमका भीमबहादुर लिम्बूले करिब २० वर्षअघि सीता लिम्बूसँग बिहे गरे। आर्थिक अवस्था नाजुक भएका भीमबहादुर ‘उठ जोगी, फट्कार छाला, जहाँ जाला त्यहीँ खाला’ भन्दै काठमाडौंसम्म आइपुगे। ज्यामी काम गरेकै भरमा एक छोरा, एक छोरी र श्रीमतीसहितको परिवार पाल्दै थिए। 

000

काठमाडौं बुढानीलकण्ठ नगरपालिका-१२ कपनमा कोठा भाडा लिएर बस्ने भीमबहादुर जेठ १६ गते राती ८ बजेतिर घर पुगे। ‘म कोठामा पुग्दा श्रीमती सीता रक्सी पिएर टिल्ल थिइन्। छोराछोरीलाई अश्लील गाली गर्दै कुटपिटसमेत गरिछन्। मलाई समेत अश्लील गाली गरिन्,’ असारको पहिलो साता काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासमा श्रीमतीको रक्सी नसा बताउँदै थिए भीमबहादुर।

नाबालक छोराछोरीहरुले बयानमा भनेका छन्, ‘आमा आफैंले भित्ता र भुईंमा टाउको ठोक्काएकाले चोटपटक लागेको थियो।’

भीमबहादुरले श्रीमती सीताको रक्सी अम्मलीबारे महानगरीय प्रहरी बौद्धसँग भनेका छन्, ‘उनी रक्सी पिएर सडकमा नै लड्थिन्। घरमा काम भने फिटिक्कै नगर्ने। रक्सीकै कारण ५/७ महिनादेखि पेटसमेत सुनिन थालेका थियो।’

अत्यधिक रक्सी पिएर पेट गडबढ हुने, हातखुट्टा सुनिने र जन्डिस पनि देखा परेपछि केही समयअघि भीमबहादुर सीतालाई उपचारका लागि अस्पताल पुर्‍याएका थिए। त्यसबेला ६ लाख रुपैयाँ ऋण काडेर भीमबहादुरले श्रीमतीको उपचार गरेका थिए। ‘अमिलो, पिरो, जाँडरक्सी खानु जोखिम हुन्छ। यी चिज चटक्कै छोड्नुहोला,’ डाक्टरले त्यसबेला भनेका कुरा न्यायाधीशसमक्ष सुनाए भीमबहादुरले। 

Ncell 2
Ncell 2
nimb
nimb

पुनः १६ गतेकै घटनातर्फ फर्किऔं। साँझमा आफूलाई समेत गाली गर्न थालेपछि भीमबहादुरले श्रीमतीलाई झापड हानेको बयान दिएका छन्। ‘मैले तर्साउने हिसाबले गाला, स्तन र योनी नजिक एकपटक लात र हातले हिर्काएको हो,’ १६ गते राती भएको घटनाको बयान दिँदै उनले सुनाए। भोलिपल्ट बिहान सास फेर्न गाह्रो भएपछि अस्पताल पुर्‍याउँदा डाक्टरले सीतालाई मृत घोषित गरे।

अत्यधिक रक्सी पिएकै कारण गाह्रो भएको, रक्सीकै कारण झगडा भएको र भोलिपल्ट अस्पातल पुर्‍याउँदा मृत घोषित भएकी सीताकी बहिनी सरस्वती खापुङले भिनाजु अर्थात् भीमबहादुरविरुद्ध कर्तव्य ज्यानको कसुरमा जाहेरी दिइन्। 

तर अदालतसमक्ष रक्सीकै कारण श्रीमतीको कलेजोले समेत काम गर्न छाडेको, रक्सी नखान डाक्टरले सीतालाई सुझाउँदासमेत रक्सी पिएकै कारण उनको ज्यान गएको दाबी भीमबहादुरको थियो। तर्साउने हिसाबले सामान्य कुटपिट गरेपछि भीमबहादुर अर्को कोठामा सुत्न गएका थिए। त्यसपछि के भयो उनलाई केही थाहा भएन। सीता रहेकै कोठामा उनीहरूका छोराछोरी पनि थिए। उनीहरुसँग समेत बयान लिइएको छ। 

