काठमाडौं- बिएस ६ मापदण्डको फार्ड एन्डेभर नेपाली बजारमा आएको छ। फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जिओ अटोमावाइल्स हो।
१०–स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर ईकोब्लू डिजेल इन्जिन राखिएको कम्पनीको दाबी छ। कम्पनीले यो गाडीको बजार मूल्य १ करोड ४९ लाख रुपैयाँ तोकेको छ।
यो गाडीले १२.४ किलो मिटरप्रति लिटर माइलेज दिने कम्पनीले जानकारी दिएको छ। गाडीमा ध्वनिउत्सर्जन पनि ४ डेसिबल इकाइमा घटाइको कम्पनीको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।