‘बुवाले आमालाई मार्ने नियतले कुटपिट गरेको होइन। आमालाई डाक्टरले 'जाँडरक्सी खाँदा गाह्रो हुन्छ' भनेका थिए। तर आमाले खान नछाडेकाले बुुवाले सम्झाएँदा हात र लातले एकएक पटक हिर्काउनु भएको हो,’ उनीहरुले बयानमा भनेका छन्, ‘आमा आफैंले भित्ता र भुईंमा टाउको ठोक्काएकाले चोटपटक लागेको थियो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

000

सीताको लासजाँच मुचुल्कामा अनुहार सुन्निएको, आँखाको दाँयाबाँया भाग, ओठ र चिउँडोमा समेत निलो/कालो दाग देखिएको, नाकदेखि ओठाको भागमा रगतजस्तो पदार्थ लागी सुकेको उल्लेख छ। यी चोटहरु भने उनी आफैंले भित्ता र भुईंमा ठोक्काएकाले भएको नाबालक छोराछोरीले बयान दिएका छन्।

पोस्टमार्टम रिपोर्टमा मृत्युको कारणबारे ‘ब्लन्ट फोर्स इन्ज्युरी टु हेड इन द प्रिजेन्स अफ क्रोनिक लिभर’ भन्ने व्यहोरा उल्लेख छ। पोस्टमार्टम रिपोर्टअनुसार मृतकको टाउकोमा चोट लागेको र कलेजोमा लामो समयदेखिको खराबी वा रोग रहेको देखिन्छ। 

आमाको मृत्यु भएको र बाबुसमेत कारागार चलान भएपछि दुई नाबालकको भविष्यसमेत अन्यौल भएको छ।

स्वास फेर्न गाह्रो भएपछि आफ्नी साली सरस्वतीलाई समेत फोन गरेर जानकारी गराएरै अस्पताल लगिएकाले पनि यसमा कर्तव्य ज्यानको कसुर लगाउनु ठिक नरहेको भीमबहादुरले अदालतसमक्ष बयान दिएका छन्। तीन वर्षभन्दा बढी कैद सजाय भएको फौजदारी मुद्दामा पुर्पक्षमा राख्नुपर्ने र प्रतिवादी कसुरदार होइनन् भन्ने पर्याप्त प्रमाण नपुगेको भन्दै असार १२ गते न्यायाधीश भट्टराईको इजलासले पुपर्क्षका लागि जेल पठाउने आदेश भयो।

रक्सीकै कारण कुटपिट भएर होस् वा रक्सी पिएकै कारण होस् आमाको निधन भयो। सोही केसमा बाबुसमेत जेल गएपछि उनीहरुका दुई नाबालक छोराछोरीको भने बिचल्ली भएको छ।

भीमबहादुरले नै ज्याला मजदूरी गरेर ल्याएको पैसाबाट उनीहरुको जीविकोपार्जन चल्दै आएको थियो। भीमबहादुरकै कमाइबाट छोराछोरीको पढ्दै आएका थिए। उनै भीमबहादुर जेल गएपछि उनीहरुको बिचल्ली भएको हो।

न्यायाधीश भट्टराईको इजलासले कुनै संघ संस्था वा नेपाल सरकारको सम्बन्धित निकायबाट उनीहरुको उचित व्यवस्थापन हुनुपर्ने देखिएको उल्लेख गर्दै नाबालकहरूको व्यवस्थापन गर्न भनेर सरकारी वकिल कार्यालय वा बौद्ध वृत्तलाई आदेश दिएको छ। तर उनीहरुबारे सरकारी निकायले हालसम्म पनि कुनै पहल गरेको छैन। आमाको मृत्यु भएको र बाबुसमेत कारागार चलान भएपछि दुई नाबालकको भविष्यसमेत अन्यौल भएको छ।

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ। शनिबार, असोज ३१, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्